• १२ असोज २०८१, शनिबार

झापा युनाइटेड किराँत गोल्डकपको सेमिफाइनालमा

blog

आइतबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम, मङ्सिर १७ गते । रेडहर्स क्लब इलामलाई हराँउदै झापाको युनाइटेड फुटबल क्लब पाँचथरको फिदिममा जारी प्रथम वाइवाई किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार फिदम माविको खेल मैदामा भएको प्रतिस्पर्धात्मक खेलमा झापाले इलामलाई १–० गोलले हरायो । झापाको जितमा श्याम मुर्मुले २१औँ मिनेटमा गोल गर्नुभयो । मुुर्मु म्यान अफ दि म्याच बन्दै पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

शनिबारदेखि शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहेको छ । मङ्सिर २३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले चार लाख चार हजार चार सय ४४ रुपियाँ र दोस्रो हुनेले दुई लाख दूई हजार दूई सय २२ रुपियाँ पुरस्कार पाउनेछन् । 

यसैबीच  मितेरी फुटबल क्लवबाट शनिवार आयोजक पाँचथर फुटबल क्लवसँग प्रतिश्पर्धा गरेका विदेशी खेलाडी पेपेलाई पाँचथर जिल्लामा आयोजना हुने कुनैपनि फुटबल प्रतियोगितामा सहभागी हुन नपाउने गरी कारवाही गर्न सिफारिस गरिएको छ । खेलमा पराजित भएपछि आयोजक र रेफ्रलाई गाली गलौज गरेको भन्दै उहाँलाई प्रतिवन्ध गर्न सिफारिस गरेको हो ।