नेपाली काठको सटृृा विदेशी वैकल्पिक वस्तुलाई बढी महत्व दिँदा यहाँको व्यवसाय धराशायी बन्दै गएको वन पैदवार उद्योग व्यवसायीको गुनासो छ । उद्योगी व्यवसायीले सरकारी भवनमा पछिल्ला वर्षमा काठको स्थानमा वैकल्पिक वस्तु आल्मुनियम र पिभिसी प्रयोग बढ्दै गएकामा उनीहरुले चिन्ता व्यक्त गर्न थालेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले ड्युटीमा रहेको प्रहरीलाई घुस दिन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पोखरा घुम्न आउने सबैजसो पाहुना तालबाराही मन्दिर पुग्छन् । तालबाराही पुग्ने सबैको जिज्ञासा हुन्छ, मन्दिर कहिले बन्छ ? गएको चैत तेस्रो साता भत्काइएको तालबाराहीको पुनर्निर्माण अझै सुरु भएको छैन ।
संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२८) मा अधिकांश देश नवीकरणीय र हरित ऊर्जा उत्पादनलाई बढवा दिँदै जीवाश्म इन्धनको प्रयोगलाई न्यून गर्दै जान तयार देखिएका छन् ।
सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज -नेप्से_ परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतबार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव ४२ अङ्कले घटेको छ ।
झापा जिल्लामा नेपाल–भारत दशगजा क्षेत्रको सीमास्तम्भ अनुगमन, मर्मत तथा रङरोगन सुरु भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आइतबार वडा नम्बर २ को छापडाँडा र दुम्किन हेप्चेक खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गर्नुभयो ।
म्याग्दे गाउँपालिकाले विपन्न जनताको घर निर्माण गरिदिने भएको छ । गाउँपालिकाले सात वटै वडाका विपन्न परिवार छनोट गरी घर निर्माण गर्न लागेको हो ।
कञ्चनपुरमा सिकारीले थापेको पासोमा परेको चितुवाको उद्धार गरिएको छ । शुक्लाफाँटा नगरपालिका–८ स्थित प्रगति महिला सामुदायिक वनमा पासोमा परेको चितुवाको वनकर्मीको टोलीले आज (सोमबार) उद्धार गरेको हो ।
नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था (एनआरसिटी) र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको आयोजनामा आगामी मार्चमा विश्वकै लामो र्याफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बाँकेको नरैनापुर पुगेर मुस्लिम सुफी मुस्ताक अहमद शाहको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै उहाँको परिवारलाई समवेदना प्रकट गर्नुभएको छ ।
काठमाडौं उपत्यकामा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । आज (सोमबार)बाट काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो ।
चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको छ । माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न राखिएका क्यामेरा झिकेर अध्ययनको काम थालिएको हो ।
मुस्ताङमा सोमबार बिहानैदेखि हिमपात भएको छ । हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । चिसो बढेका कारण जनजीवन प्रभावित भएको छ ।
दाङमा घरेलु तथा साना उद्योगको सङ्ख्या ११ हजार बढी पुगेको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लाका दश स्थानीय तहमा ११ हजार ४ सय ७ वटा घरेलु तथा साना उद्योगहरू दर्ता भएका छन् ।