ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सञ्चालित योजना तथा पूर्वाधारको सर्वपक्षीय अनुगमन गरिएको छ। पाथीभरा क्षेत्र विकास समितिको आह्वानमा पाथीभराको अवस्था तथा यहाँ सञ्चालित पूर्वाधार योजनाहरूको शुक्रबार सर्वपक्षीय अनुगमन गरिएको हो।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दी शाखाले अग्रज स्रष्टाको स्मृतिमा चौतारी निर्माण गर्नेभएको छ ।
भारतीय पक्षले बर्दियास्थित दशगजा नजिकै सडक निर्माणका लागि एकपक्षीय रूपमा सर्भे गरिरहेको छ । केही दिनअघि बढैयाताल गाउँपालिका–१ डाँफेनजिकै भारतीय टोलीले सडक निर्माणका लागि भन्दै सर्भे गरेको स्थानीयले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको मुख्य सडक चौडा बनाइँदै छ । धनगढी चौराहादेखि कैलाली पुलसम्म सडक १५ मिटर चौडा थियो । अब सेटव्यागसहित २१ मिटर हुने भएको छ ।
भारती खरेल प्रतिष्ठानले अध्यात्मसाधनामा योगदान गरेबापत डा.स्वामी आत्मानन्द गिरि गलेश्वरधाम आश्रम देवघाटलाई यस वर्षको भारती खरेल पुरस्कार प्रदान गरेको छ ।
पर्यटक आकर्षित गर्नका लागि डुबरी तालमा मिनी पार्क बनाउन थालिएको छ।
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताउनुभएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले कम बोल्ने तर काम गर्ने आफ्नो स्वभाव रहेको उल्लेख गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्रमा एक वर्षभित्र स्थायी आवास निमार्ण गरिसक्ने बताउनुभएको छ।
हेटौँडामा जारी हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा शनिबारसम्म आइपुग्दा भारतीय सुभयान कुण्डु र बङ्गलादेशी मिनहाज उद्दिन प्रतियोगितामा अग्रता लिँदै उपाधि उन्मुख रहनुभएको छ ।
पूर्वसुरक्षाकर्मी परिषद् नेपालसँग आबद्ध पदाधिकारीले पृथ्वीनारायण शाहको नेतृत्वमा भएको राष्ट्र निर्माणमा स्थान विशेषका आधारमा सबै जातजाति र समुदायको योगदान भएको चर्चा गर्नुभएको छ ।
खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुग्नुभएको छ । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उहाँ त्यहाँ पुग्नुभएको हो ।
झापा एफसी र पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा बराबरी खेल्दै अङ्क बाँडेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा झापा र पोखराले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । झापाले खेलको अन्तिम मिनेटमा बराबरी गोल गर्दै हार टारेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताउनुभएको छ ।
गाजा पट्टीमा रहेको हमास सरकारले शनिबार प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ ।
ताप्लेजुङमा अन्तर्राष्ट्रियस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ। जिल्लाको मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभानमा लाग्ने पुसेमेला स्वर्ण महोत्सवको अवसरमा प्रतिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो।