सर्वोच्च अदालतका प्रस्तावित छमध्ये तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने समयसीमा सोमबार सकिएको छ । समितिमा ११ उजुरी दर्ता भएकोमा १० जनाको नाम किटिएको छ । एक उजुरी सैद्धान्तिक विषय केन्द्रित छ । समितिमा पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालविरुद्ध पनि समितिमा उजुरी परेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकार गठन भएको करिब एक वर्षको अवधिमा धेरै सुधारको प्रयास थालेको बताउनुभएको छ । मूलधारका सञ्चार माध्यमका सम्पादकसँग सोमबार कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकारले धेरै गर्न नसके पनि यस अवधिमा जनतामा विश्वास र भरोसा जगाउने काम गरेको छ ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नरहेको र अहिले सुन्ने गरिएका लोकतन्त्र विराधी स्वरहरुको कुनै तुक नरहेको बताउनुभएको छ ।
मानव अधिकारवादी नेता कृष्ण पहाडीले लोकतन्त्र रक्षाका लागि बेलैमा सचेत रहन दलहरूलाई आग्रह गर्नुभएको छ । लोकतन्त्र रक्षाका लागि दलहरू नलाग्ने हो भने लोकतन्त्र गुम्ने र उनीहरूलाई इतिहासले क्षमा नगर्ने उहाँको कथन छ ।
धनगढी उपमहानगरपालिकामा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन गरिने भएको छ । यसअघि नगरभरिबाट मदिराजन्य पदार्थको होडिङ बोर्ड हटाएको उपमहानगरले अब कार्ययोजना बनाएर सुर्तीजन्य र मदिराजन्य पदार्थको बिक्रीलाई नियमन गर्न लागेको हो ।
कप्तान अञ्जन विष्टबिनाको झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्सलाई बराबरीमा रोकेको छ । दशरथ रङ्गशालामा सोमबार भएको आफ्नो तेस्रो खेलमा झापाले काठमाडौँ रेजसलाई गोलरहित बराबरीमा रोकेको हो ।
राष्ट्रिय जनगणना २०७८ प्रतिवेदनमा दलितको वास्तविक तथ्याङ्क आउन नसकेको भन्दै दलित अगुवाहरूले आपत्ति जनाउनुभएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँको आयोजना तथा राष्ट्रिय सरोकार नागरिक अभियानको सहकार्यमा आज यहाँ भएको कार्यक्रममा उहाँहरूले आपत्ति जनाउनुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । सोमबार बसेको नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो ।
नेपालको जेठो प्रकाशन गृह गोरखापत्र संस्थान र देशकै पुरानो प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयबिच १० बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
अमेरिकी डलर तथा नक्कली सुन देखाइ ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आइतबार बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित कचनापुर स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर तथा लेखाजोखा कार्यक्रम गरिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न प्रदेश सरकार मातहतका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
गुल्मीमा सहभागी एक कार्यक्रमका कृषकहरूले जिल्लालाई बीउ उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने माग गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा कृषकलाई व्यावसायिक बीउ उत्पादनका लागि बीउबिजन व्यवसायी अनुमतिपत्र प्राप्त गर्न आवश्यक पर्ने तालिममा सहभागी कृषकहरूले यस्तो बताएका हुन् ।
एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गम्भीर चासो व्यक्त गर्नुभएको छ।
डिएससी मोरङ फिदिममा जारी वाइवाइ ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण किराँत गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा मोरङले युनाइटेड फुटबल क्लब दार्जिलिङलाई ६–३ गोलले हरायो ।