• १२ साउन २०८१, शनिबार

नेपालमा पहिलो पटक टेबल टेनिस लिग हुँदै

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौँ, मङ्सिर १७ गते । नेपालमा पहिलो पटक विदेशी खेलाडी सम्मिलित स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप हुँदैछ । मङ्सिर १९ देखि २३ गतेसम्म सञ्चालन हुने लिगमा प्रतियोगितामा नौ टोलीको सहभागिता रहनेछ ।

जसमा सशस्त्र प्रहरी बलको (एपीएफ), नेपाल पुलिस क्लब, नेपाली सेना, एभिएम टेबल टेनिस क्लब, कान्तिपुर भ्याली पिङपङ क्लब, नगाउँ स्पोर्ट्स क्लब, गड स्पिन टेबलटेनिस एकेडेमी, ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लब र आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्

राष्ट्रिय टेबल टेनिस च्याम्पियन नबिता श्रेष्ठद्वारा सञ्चालित च्याम्पियन्स टेबल टेनिस एकेडेमी प्रालिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र हुनेछ ।

पाँच दिन सम्म सञ्चालन हुने प्रतियोगिताका लागि पाँच टोलीले विदेशी खेलाडी समावेश गरेको आयोजक च्याम्पियन्स टेबल टेनिस एकेडेमी प्रालिकी प्रबन्ध निर्देशक नबिता श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले दुई लाख रुपियाँसहित रनिङ शिल्ड पाउनेछ ।

उपविजेताले एक लाख र तेस्रो हुने टोली (सेमिफाइनल) ले समान ५० हजार रुपियाँ पुरस्कार र ट्रफी पाउनेछन् । यो पुरस्कार नेपालको टेबल टेनिसमा अहिलेसम्मकै सर्वाधिक धन राशिको प्रतियोगिता रहेको आयोजकको दाबी छ । प्रतियोगिताका सम्पन्न गर्न १९ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।