वरिष्ठ सङ्गीतकार रन्जित गजमेरले नेपाल आएको मौकामा विभिन्न गायक तथा रचनाकारहरूका १० गीतमा सङ्गीत दिनुभएको छ । केही दिनका लागि भारतको मुम्बईबाट नेपाल आउनुभएको गजमेरले विभिन्न गायक तथा रचनाकारहरूको गीतमा सङ्गीत दिनुभएको हो ।
नेपालमा नेपाली भाषा समृद्ध हुनै पर्छ । नेपालबाटै नेपाली भाषा हराउँदै गयो भने नेपाली साहित्य जीवित रहने कुनै सम्भावना नै हुँदैन । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने दायित्व नेपालीकै हो । नेपाली विषयबाट नेपाली जनता नै विमुख हुँदै गए अरू विदेशीले जोगाई देलान् भनेर आशा गर्नु मूर्खता हो । केही दशक यतादेखि नेपाली भाषा र साहित्यमा खिया पर्दै गएको छ । यसलाई कमजोर बनाउन लागेका केही बिकेकाकै कारण चिन्ता थपिएको छ । यही व्रmम चल्दै गएमा नेपाली राष्ट्रियता कमजोर हुँदै जाने छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खब्बागाडे खण्डको कामले गति लिन सकेको छैन । समयमा सडक निर्माण नहुँदा सर्वसाधारणले अनावश्यक सास्ती
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । उहाँले आज दिउँसो १ बजेका लागि बैठक बोलाउनुभएको हो ।
लघुकथा समाज नेपालले दुई साहित्यकार मञ्जु काँचुली र विजय चालिसेलाई सम्मान गरेको छ । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार रोचक घिमि
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीको बाँकी भुक्तानी जुनसुकै विकल्पबाट भए पनि दिइने प्रतिबद्धता जनाउनुभएको छ । व्यवसायीले निर्माण सम्पन्न भएको आयोजनाको विगत दुई वर्षदेखि भुक्तानी पाएका छैनन् ।
बच्चाबच्चीले मोबाइल हेरेर बस्नुलाई नेपालमा गम्भीर समस्याका रूपमा लिने गरिएको छ । यो समस्यालाई लिएर अभिभावक डाक्टरकहाँ धाउने व्रmमसमेत बढेको छ । यो समस्याको कारण के हो र कसरी समाधान गर्न सकिन्छ भन्ने विषय यहाँ उठान गर्न खोजिएको छ ।
बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले शनिबार दोस्रो विश्व नेवाः हाजिरीजवाफ प्रतियोगितामा विजेता टिमहरूलाई नगदसहित पुरस्कृत गर्नुभएको छ । विश्वमा छ
दुई वटा लगानी सम्मेलनको सफलतापूर्वक आयोजना गरिसकेको नेपालले तेस्रो लगानी सम्मेलनको तयारी गरिरहेको छ । आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनतर्फ सरकारको अर्जुनदृष्टि छ । यसै सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाह्य लगानीकर्तालाई नेपालमा लगानीका निम्ति गर्नुभएको आह्वानलाई बहुआयामिक रूपमा हेरिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित ‘संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा नेपालको प्रतिनिधित्व गर्दै भाग लिने व्रmममा उहाँले युएईका लगानीकर्ताहरूलाई नेपालमा लगानीका निम्ति गरिएको आह्वानलाई त्यहाँ गहन रुचिका साथ हेरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र दुबई चेम्बरद्वारा संयुक्त रूपमा आयोजित ‘नेपाल–युएई बिजनेस फोरम’ लाई सम्बोधन गर्नुहुँदै नेपाल सुरक्षित एवं प्रतिफलयुक्त मुलुक भएकोले बिनाहिचकिचाहट लगानी गर्न गरेको आह्वानले अर्थतन्त्रलाई थप ऊर्जा प्राप्त भएको छ । त्यसै अवसरमा युएईका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद एल सलेहले नेपालमा ऊर्जा तथा पर्यटनको क्षेत्रमा लगानी बढाउन सकिने भनाइले प्रमको यो सम्बोधन अर्थतन्त्रका भावी दिशाका निम्ति अति उपयोगी हुने देखिन्छ ।त्यसो त मित्रराष्ट्रहरूको भ्रमणका क्रममा होस् वा विभिन्न विश्वमञ्चमा सहभागिता जनाउने क्रममा, नेपाललाई लगानी गन्तव्यका रूपमा चिनाउन सरकार प्रयत्नशील छ । केही समयअघि मित्रराष्ट्र भारत तथा चीनको भ्रमणका व्रmममा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीका लागि कुनै किसिमको दुविधा नलिन आग्रह गर्नुभएको थियो । लगानीको सुनिश्चितता, उदीयमान अर्थतन्त्र, छिमेकी बजार सम्भाव्यता र विश्व परिवेश अनुरूपका क्षेत्र पहिचान गरेर लगानी गर्न उत्साही देखिएका देश तथा व्यापारिक समूहलाई तेस्रो लगानी सम्मेलनमार्फत आकर्षित गर्न सरकारका तर्फबाट उत्साह जगाउन अब कुनै कसर छोडिनु हुँदैन । यता केही समयदेखि सुस्त हुँदै आएको अर्थतन्त्रमा थप लगानीको वातावरण बनाउनै पर्ने मूलभूत राष्ट्रिय कार्यसूची सामुन्ने बिर्सन मिल्दैन । नेपालमा लगानी बढाउन विगतमा पनि राम्रै यत्न नगरिएको होइन । त्यस क्रममा संवत् २०७३ र २०७५ मा गरिएका दुई वटा लगानी सम्मेलन र त्यसपछिको समीक्षासमेत गर्नुपर्ने हुन्छ । लगानी अवरोधका निम्ति देखिएका कमीकमजोरीमा सरकारका तर्फबाट गरिएको सुधार, ऐन, नियममा परिमार्जन एवं सरकारी प्रतिबद्धताले विश्वका लगानीकर्ताहरूमा धेरथोर उत्साह जगाएकै छ तथापि आर्थिक सुधारको मुख्य कार्यसूची अझै सही दिशामा अगाडि बढ्न नसकेको स्पष्टै छ । मूल कुरा लगानी वातावरण निर्माण गर्न लगानीकर्तामाझ लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितताको विश्वासनीय आधार देखाउन सक्नु हो । पहिलो लगानी सम्मेलनमा करिब १४ खर्ब रुपियाँको लगानी प्रतिबद्धता आएको भए पनि यथार्थमा तीन खर्ब रुपियाँ मात्र लगानी आउन सकेको तितो यथार्थ छ । त्यसै गरी दोस्रो लगानी सम्मेलनमा आइपुग्दा ३२ खर्बको लगानी प्रतिबद्धता आएको भए पनि लगानीको ठुलो हिस्सा प्रतिबद्धतामै सीमित रहँदा अर्थतन्त्रले अहिलेको न्यून आर्थिक वृद्धिको कुचक्र सहनु परेको छ ।सरकारले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐनमार्फत एकल बिन्दु सेवा केन्द्रको अवधारणा अवलम्बन गरिसकेको छ । लगानी सहज बनाउन विदेशी तथा स्वदेशी लगानीकर्तालाई सञ्जालीकरण गर्नुपर्ने छ । तुलनात्मक लाभका निम्ति जलस्रोत, कृषि, पर्यटन, खानीलगायत नेपालका लगानीका मुख्य क्षेत्र हुन् । प्रचुर सम्भावना भएर पनि जलस्रोत क्षेत्रमा स्वदेशी पुँजीले मात्र ठुला आयोजनाहरू निर्माण गर्न सम्भव छैन । विद्युत् निर्यातका लागि भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौतासमेत भइसकेका सन्दर्भमा विद्युत् परियोजना निर्माणतर्फ विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्न सरकारले यथेष्ट पहल गर्न आवश्यक छ । तेस्रो लगानी सम्मेलनको तयारी चलिरहँदा प्रधानमन्त्रीले विश्वमञ्चमार्फत गर्नुभएको आह्वानले युएई सरकार र लगानीकर्तालाई मात्र नभएर विश्वकै ध्यान आकृष्ट गरेको छ । राजनीतिक स्थिरता, ऐन कानुनद्वारा लगानी सुनिश्चिता र प्रतिफल उपभोगको प्रत्याभूति दिनुले अब हुने लगानी सम्मेलन थप फलदायी बनाउनै पर्ने छ । सरकारका तर्फबाट हुने विदेश भ्रमण तथा सम्मेलनहरूका गरिने यस किसिमका आह्वानले पक्कै उत्साह जगाउने छ तर लगानी बढाउन गहन आन्तरिक गृहकार्यसमेत उत्तिकै महìवपूर्ण हुन्छ । देशका कूटनीतिक निकायलाई समेत आर्थिक कूटनीतिका औजारमार्फत लगानी ल्याउन परिचालन गर्नु पर्छ । लगानी नै समृद्धिको प्रस्थानबिन्दु हो । अतः आय, उत्पादन, रोजगारीका साथै आर्थिक वृद्धिमा बढोत्तरी गर्दै समृद्धि यात्राका निम्ति लगानी बढाउन नै समग्र प्रयत्न गर्नु वाञ्छनीय छ ।
कुनैबेला दाङ जिल्लामा निकै राम्रो व्यापार हुने माटाका भाँडा अहिले बिक्री हुन छोडेका छन् । माटोका भाँडा बिक्री नभएर गोदाममै थन्किएपछि व्यवसायीले लुम्बिनी प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषिमन्त्रीलाई बजारीकरणको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।
गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल रु २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक वर्षमा सडक, मोटेरेबल पुुल, भवन र झोलुङ्गे पुुलसम्बन्धी एक हजार चार सय योजना कार्यान्वयन गर्दैछ ।
दोलखाको गौरीशङ्कर गाउँपालिकाका विभिन्न स्थानमा गरिएको निःशुल्क मोतीबिन्दु छनोट शिविरबाट झन्डै डेढ सय मोतीबिन्दुका रोगी भेटिएका छन् । नेपाल नेत्र सङ्घ, कीर्तिपुर आँखा अस्पताल
नेपाल–भारत खुला सीमा क्षेत्रको व्यवस्थापन सम्बन्धमा प्रत्येक छ महिनामा बस्दै आएको दुवै देशका सुरक्षा अधिकारीको बैठक शनिबार जनकपुरधाममा सम्पन्न भएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा