नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगितामा टिम स्पर्धाको स्वर्ण नेपालले जितेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल गरेको छ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले महिला आन्दोलन समान अधिकारका लागि भएको बताउनुभयो।
गोंगबुको बानियाँटारस्थित काठमाडौं युरो स्कुलले विज्ञान तथा प्रविधियुक्त युग सुहाउदो गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी ढंगले अध्ययन–अध्यापन गराउने उद्देश्यले अनुसन्धान तथा खोजमुलक कला, विज्ञान तथा प्रविधिको प्रदर्शनी गरेको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम टुङ्गो लाग्न सकेन काठमाडौं जिल्ला अदालतले जनाएको छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै जावलाखेल यूथ क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि होडमा फर्किएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवम् महिला, बालबालिका तथा समाज कल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ।
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको छ । आज (मङ्गलबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सीमित श्रोत साधन र न्यून जनशक्तिकाबीच पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले देशमा आइपरेका अनेकौँ प्राकृतिक प्रकोपबाट हुने धनजनको क्षति न्यूनीकरण गर्नमा ठुलो सहयोग पुर्याउँदै आएको बताउनुभएको छ ।
सरकारले नेपाल-भारत जोड्ने रक्सौल-वीरगन्ज-सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ ।
दाङको राजपुर गाउँपालिकामा नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको भन्दै गाउँपालिकाको कार्यालय घेराउ गरिएको छ ।
मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रूपमा बिक्री वितरण भइरहेका छन् ।
नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे छलफल भएको छ ।
भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालका भूभागहरू समेत समावेश गरिएको भन्दै नेकपा (एमाले) रुपन्देहीले गम्भीर ध्यानाकर्षण गराएको छ । उक्त नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम उल्लेख गरिएको छ ।
पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा फैलिँदै गएको थालेसेमिया रोग थारु समुदायका बालबालिकामा बढी देखा परेको चिकित्सकहरूले जनाएको छ ।