• १६ असार २०८१, आइतबार

बार्सिलोनाको कठिन जित

blog

गोल गरेपछि बार्सिलोनाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, मङ्सिर १८ गते । साबिक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा कठिन जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा आइतबार बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई १–० गोलले हरायो । 

बार्सिलोनाले जितमा जोआओ फेलिक्सले २८औँ मिनेटमा गरेको गोल निर्णयक बन्यो । फेलिक्स यसै सिजन एथ्लेटिकोबाट लोनमा बार्सिलोना आउनुभएको हो । खेलमा बार्सिलोनाले लगातार गोलको अवसर बनाएपनि थप गोल गर्न सकेन ।

जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको १४ खेलबाट ३४ अङ्क छ । पराजित एट्लेटिको ३१ अङ्कसहित चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको रहेको रियल म्याड्रिड र दोस्रो स्थानमा रहेको जिरोनाको समान ३८ अङ्क छ । एजेन्सी