• १२ असार २०८१, बुधबार

भूकम्पप्रभावित बालबालिकालाई नेविसंघको सहयोग

blog

जाजरकोटका भूकम्प प्रभावित बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै नेपाल विद्यार्थी संघ कैलाली । तस्बिर : भावना जोशी

भावना जोशी
अत्तरिया, मङ्सिर १६ गते ।
 जाजरकोटका भूकम्पप्रभावितलाई नेपाल विद्यार्थी सङ्घ कैलालीले सहयोग गरेको छ ।  कात्तिक १७ गते गएको भूकम्पबाट धेरै जनधनसहित विद्यालयको भवन ढलेपछि विद्यार्थीहरूलाई समस्या परेको र पठनपाठन ठप्प भएको भन्दै भवन निर्माणका साथै शैक्षिक सामग्री हस्तान्तरण गरेको नेविसंघ कैलालीका अध्यक्ष मनिश कुँवरले बताउनुभयो  ।

नेविसंघले पहिलो चरणमा राहत र उद्धारको काम गरेको र त्यसपछि विद्यालय केन्द्रित काम गरेको अध्यक्ष कुँवरले बताउनुभयो । पहिलो चरणमा केन्द्रीय समितिको आयोजना र नेविसंघ जाजरकोट जिल्ला कार्यसमितिको व्यवस्थापनमा भेरी त्रिवेणी मावि रिम्नामा ६ कोठे अस्थायी भवन निर्माणसँगै खेलकुद तथा शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको, दोस्रो चरणमा कैलालीले विद्यार्थीहरूलाई न्यानो कपडा (स्युटर, ट्रवाजर, थ्रमकोट, सर्ट) स्कुल ब्यागहरू त्रिभुवन आधारभूत विद्यालयमा हस्तान्तरण गरेको कुँवरले बताउनुभयो ।