निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी सुरु गरेको छ । सोका लागि आयोगले यही मङ्सिर ३० गते मतदाता नामावली प्रकाशन, आगामी पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना र पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गराउने गरी निर्वाचन कार्यक्रम ल्याउने तयारी गरेको छ ।
अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुलउपर गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।
मुस्ताङको थाकखोला क्षेत्र उद्गमस्थल भएका थकाली समुदायले मुख्य पहिचान थकाली भाषा, संस्कृति तथा संस्कार एवम् सभ्यता लोप हुने चिन्ता व्यक्त गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रुकुमपश्चिमका भूकम्पपीडितलाई पाँच सय थान सिरक हस्तान्तरण गर्नुभएको छ ।
पाल्पामा छ जना स्रष्टाहरू सम्मानित हुनुभएको छ ।
जिल्लामा शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयहरूको प्रभावकारी अनुगमन गरिने भएको छ । जिल्ला शिक्षा समिति ओखलढुङ्गाले सामुदायिक विद्यालयको शैक्षिक स्तर बढाउन नियमित अनुगमन गर्ने निर्णय गरेको हो ।
बुबाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ परेका छन् । कुचोको डाँठले हिर्काएर ६० वर्षीय बुबा होमबहादुर दराईको हत्या गरेको अभियोगमा ३५ छोरा वर्षीय रुपेश दराईलाई प्रहरीले पक्राउ गरेको हो ।
बुटवलका तीन जना दिदीबहिनी मिलेर करिब पाँच करोड लगानीमा नयाँ शैलीको सुरक्षित र हलुका घर निर्माण गर्ने उद्योग स्थापना गरेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका १ स्थित लौसामा आइटी स्टिल स्ट्रक्चर सलुसन उद्योग स्थापना गरेर स्टिलको बनोटमा आधारित घर निर्माण सुरु गरिएको हो ।
गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले २० जना गृहिणीलाई ४५ दिन स्विटर बुन्ने तालिम दिएपछि जीवनस्तरमा परिवर्तन आएको तालिममा सहभागी गृहिणी बताउँछन् ।
नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म चार हजार क्विन्टल धान खरिद गरेको जनाएको छ ।
दोलखामा भरुवा बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु भएको छ । तामाकोशी गाउँपालिका–२ झुलेस्थित डाँडावारी जम्बोटे जङ्गलमा सिकार खेल्न गएका सोही ठाउँ बस्ने २० वर्षीय सन्जीब सार्कीको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो ।
भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडान रद्द गरिएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तर्राष्ट्रिय दिवस यही मङ्सिर १७ गते ३ डिसेम्बर तारिखका दिन विश्वभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
आधुनिक कृषि यन्त्रको प्रयोग गरेर धान झार्ने र स्याहार्ने क्रम बढेपछि परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने चलन हराउँदै गएको हो ।
इराकले नोभेम्बरमा १० करोड ९० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ । नोभेम्बरमा १०९.५४ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो ।