स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् ।
रामपुर क्षेत्रमा नयाँ व्यवसायको रूपमा कालिजपालन थालनी भएको छ । रामपरु नगरपालिका–४ स्थित बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ ।
स्वदेशी तथा विदेशी पर्यटकमाझ अन्नपूर्ण चक्रीय पदमार्गका रूपमा चर्चित म्याग्दीको घोडेपानी–पुनहिल पर्यटकले भरिएको छ । पछिल्लो चार महिनाको अवधिमा १२ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । पर्यटक प्रहरी कार्यालय घोडेपानीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर १० गतेसम्म १२ हजार ३६१ विदेशी पर्यटकले घोडेपानी र पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।
पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले बुद्धसिंह मार्गमा पर्ने घुमाउनेको पुल निर्माणको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आरम्भ भएको नौ वर्षसम्म पनि पुल निर्माणको काम पूरा नभएकोमा उहाँले आपत्ति जनाउनुभएको छ । उहाँले भन्नुभयो “बहाना देखाएर काम पन्छाउन वा भाग्न पाइँदैन ।”
रुपन्देहीको कञ्चन गाउँपालिकामा क्षयरोगीको खोजी अभियान सुरु भएको छ । जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा क्षयरोग सक्रिय रहेको छ । क्षयरोगको न्यूनीकरणका लागि पालिकाको स्वास्थ्य शाखाले सो अभियान थालेको हो ।
लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि नवलपरासी [बर्दघाट–सुस्तापूर्व]को कावासोतीमा स्थापनामा गरिएको जटायु [गिद्ध] रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि भएको छ । गिद्ध संरक्षण गर्न भन्दै एसियामै पहिलोपटक समुदायस्तरबाट सन् २००६ मा सुरु गरिएको रेष्टुराँका कारण यस क्षेत्रमा गिद्धको सङ्ख्यामा चार सय प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको छ ।
बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयमा तहगत प्रधानाध्यापकको नियुक्ति गरेको छ । शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले विद्यालयमा स्थायी दरबन्दीबाहेकका माध्यमिक विद्यालयका शिक्षक भए पनि स्थायी दरबन्दीका आधारमा आधारभूत तहका शिक्षकलाई प्रअको जिम्मेवारी दिँदा समस्या देखिएपछि तहगत शिक्षकलाई विद्यालयको नेतृत्व दिइएको जानकारी दिनुभयो । गाउँ कार्यपालिकाले कार्यविधि निर्माण गरेर चालु आर्थिक वर्षदेखि खजुराले प्रअ मिलान गरेको हो ।
अरुण गाउँपालिका कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरको सुगम गाउँपालिका हो । नारदमुनि थुलुङ राजमार्गले बिच भागबाट काटेको पालिकामा सात वटा वडाको क्षेत्रफल १५४.७६ वर्ग किमीमा १७ हजार ६८७ जनसङ्ख्या छ । स्था
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाबिट–भेडाबारी सडकको सम्झौता अवधि सकिन एक महिना मात्रै बाँकी छ । सम्झौता अनुसार सडकको काम सम्पन्न गर्न भने अझै ४५ प्रतिशत बाँकी छ । पुस १३ गते ठेक्काको सम्झौता सकिँदै छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७८ असार २८ देखि योजना सुरु भएको थियो । अहिलेसम्म ५५ प्रतिशत मात्र कार्यप्रगति भएको बताइन्छ । वित्तीय प्रगति ४८ प्रतिशत हासिल भएको छ ।
साढे छ महिना चालु आर्थिक वर्ष बितेको भइसक्यो । अब आव सकिन आधा समय मात्र बाँकी छ । सप्तरीका १६ वटा पालिकामा प्रथम त्रैमासिक बजेट निकासा भएको छ तर दुई वटा पालिकाको बजेट अझै निका
भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि अनुदान रकम उपलब्ध गराउन सुरु गरिएको छ । सरकारले गरेको निर्णय अनुसार आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम प्रभावित परिवारको बैङ्क खातामा पठाउन थालिएको हो । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले स्थानीय विपत् व्यवस्थापन समितिको खातामा रकम जम्मा गर्न थालेपछि स्थानीय तहले लाभग्राहीको खातामा अनुदान रकम उपलब्ध गराउन थालेका हुन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–१८, तुल्सीबारीमा रहेको गौशालामा छाडा चौपाया राख्न थालेको छ । अन्नबाली सखाप बनाइदिने छाडा गाईवस्तु गौशालाको संरक्षणमा राखिएपछि किसानलाई राहत मिलेको छ । उपमहानगरपालिकाको डेढ करोड रुपियाँ लागतमा गौशाला निर्माण गरेर सामुदायिक चौपाया राख्न थालेको हो । ४५० देखि पाँच सय वटा चौपाया व्यवस्थापन गरिएको छ । उपमहानगरपालिका–१८ का अध्यक्ष भुवन रिजालले बाली जोगाउनका लागि किसानले रातभर खेतमा सुत्नुपर्ने बाध्यता हटेको बताउनुभयो । छाडा चौपायाले गहुँ, मसुर, तरकारीलगायत बाली खाएर नोक्सान गर्दै आएका थिए ।
काठमाडौँका विभिन्न स्थानमा रहेर अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गर्दै आएका गिरोहका नाइकेहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा दरबन्दी अनुसार कर्मचारी उपलब्ध नहुँदा सेवा प्रवाहमा समस्या भएको छ भने सेवाग्राही मर्कामा परेका छन् । अर्धन्यायिक निकायका रूपमा सेवा प्रवाह गर्दै आएको प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सर्वसाधारणलाई सेवा प्रवाह, नियमित बजार अनुगमन, उजुरी तथा छानबिन गर्न समस्या देखिएको छ ।
गुल्मीमा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष छ हजार ९३८.४ मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष छ हजार ५७२.४ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । गत वर्ष २९ करोड ३७ लाख दुई हजार ४७२ रुपियाँ बराबरको सुन्तला उत्पादन भएको थियो भने यस वर्ष २३ करोड ७८ लाख ५५ हजार १५६ रुपियाँ बराबरको सुन्तला उत्पादन भएको बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो ।