मुगमकार्मारोङ गाउँपालिकाका विद्यार्थी यार्सागुम्बा सङ्कलन गर्न हिँडेपछि विद्यालय बन्द भएका छन्। यार्सागुम्बा सङ्कलन गर्ने मौसम सुरु भएसँगै गाउँपालिकाका विद्यार्थी यार्सा सङ्कलन गर्न जाने गर्छन्। मुगमकार्मारोङ गाउँपालिकाको कार्यविधि अनुसार यार्सागुम्बा सङ्कलनका लागि जेठ ४ गतेबाट सामुदायिक वन क्षेत्रमा अनुमति दिइएको छ। गाउँपालिकाका १० वटा विद्यालयका विद्यार्थी यार्सागुम्बा सङ्कलन गर्न पाटनतर्फ लागेका छन्।
कैलालीको लम्कीचुहा नगरपालिकास्थित सामुदायिक वनमा वन्यजन्तुलाई पानी पिउनका लागि कृत्रिम पोखरी निर्माण गरिएको छ। वडा नम्बर १ मा रहेको चेतना सामुदायिक वन र ३ मा रहेको मुक्त कमैया सामुदायिक वनमा कृत्रिम पोखरी बनाइएको हो। सुक्खायाममा वन क्षेत्रका जलाशय सुकेर वन्यजन्तुलाई पानी खानका लागि उत्पन्न हुने समस्यालाई समाधान गर्न कृत्रिम पोखरी निर्माण गरिएको जनाइएको छ। बर्खायाममा थोरै पानी जम्दै आएको स्थानमा व्यवस्थित गरेर कृत्रिम पोखरी बनाइएको चेतना सामुदायिक वनका कार्यालय सचिव कुमारी सार्कीले बताउनुभयो।
सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्रगति दिइएको छ ।
हो, अतीतसँग पैँचो लिई लिई म वर्तमान जिउने प्रयत्न गरिरहेको छु
रुपन्देहीको बुटवलदेखि सात किलोमिटर उत्तर चुरेमा रहेको पाल्पाको ऐतिहासिक क्षेत्र नुवाकोटदेखि बल्ढेङगढीसम्म बनाउन लागिएको पद मार्ग (फुट ट्र्याक) अलपत्र अवस्थामा रहेको छ। लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण सुरु भएको पद मार्ग निर्माणको काम सरोकारवालाले बेवास्ता गर्दा अलपत्र परेको हो।
एक महिनाको अवधिमा पाल्पाको ५१९ स्थानमा आगलागीका घटना भएका छन्। वैशाख लागेपछि जिल्लाका अधिकांश स्थानमा आगलागीका घटना भएका छन्। जिल्लाको तिनाउ गाउँपालिका क्षेत्रमा १०१, माथागढीमा ९३, पूर्वखोलामा ७६, रैनादेवी छहरामा ७५ स्थानमा आगलागी भएको छ। यस्तै रिब्दीकोटमा ५८, निस्दी गाउँपालिकामा ५३, रम्भामा आठ र बगनासकालीमा तीन, रामपुर नगरपालिकामा ३७ र तानसेन नगरपालिकामा १५ स्थानमा आगो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ।
जति मत ल्याउँछु उति बोटबिरुवा लगाउँछु भन्दै निर्वाचनका बेला आममतदातासँग मत माग्नुभएका सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको प्रतिबद्धता कार्यान्वयन हुन थालेपछि सिद्धार्थनगर हराभरा र सुन्दर देखिन थालेको छ। स्थानीय तहको निर्वाचनका व्रmममा उम्मेदवार बनेका खानले आफूले जति मत ल्याउँछु, उति नै बिरुवा रोप्छु भनी सङ्कल्प गर्नुभएको थियो। नगर प्रमुख खान त्यही सङ्कल्पअनुरूप अघि बढेकाले नगरको सुन्दरता बढ्दै गएको हो। उहाँले निर्वाचनका बेला मत बराबरको रुख र फूलको बिरुवा रोप्ने उद्घोष गर्नुभएको थियो। नगर प्रमुख खानले भन्नुभयो, “यो काम सञ्चालन भइरहेको छ, यो निरन्तर अघि बढ्छ।”
पुल अलपत्र पारेर तीन वर्षदेखि बेपत्ता ठेकेदारको अहिले खोजी सुरु भएको छ । १० करोडको लागतमा निर्माण हुन लागेको नवलपरासीको कावासोती नगरपालिकाको केरुङ्गे खोलाको पक्की पुल निर्माण सम्पन्न नगरी ठेकेदार फरार भएका हुन् । नगरपालिकाको केरुङ्गे खोलाको पुलले वडा नं. ३, ४ र ५ जोड्ने गर्छ । कावासोती–४ का वडाध्यक्ष नारायण लोहनीले नगरपालिकाले ठेकेदारको खोजी गरिदिन प्रमुख जिल्ला अधिकारीलाई निवेदनसमेत दिएको बताउनुभयो ।
मधेश प्रदेश सभाका सदस्यहरूले ससर्त अनुदानको बजेट रकम मापदण्ड तोकेर वितरण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको पहिलो अधिवेशनको १३औँ बैठकमा बुधबार प्रदेश सभा सदस्यहरूले चालु आर्थिक वर्षको ससर्त अनुदान बजेटको रकम वितरणमा आफूखुसी भइरहेको आरोप लगाउँदै मापदण्ड निर्धारण गरेर मात्र वितरण गर्न सुझाव दिएका हुन् ।
मोरङ पाटीगाउँको थामडाँडाकी कल्पना राईलाई अहिले दैनिक करिब दुई सय लिटर पानी आवश्यक पर्छ । हिउँदसम्म बर्खाको पानीले जसोतसो धाने पनि अहिले भने उहाँले घण्टौँ हिँडेर टाढाबाट पानीको जोहो गर्नुपर्ने अवस्था छ । अहिले उहाँका घर वरिपरि करिब दुई हजार खाली बोतल फालिएका छन् । बर्खामा आएको पानी उहाँले त्यही बोतलमा हिउँदका लागि जोहो गर्नुभएको थियो । हिउँदमै ती बोतलको पानी रित्तिएपछि उहाँको दिनचर्या पानी ओसारेरै बित्ने गरेको छ । आफूलाई खान मात्र नभई बस्तुभाउलाई खुवाउन घरधन्दा गर्नसमेत पानी ओसार्नुपर्छ । “पानी लिन करिब दुई घण्टा टाढा जानुपर्छ, घरको एक जनाको समय प्रत्येक दिन पानीको जोहो गर्दै बित्ने गरेको छ,” राईले भन्नुभयो ।
जीवनको एउटा विशाल कोलाहाल समाप्त भएको छ कृपया शान्त बनिदेऊ आफन्तहरू
गर्भवती महिलाको मृत्युको विषयलाई लिएर अवरुद्ध गरिएको बिपी राजमार्ग बुधबार दिउँसोदेखि सञ्चालन भएको छ। प्रसूतिका लागि सिन्धुली अस्पताल ल्याइएकी कमलामाई नगरपालिका–५ की २६ वर्षीय गङ्गाकुमारी श्रेष्ठको मङ्गलबार बेलुका मृत्यु भएको थियो। सोही विषयमा मृतकका परिवार, आफन्तलगायतले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल तोडफोड गर्नुका साथै बिपी राजमार्ग अवरुद्ध गरेका थिए। श्रेष्ठको मृत्युको विषयमा सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयमा बुधबार बिहानदेखि बसेको सर्वपक्षीय बैठकमा पीडित पक्ष र सिन्धुली अस्पतालका बीच तीनबुँदे सहमति भएको छ।
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
भरतपुर महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ। २०७९ वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भरतपुर महानगरपालिकाका जनप्रतिनिधिले जेठ ११ देखि कार्यभार सम्हाल्नुभएको थियो। विसं २०७९ को निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतको गठनबन्धनका उम्मेदवारका रूपमा नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले विजय हासिल गर्नुभयो। प्रमुख दाहाल २०७४ सालको निर्वाचनबाट पनि प्रमुखमा निर्वाचित हुनुभएको थियो। दोस्रो कार्यकालको एक वर्ष बिते पनि प्रमुख दाहालले महानगरको नेतृत्व गरेर छ वर्ष बिताउनुभएको छ। उहाँ यो अवधिमा महानगरमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य काम भएको बताउनुहुन्छ। यस अवधिमा भएका काममध्ये सबैभन्दा महत्वपूर्ण सडक नै हो।
सृष्टिको क्रम र लय सनातन हो अनि यसका नियम शाश्वत र अजेय हुन्छन् भन्ने अध्यात्मवादको मान्यता छ । अर्काेतिर सृष्टिका पनि नियम हुन्छन् र तिनको अध्ययन सम्भव छ भन्ने विज्ञानको दाबी छ । जे भए पनि मानिसको जन्म तथा मृत्यु अध्यात्म र विज्ञान दुवैको चासो तथा अध्ययनको विषय रहिआएको छ ।