नेदरल्याण्ड्सको अति दक्षिणपन्थी पपुलिस्ट पार्टी फर फ्रिडम (पिभिभि) संसदीय चुनावमा सबैभन्दा ठुलो दल बनेको छ । संसदीय चुनावमा पिभिभि सबैभन्दा ठुलो दल बनेको डच इलेक्टोरल काउन्सिल बताएको हो ।
युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
युनानमा ५.० म्याग्निच्युडको भूकम्प गएको छ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको देहोङ दाइको मङ्सी सहर र जिङपो स्वायत्त प्रान्तमा शनिबार बिहान १ः३६ मिनेटमा ५.० म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको हो ।
नेपाली कांग्रेस लुम्बिनीको पहिलो प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु हुँदै छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शानिबारदेखि सुरु हुन लागेको सम्मेलनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुँने कार्यक्रम रहेको छ ।
‘पहिले यहाँका मानिस तँलाई तातो ढिँडो खाएर १२ बजेको घाममा पारिको उकालो चढ्नुपरोस् भनेर गाली दिन्थे रे’ मनबहादुर दाइले पुरानो कुरा सुनाएपछि मेरो सातोपुत्लो उड्यो ।
हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठुलो सहर साङ्घाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो ।
नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यवस्थाको विरोधमा आएका आवाजले कुनै असर नपार्ने बताउनुभएको छ ।
गुल्मीमा चोरीका घटनाहरू वृद्धि हुँदै गए पनि चोर पत्ता लाग्न सकेको छैन । गत जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैङ्क,सहकारीलगायत घरहरू तोडफोड गरी नगद, गरगहना चोरी भए ।
झापाको एउटा सामुदायिक विद्यालय विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कमल गाउँपालिका ७ मा रहेको पिङ डाँडा आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या १३ मात्र रहेको पाइएको हो । शिक्षक तथा कर्मचारीको सङ्ख्या ६ रहेको छ । एउटै कक्षा कोठामा राखेर ५ कक्षासम्म पढाइ हुने गरेको छ ।
“तेरो मामाकी छोरीको बिहे भएछ त वैशाखमा । चेलीलाई त सम्झनै छाडे गाँठे ! फोनको दुनिया छ । पहिले जस्तो लिन आउनुपर्ने होइन । एक चोटि हेलो गरेको भए के जान्थ्यो त” आमा चामल केलाउँदै सुँकसुँकाउनु भयो । आमाको निन्याउरो मुखमुद्रा र रुन्चे स्वरले म झसङ्ग भएँ ।
विश्व बजारमा निकै लोकप्रिय बनेको सूचना प्रविधि सम्बन्धी व्यवसायलाई उच्चतम प्रयोग गर्न सकिएमा नेपालले पनि मनग्य फाइदा लिन सक्ने यस क्षेत्रका जानकारहरूले बताउनुभएको छ ।
हेर्दाहेर्दै हिमशिखर झैँ शुभ्र बन्दैछ माथ, खोल्साखाल्सी किरमिर अहा ! रम्य चौडा ललाट !
विद्युत सर्ट भएर घरमा आगलागी भएको छ । शनिबार बिहान ४ बजे मोलुङ गाउँपालिका–१ झगरपुरका ४० वर्षीय भोलाकाजी राईको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको सबैभन्दा नजिकको सरकारको रूपमा रहेको रहेको स्थानीय सरकारले सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
रक्सौलबाट बिहान ८ बजे मिथिला एक्सप्रेस सुस्त गतिको रेल यात्राबाट सात सय किमिको दुरी पार गरी कलकत्ताको हावडा जक्सन पुग्दा बिहानको ४ बजेको थियो । मिर्मिरेमा ८० वर्ष