थापाथलीस्थित पुलको विकल्पका रुपमा बागमती नदीमा त्यसको नजिकै काठमाडौं र ललितपुर जिल्ला जोड्ने पुल निर्माण गरिने भएको छ।
संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो। संयुक्त बैठक बुधवार अपरान्ह ४ बजे बोलाइएको छ।
सरकारले जापान सरकारबाट प्राप्त हुने ४१ करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटलाई लक्षित गर्दै बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गर्नुभएको छ।
नेपाल पुलिस क्लब र एफसी खुमलटारले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापन बापत मिडियाले पाउने रकम नरोकिने बताउनुभएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मंगलबारदेखि बुटवलमा रोजगार मेला सुरु भएको छ ।
हेटौँडामा जारी दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८० अन्तर्गत दुई मिटर दौडमा मकवानपुरका दिना गोपाली र जिकेश सापकोटाले स्वर्ण पदक जित्नुभएको छ ।
ताप्लेजुङमा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले स्रोत तथा प्रतिनिधि शिक्षकलाई तालिम प्रदान गरेको छ ।
त्तरी थाइल्याण्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु हुनाका साथै अन्य २३ जना घाइते भएका छन् । थाई सरकारका प्रवक्ताले मङ्गलबार विज्ञप्तिमार्फत सो घटनाको जानकारी दिनु भएको छ ।
दोलखा सदरमुकाम चरिकोटमा आयोजित अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतीय खेलाडी इन्द्रजित महिन्द्रकारले हात पार्नुभएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमण पूरा गरी आज राति स्वदेश फर्कँदै हुनुहुन्छ ।
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको आरोहण गर्नुभएका हरिबहादुर बुढामगरलाई बधाई दिनुभएको छ।
पोखरामा बिहीबार हुने भनिएको सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला स्थगित भएको छ । गण्डकी प्रदेश सरकारले सो भेलाको तयारी गरिरहँदा अन्तिम समयमा मंगलबार सूचना जारी गर्दै स्थगित भएको जनाएको हो ।