• १२ असार २०८१, बुधबार

पूर्वमन्त्रीले लगेकाे वासिङ मेसिन फिर्ता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २७  गते । सरकारी आवास गृहबाट बाहिरिँदा पूर्वमन्त्रीले आफूसँगै लगेका सामान फिर्ता गरेका छन् । पूर्वकृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले मर्मतका लागि भनेर पुल्चोकस्थित सरकारी आवास गृहबाट लैजानुभएको वासिङ मेसिन सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयलाई फिर्ता गर्नुभएको छ । 

मन्त्री पदबाट हटेपछि सरकारी आवास गृह छोड्दा त्यहाँको लुगाधुने मेसिन पनि लिएर गएको समाचार आइतबार गोरखापत्रमा प्रकाशित भएको थियो । मन्त्री यादवले आफू उपत्यकाबाहिर हुँदा कर्मचारीले मर्मतका लागि त्यो मेसिन बाहिर लगेको रहेछ भन्दै फिर्ता गर्न निर्देशन दिएको गोरखापत्रलाई बताउनुभएको थियो ।

मर्मतका लागि लैजानुभएको मेसिन मन्त्रीले फर्काउनुभएको र त्यससम्बन्धी जानकारी सूचना पाटीमा टाँस गरिएको सचिवालयका प्रमुख मचाकाजी महर्जनले बताउनुभयो । ध्यानाकर्षण शीर्षक दिइएको सूचनामा निवर्तमान कृषिमन्त्रीलाई निवासमा कुन–कुन सामान छन् र कसका हुन् भन्ने विषयमा पर्याप्त जानकारी नहुने र स्वकीय सचिवलाई थाहा हुने उल्लेख गरिएको छ । समाचारका आधारमा पूर्वमन्त्रीको प्रतिष्ठामाथि पर्न गएको असरप्रति ध्यानाकर्षणमा क्षमायाचना गरिएको छ । पूर्वमन्त्री यादव बस्ने गरेको क्वाटरका सामग्री शनिबार दुरुस्त बुझेर वर्तमान कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्र सिंह यादवको सचिवालयलाई बुझाइएको जनाइएको छ ।