काठमाडौं, मङ्सिर १८ गते । अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यकाका विभिन्न स्थानहरूबाट सामाजिक सञ्जाल प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने दुई जना नाइकेलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोकको भुमलु गाउँपालिका–४ घर घर हाल काठमाडौँ महानगरपालिका लाजिम्पाट बस्ने २७ वर्षीय सुरेशकुमार श्रेष्ठ र काठमाडौँ महानगर–१४ घर भई हाल कलङ्की बस्ने २७ वर्षीय सुरज खड्का रहेका छन् ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।