• १२ साउन २०८१, शनिबार

अन्तर्राष्ट्रिय कला कार्यशाला

blog

लेखनाथ समाचारदाता

लेखनाथ, मङ्सिर १९ गते । जलेश्वर आर्ट फाउन्डेसन ओडिसा, भारतको आयोजनामा धम्पुसमा दुई दिवसीय कला कार्यशाला भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको सुन्दर गाउँ धम्पुसमा भेला भएका कलाकारले हिमशृङ्खला नियाल्दै प्रकृति र जीवनका अनेक रङ्ग क्यानभासमा कोरेका छन् । 

कार्यशालामा मङ्गोलिया, भियतनाम, भारत र नेपालका ४० जना कलाकार सहभागी थिए । चिसो मौसममा कास्कीको धम्पुस गाउँबाट हिमाल हेर्दै विदेशी र नेपाली कलाकारले चित्र बनाए । भियतनामी कलाकार चेरीले धम्पुसमा अद्भूत अनुभूति गरेको र त्यसलाई क्यानभासमा उतार्ने प्रयास गरेको सुनाउनुभयो ।

कार्यशालामा पहिलो दिन कलाकारले पेन्टिङ गरेका थिए भने दोस्रो दिन न्युरो आर्टबारे उनीहरूलाई प्रशिक्षणमा दिइएको छ । न्युरो आर्ट नेपाल र सिर्जनशील कलाकार समूहको आयोजनामा अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी कलाकारलाई न्युरो आर्टबारेसमेत प्रशिक्षण दिइएको हो । कार्यशालामा कलाकारले बनाएका चित्र चाँडै अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।