स्थानीय तहसँगको सहकार्यमा कञ्चनपुरमा सामुदायिक छाडा पशु व्यवस्थापनका लागि गौशाला संरचना निर्माण गरिने भएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले स्थानीय तहसँगको साझेदारीमा दुई करोडको लागतमा चार स्थानमा गौशाला निर्माणका लागि कार्यक्रम सञ्चालन गरेको हो ।
इनरुवा नगरपालिकाले फोहोरलाई मोहर बनाउने योजनालाई अन्तिम चरणमा पुर्याएको छ । नगरपालिका क्षेत्र भित्रमा उत्पादन हुने फोहोरलाई मोहरमा परिणत गर्न नगरपालिकाले विशेष योजना बनाई कार्यान्वयनको चरणमा रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाअन्तर्गतको परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले बाँसुरी वादन प्रतियोगिता आयोजन गर्ने भएको छ ।
बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले शनिबार दोस्रो विश्व नेवा: हाजिरीजवाफ प्रतियोगितामा विजेता टिमहरूलाई नगदसहित पुरस्कृत गर्नुभएको छ ।
बाँकेको एक पालिकाले बालिकालाई विद्यालयमा ल्याउनका लागि छोरी पढाऊ अभियान कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौँमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव सुरु भएको छ । बबरमहलस्थित नेपाल कला परिषदमा ३९ देशका तीन सय ४३ कलाकृति प्रदर्शनीसहित सुरु भएको महोत्सवको आज युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गर्नुभयो ।
अर्जुन चौपारी गाउँपालिका रहेको औद्योगिक ग्राम प्रयोगमा ल्याउने तयारी गरिएको छ । २०७५ चैत ४ गते प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने नेपाल सरकारको निर्णय अनुसार अर्जुन चौपरी बनाउने प्रक्रिया अगाडि बढाइएको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो ।
रुपन्देहीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । लुम्बिनी– ककरहवा सडकखण्ड अन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा शनिबार बिहान भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।
जाजरकोटका भूकम्पप्रभावितलाई नेपाल विद्यार्थी सङ्घ कैलालीले सहयोग गरेको छ । कात्तिक १७ गते गएको भूकम्पबाट धेरै जनधनसहित विद्यालयको भवन ढलेपछि विद्यार्थीहरूलाई समस्या परेको र पठनपाठन ठप्प भएको भन्दै भवन निर्माणका साथै शैक्षिक सामग्री हस्तान्तरण गरेको नेविसंघ कैलालीका अध्यक्ष मनिश कुँवरले बताउनुभयो ।
प्रेस सेन्टर ललितपुरले भूकम्पपीडित पत्रकारलाई तीन लाख बराबरको न्यानो ज्याकेट उपलब्ध गराउने भएको छ । सेन्टरका ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले राखेको जिल्ला कार्यसमिति बैठकको निर्णयमा जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित पत्रकारलाई तीन लाख बराबरको एक सय थान ज्याकेट उपलब्ध गराइने जानकारी दिनुभयो ।
जापानी प्रधानमन्त्री फुमियो किशिदाले कार्बन उत्सर्जन घटाउने उपायहरू नभएका नयाँ कोइलाबाट चल्ने बिजुली केन्द्रहरू निर्माण गर्न रोक्ने वाचा गर्नु भएको छ ।
धनुषाको लालगढमा चारतारे मापदण्डको गौतम होटल सञ्चालनमा आएको छ । शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गरेपछि चारतारे मापदण्डका होटल सञ्चालनमा आएको हो ।
बाजुरामा ३५ सय भन्दाबढी घर पूर्ण जोखिममा रहेका छन् । विसं. २०७९ माघ १० गते र २०८० असोज १७ गते गएको भूकम्पका कारण बाजुराका ३५ सय भन्दाबढी घर पूर्ण जोखिममा रहेका हुन् ।
एक दशक अगाडिसम्म बागलुङ नगरपालिका-४ कुँडुले फेदी सुनसान थियो । बागलुङबजार नजिकै रहेर पनि विकासका हिसाबले पछाडि परेको थियो । तर अहिले पूर्वाधार विकासँगै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको छ ।