बाजुराको बूढीगङ्गा नगरपालिकाको मतगणना आठ वटा वडाको सम्पन्न भएको छ । वडा नम्बर १,२,३,४,७ ८,९ र १० को मतगणना हुँदा प्रमुख र उपप्रमुखमा एमालेको अग्रता रहेको छ ।
सानो उपलब्धिले समेत कहिलेकाहीँ ठूलो खुसी दिन्छ । सिमेन्ट निर्यात हुन थालेर नेपाललाई यस्तै खुसी प्राप्त भएको छ । वार्षिक १८ खर्ब रुपियाँ हाराहारीको आयात र दुई खर्ब रुपियाँ हाराहारीको मात्र निर्यातले अर्थतन्त्रमा विदेशी मुद्राको ठूलो चाप परिरहँदा यो उलपब्धि आफैँमा खुसी हो । त्यसै पनि विदेशी मुद्रा आर्जन गर्ने आधार सीमित छ र आयात गर्न नेपाली मुद्रामा हुँदैन ।
आज विश्वअर्थतन्त्र चरम् चुनौतीका बीच गुज्रिरहेको छ, जसको प्रभाव नेपाल र छिमेकी देशमा पनि परेको छ । अहिले आम नागरिकसमेत जीवन धान्ने र व्यवसाय चलाउने भन्ने विषयमा बढी नै चिन्तित देखिन्छन्, दबाबबीच बाँचिरहेका छन् ।
गत साता काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको अभिव्यक्ति दिनुभयो । यसले एक खालको बहसको सुरुवात नै गरायो । के
सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको कुन वडामा के समस्या छ भन्ने कुरा काठमाडौँमा बसेर शासन गर्नेलाई भन्दा बढी त्यहीँका गाउँपालिकाका अध्यक्षलाई थाहा हुन्छ । कास्कीको मादी गाउँपालिकाको वडा ९ को गोर्जे गाउँमा खानेपानीको समस्या छ कि बिजुलीको भन्ने
वन एक नवीकरणीय अति महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो । मानव सभ्यताको विकासमा यसको अमूल्य योगदान छ । वन र मानवबीच अन्न्योन्याश्रित सम्बन्ध रहँदै आएको छ । वनले हावा सफा गर्ने मानिसको फोक्सोका रूपमा चौबीसै घण्टा सेवा गरिरहन्छन् । बरु हामी नरहे पनि वन रहन सक्छ तर वन नरहे हामी रहन सक्दैनौँ ।
एक सय वर्ष पुग्नै लाग्दा पूर्वन्यायाधीश योगनाथ उपाध्यायले घरबार त्यागी सन्न्यासी बन्नुभयो । गत वैशाख २० गते अक्षय तृतीयाका दिन गलेश्वर आश्रम देवघाटमा उहाँले सन्न्यास ग्रहण गर्नुभएको हो । उठबस गर्नसमेत छोराछोरीको सहारा लिनुपर्ने ९६ वर्षीय उपाध्यायले सन्न्यास दीक्षा लिएसँगै त्यसलाई पुनर्जन्म मानियो अनि परिचय फेरिँदै नयाँ नाम राखियो– स्वामी योगानन्द । पुरानै नामको सुरुको अक्षर प्रयोग गरेर नयाँ नाम राख्ने सन्न्यासी परम्पराअनुसार योगनाथको नाम योगानन्द भएको हो ।
तनहुँमा ‘नाइरोबी फ्लाई’ नामक किराबाट छालामा सङ्क्रमण फैलिएका पाँच जना विरामी भेटिएका छन् । आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ र ४ मा भेटिएको हो । प्रकोप बढेसंगै सजकता अपनाउन आँबुखैरेनी गाउँपालिका स्वास्थ्य शाखाले आग्रह गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएको बताउनुभएको छ । मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको बकर इदको अवसरमा आइतबार शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने पर्व भएको बताउनुभएको हो ।
कोलम्बो, २५ असार (रासस/सिन्ह्वा)। श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत हुनुभएको छ। शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उहाँले सर्वदलीय बैठकको अह्वान गर्नुभएको थियो।प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो।राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा माग गरेका थिए। सर्वदलीय बैठकपछि प्रधानमन्त्री कार्यालयबाट जारी एक वक्तव्यमा विक्रमसिङ्घेले नयाँ सरकार गठनका लागि सबै दलले सहमति जनाउँदा पार्टी नेताहरूलाई राजीनामा दिने बताउनुभएको उल्लेख गरिएको छ। दशौं हजार प्रदर्शनकारीहरूले प्रदर्शनका लागि लगाइएको प्रतिवन्ध तोडेर राष्ट्रपति गोटबाया राजपाक्षको निवास र कार्यालयमा प्रवेश गरी नाराबाजी गरेका थिए। उनीहरूले वर्तमान् नेतृत्वले श्रीलङ्काको आर्थिक, इन्धन तथा अन्य क्षेत्रमा देखिएको सङ्कटको समाधान दिन नसकेको भन्दै नाराबाजी लगाएका थिए।
काठमाडौं, असार २५ गते। स्थानीय पहिचानका आधारमा प्रदेश नम्बर १ को नामाकारण गर्नुपर्नेमा सरोकार भएका सङ्घसंस्थाले आग्रह गरेका छन्। प्रदेश नम्बर १ को प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी गरेको सन्दर्भमा सरोकारवालाले त्यस्तो आग्रह गरेका हुन्।नाकारणका लागि घनिभूत छलफलमा रहेका राजनीतिक दलले पहिचानका विषयमा कुनै चासो नराखेको र सुन्नै नचाहेको उनीहरूको भनाइ छ। विशेषगरी नेपाली कांग्रेस र नेकपा (एमाले) कोशी, सगरमाथालगायत नामाकरण गर्नुपर्ने पक्षमा देखिएका छन् भने नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र लिम्बूवान पक्षधर पार्टीहरू भने पहिचानकै आधारमा हुनुपर्ने तर्क गरिरहेका छन्।लिम्बूवान किराँत संयुक्त सङ्घर्ष समितिका तर्फबाट आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरोकारवाला सबै पक्षले पहिचानलाई ख्याल गरेर प्रदेशको नामाकारण गर्नुपर्नेमा जोड दिएका हुन्। एमालेसम्बद्ध लोकतान्त्रिक लिम्बू सङ्घका अध्यक्ष त्रिवेणी चोङवाङले प्रदेश नम्बर १ को नाम पहिचानमा आधारित हुनुपर्ने बताउनुभयो।नेपाली कांग्रेसका नेता उत्तमसिंह थाङदेनले पनि सो कुराको समर्थन गर्नुभयो। उहाँले पहिचानको पक्षमा स्पष्ट भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै त्यसमा अहसमति राख्नुपर्ने कुनै कारण नभएको बताउनुभयो।लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले प्रदेशको नामाकरण गणितीय हिसाबले राख्न नहुने बताउनुभयो। नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङबोले प्रदेश नं १ को नामाकरण निकै जटिल रहेको बताउनुभयो। प्रदेससभाको गणितले सहजै नामाकरण गर्न सकिने भए पनि समग्र लिम्बूवान किराँतवासीको भावनालाई कुल्चेर अगाडि बढ्न सहज नभएको उहाँको भनाइ छ।किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले प्रदेश नम्बर १ को नाम लिम्बूवान किराँत नै हुनुपर्ने मत राख्नुभयो। नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने धारणा राख्नुभयो।
सत्तारुढ दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट परिमार्जन हुनुपर्ने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले यथास्थितिमा बजेट पास हुन नसक्ने भन्दै परिमार्जन गर्नुपर्ने निर्णय गरेको हो ।
बाजुराको बुढीगंगा नगरपालिकाको जारी मत गणनामा नेकपा (एमाले) ले शुरुदेखिकै अग्रता कायम राखेको छ । शनिबार साँझ ६ : ३० बजे प्राप्त विवरणअनुसार पाँच हजार ४२९ मतको गणनामा एमालेबाट नगरप्रमुखका उम्मेदवार रामबहादुर बाँनियाले नेपाली कांग्रेसका रंगबहादुर खातीभन्दा एक हजार ५६२ मतले अगाडि हुनुभएको छ हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट गर्नुभएको छ।