• १२ असोज २०८१, शनिबार

हात्तीको आक्रमणले माझीको ज्यान गयो

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, मङ्सिर १८ गते । मोरङको बेलबारी–११ लक्ष्मीमार्गनजिकै जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय लेटाङका अनुसार मर्चा (रक्सी बनाउन प्रयोग गरिने घरेलु कच्चा पदार्थ)  बिक्री गर्न लेटाङ–३ बाट  बेलबारी बजारतर्फ जाँदैगरेका ५५ वर्षीय कमल माझीको मृत्यु भएको हो । बिहान १०:४५ बजेतिर माझीलाई हात्तीले कुल्चेर मारेको प्रहरीको भनाइ छ ।