• १८ असार २०८१, मङ्गलबार

नेपाल सुपर लिग : झापा र पोखराको रोमाञ्चक बराबरी

blog

काठमाडौँ, मङ्सिर १६ गते । झापा एफसी र पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा बराबरी खेल्दै अङ्क बाँडेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा झापा र पोखराले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । झापाले खेलको अन्तिम मिनेटमा बराबरी गोल गर्दै हार टारेको थियो । 

प्रतिस्पर्धात्मक खेलमा पोखराले १९औँ मिनेटमा गोलको खाता खोलेको थियो । मोसिस ट्वामले हेड गोल गर्दै पोखराको उत्साह जगाउनुभयो । त्यसपछि झापाले दोस्रो हाफको इन्जुरी समयमा समन्दर ओचिलोवको गोलका बराबरी गरेको थियो ।

यसअघि ८९औँ मिनेटमा पोखराका कमलबहादुर थापाले रातो कार्ड पाउँदै बाहिरिएपछि पोखराले १० खेलाडीमा खेल सकेको थियो । बराबरीसँगै पोखराले तीन खेलबाट पाँच अङ्क बनाएको छ । झापाको दुई खेलबाठ एक अङ्क छ ।