• १५ जेठ २०८१, मङ्गलबार

अनलाइन मार्फत यौन व्यवसाय चलाउने गिरोहका नाइकेहरू पक्राउ

blog

काठमाडौँ , मङ्सिर १८ गते । काठमाडौँका विभिन्न स्थानमा रहेर अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गर्दै आएका गिरोहका नाइकेहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लामो समयपछि अनुसन्धान गरी मुख्य नाइकेहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

प्रहरीले काठमाडौँ उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वर लगायत विभिन्न स्थानहरूबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने गरेको पाइएपछि पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो । 

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको जनाएको छ । पक्राउ पर्नेहरूमा दोरम्वा ३ रामेछाप घर भई हाल ललितपुर बस्दै आएका २७ वर्षीय छत्र बहादुर रोक्का,  लिखु गाउँपालिका-७ ओखलढुङ्गा घर भई हाल कागेश्वरी मनहरा बस्दै आएका ३३ वर्षीय गोपाल थापा, सुनकोसी-६ सिन्धुली घर भई हाल कालो पुल बस्दै आएका ४४ वर्षीय सेते सार्की, कपुरकोट-५ सल्यान घर भई हाल बालाजु बस्दै आएका २५ वर्षीय शिवराज परियार र विदुर-६ नुवाकोट घर भई हाल काठमाडौँ बस्दै आएका ३० वर्षीय अमृत रोक्का रहेका छन् ।