प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ ।
चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रालिबिच सम्झौता भएको छ ।
बागलुङको पहिचान रहेको बुट्टेनली जोगाउन १२ वर्षपछि पुस्तान्तरणको पहल थालिएको छ । दुई सय वर्ष पुरानो बुट्टेनली संरक्षण तथा पुस्तान्तरणको अभावमा हराउन थालेको भन्दै युवा पुस्तालाई यसको महत्व जगाउन सीप प्रदान गर्न थालिएको हो ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले युवालाई कुलतमा फस्न नदिन विशेष अभियान थालेको छ । लुम्बिनीमा पछिल्लो समय युवा बढी लागूऔषध सेवन गर्ने गरेकाले नगरपालिकाले लागूऔषध दुर्व्यसनी सम्बन्धी सडक नाटक सुरु गरेको हो ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर १९ विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गर्नुभएको छ ।
जिल्लाको पर्यटकीय क्षेत्र सौराहामा गोही संरक्षण मेला २०८० हुने भएको छ । यही मङ्सिर २२ र २३ गते घडीयाल गोही संरक्षण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउ आग्रह गरेको छ ।
चिसो बढेसँगै जिल्लाको विभिन्न ठाँउमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ ।
अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति र कतार एकाइले मिर्गौला प्रत्यारोपण गरेका एक परिवारलाई सहयोग गरेको छ ।
मुलुकको सङ्घीय राजधानी काठमाडौँको एकमात्र काठमाडौँ महानगरपालिकाभित्र दुई बसपार्क सञ्चालनमा आएका छन् । अरनिको यातायात प्रालिले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर वडा नं ३२ जडीबुटीमा बसपार्क निर्माण गरेसँगै एउटै स्थानीय तहभित्र दुई बसपार्क सञ्चालन भएका हुन् ।
सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीको रामअवतार जनता माध्यमिक विद्यालयमा सोमबार घारेले टोकेर ३५ जना विद्यार्थी बिरामी परेका छन् ।
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ ।
पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको आजको सो बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तरपार्टी निर्देशन (अपानी) ११ र राष्ट्रिय सभाको निर्वाचनलगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद्र पाण्डेले जानकारी दिनुभयो ।
धनगढी उपमहानगरपालिका–४ तारानगरको एक घरबाट सुनका गरगहना ८ तोला, दुई लाख नगद, २ तोला चाँदीका गहना चोरी भएको छ ।