• १२ साउन २०८१, शनिबार

बाल प्रतिभाको प्रस्तुति

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, मङ्सिर १९ गते । यहाँ आयोजना गरिएको दोस्रो नेपालगन्ज किड्स फेस्टिभलमा विभिन्न विद्यालयका बालबालिकाले नृत्य, गायन, चित्रकला र वक्तृत्वकलामा आआफ्नो प्रतिभा देखाएर पुरस्कार जितेका छन् । 

सो फेस्टिभलमा नृत्य, गायन, चित्रकला र वक्तृत्वकलासहित चार विधामा प्री स्कुल, प्राइमेरी र खुला गरी ११ तहमा प्रतिस्पर्धा गराइएयो । जस अन्तर्गत खुला एकल नृत्यमा दिलीप चुनारा प्रथम, स्वस्तिका गुरुङ द्वितीय र प्रेरणा थापा तृतीय भएका छन् । प्राथमिक तहको एकल नृत्यमा इरिना शाक्य पहिलो, अधिरा बहेलिया दोस्रो र हिमानी भट्ट तेस्रो भए ।  

प्री स्कुल तहको एकल नृत्यमा इसिका एरी प्रथम, क्रिस्टिना थारू द्वितीय र विधि विष्ट तृतीय भएका छन् । प्राथमिक तहमा जेएस स्कुलका संस्कृति, निहारिका, तृष्णा, जेनिसा, सुहाना समूह पहिलो, प्रज्ञालय स्कुलका साइसा, अधिरा, इरिना, आश्री, क्रिस्टिना, इसिकाको समूह दोस्रो र सोफिया स्कुलका स्वीकृति, सिवानीको समूह तेस्रो भएको छ । प्री स्कुल तहको सामूहिक नृत्यमा प्रज्ञालयका जेनिस, आरोग्य, दिप्केश, चिरञ्जीवी र आयुष्मानको समूह प्रथम, रेहान्सी, प्रिन्सिसा, प्रियन्सी, नेमिस्ता, आर्शियाको समूह दोस्रो तथा मोर्डन क्रियटिभ स्कुलका लक्षिता, समीक्षा, प्राप्ति, समारिकाको समूह तेस्रो भएका छन् । 

खुला गायनतर्फ ब्राइटल्यान्डका सन्ध्या महर पहिलो, सोफिया स्कुलका सादिया रिजा मन्जरी दोस्रो र प्रोनिता सुनार तेस्रो भए । यसै गरी खुला वक्तृत्वकला प्रतियोगितामा युवराज बोगटी पहिलो, हिमाल कठायत दोस्रो र गरिमा खनाल तेस्रो भएका छन् । 

चित्रकला विधा अन्तर्गत खुलातर्फ सौम्या चौधरी पहिलो, सगुन सुनार दोस्रो र स्वस्तिका गुप्ता तेस्रो भए । प्राइमरी तहमा शृङ्खला नीलसागर प्रथम, आयुषी जोशी दोस्रो र साहाना तेस्रो हुन सफल भए । प्री स्कुल तहमा प्रज्ञालयका परमार्थ प्रतापसिंह पहिलो, दृशान्त बुढामगर दोस्रो र इभा शर्मा तेस्रो भएका थिए ।