• २६ वैशाख २०८२, शुक्रबार

दुर्घटनामा दुई जनाको मृत्यु

blog

राममणि दाहाल

हेटौँडा,  मङ्सिर १८ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १६ स्थित पानीस्वारामा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक बारा जिल्ला निजगढ नगरपालिका १३ का वर्ष २६ का डिलम थिङ र ट्याक्टरमा सवार हेटौँडा उपमहानगरपालिका १६ पानीस्वाराका वर्ष ५६ का जितबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मधेस प्रदेश ०३–००१ त ६९८७ नं.को ट्याक्टर ब्याक गर्ने क्रममा आफै अनियन्त्रित भई पानीस्वारा भिरबाट करिब तीन सय मिटर तल खसी दुर्घटना भएको थियो । आइतबार भएको ट्याक्टर दुर्घटनामा दुवै जना घट्नास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।