• १२ मंसिर २०८१, बुधबार

स्याङ्जा सहयोग समाजको एक लाखभन्दा बढी सहयोग

blog

सहयोग बुझ्दै पौडेल । तस्विर : अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, मङ्सिर १८ गते । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय  समन्वय समिति र कतार एकाइले मिर्गौला प्रत्यारोपण गरेका एक परिवारलाई सहयोग गरेको छ । अर्जुनचौपारी गाउँपालिका ३ का नारायणप्रसाद पौडेललाई समितिले एक लाख १६ हजार तीन सय रुपियाँ पौडेलको घरमै पुगेर हस्तान्तरण गरेको हो ।

शिक्षण पेशामा आबद्ध पौडेलको गत भदौ २४ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले दुःखमा सबै सहयोग र सद्भाव रहनुपर्ने बताउनुभयो। सानो सहयोगले कसैको जीवनमा सहयोग पुग्छ भने सहयोग गर्नुपर्ने बताउँदै तिवारीले दुःखमा पालिकाले हातेमालो गर्ने बताउनुभयो ।

यस्तै, निवर्तमान अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले विदेशमा रहेका स्याङ्जालीको सानो ठुलो सहयोगले समाजले जिल्लामा आठ करोडभन्दा बढी सहयोग गरेको बताउनुभयो । कार्यक्रममा कतार अर्जुनचौपारी एकाइका अध्यक्ष नगेन्द्र रिमाल, संस्थापक उपाध्यक्ष नारायण काफ्लेलगायतले मन्तव्य राख्नुभएको थियो ।