सपना, तिमी आउँछ्यौ । मेरो नजिक बस्छ्यौ । प्रेमका अनेक कथा बुन्छ्यौ । तिमी कथा जस्तै जीवन भन्छ्यौ अथवा जीवन जस्तै कथा सुनाउँछ्यौ । म सुनिरहन्छु । तिम्रो मुहार हेरिरहन्छु । तिम्रो वाणी र तिम्रो मुहारको सादृश्यलाई म अनेक उपमाले सोच्छु, तर सबै उपमाहरू निस्तेज वा निरर्थक लाग्न थाल्छन् । म उपमाहीन भएर तिमीलाई हेरिरहन्छु । हेरिरहन्छु । केवल हेरिरहन्छु ।
भीमेश्वर नगरपालिका–६ को पर्यटकीय क्षेत्र सिमपानीमा निर्माण गरिएको पोखरीलगायतका पर्यटकीय संरचना साढे दुई वर्षदेखि बेवारिसे बनेको छ । दोलखाको सदरमुकाम चरीकोटस्थित
भन्छन् उठाउन गाह्रो छ सुतेको बहाना गर्नेहरूलाई मलाई सुतेझैँ गर्नेहरूलाई उठाइदिन मन छ ।
तिमीले मलाई जुन ठाउँबाट छोडेर गयौ त्यही ठाउँबाट मैले यात्रा सुरु गरेको छु । मात्र घामपानी छेक्ने एउटा झुप्रो
जगदीश नेपाली भाषासेवी महानन्द सापकोटाका छोरा हुन् । यसो भन्दा उनको व्यक्तित्वलाई पिताको व्यक्तित्वले थिचेको महसुस हुन्छ । नेपालमा यस्ता प्रतिभा धेरै छन् जसलाई पिता, पति, दाजुुभाइ, सन्तानको व्यक्तित्वले छायामा पारेको छ । सामाज सुधारक, शैक्षिक आन्दोलक, साहित्य सर्जक, साहित्यसेवी र राजनीतिक आन्दोलकका धेरै व्यक्तित्व एकैमा देखिने व्यक्ति हुन् जगदीश नेपाली । यस अर्थमा उनी बहुआयामिक व्यक्तित्व हुन् । भनिए जस्तै मोफसलका किनारीकृत प्रतिभा हुन्, पिताका कारण पनि छोपिएका व्यक्तित्व हुन् ।
हामी पूर्वको यात्रामा थियौँ, पूर्वको पनि पूर्व हान्निँदै थियौँ त्यो बिहान । रमाउँदै थियौँ देखिएका दृश्यमा, कौतूहल थियो मनमा र रोमाञ्चित थिए आँखाहरू । ताल तलैया र खोला त थिए नै, हिँडेदेखि छाडेका हैनन् राता झन्डाले । बजार, बस्ती त आउनै हुँदैन, जब बस्ती बाक्लिन्छ, बजार आउँछ तब देखिन्छन् छपक्कै राता झन्डा आँखै तिरमिराउने । झन्डा पनि एकै खालका होइनन् तीन किसिमका, कुनै कागजका खाली पाना जस्ता लामा ठाडा एकरङ्गे जे जे सोचे, कल्पना गरे पनि हुने, कुनै चारपाटे के के चिह्न अङ्कित ।
काठमाडौँको चक्रपथमा भइरहेको भिड जम्मा र खुला–बन्द जस्ता हल्लाको बेवास्ता गर्दै कलङ्कीमा जम्मा भएर यात्रा थाल्दा बिहानको साढे छ बजिसकेको थियो । वालिङ प्रज्ञा–प्रतिष्ठान, वालिङ नगरपालिका आयोजक रहेको कृति लोकार्पण, विमर्श एवं स्रष्टा सम्मान तथा विशेष काव्य वाचन समारोहमा सहभागिता जनाउन थालेका थियौँ यात्रा ।
ष्ट्रिय सभाका सांसद डा. खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका हाबी हुँदा सङ्घीय संसद्ले अपेक्षित नतिजा दिन नसकेको धारणा राख्नुभएको छ । राज्यका अङ्गबिचको नियन्त्रण र सन्तुलन गुम्दा सरकार संसद्प्रति जिम्मेवार तथा जबाफदेही हुन नसकेको उहाँको विश्लेषण छ ।
सर्लाहीको हरिपुर्वा नगरपालिकामा निर्मित १५ शøयाको अस्पताल भवन प्रयोगमा नल्याउँदा अलपत्र परेको छ । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २
नेपालमा चिया रोपण सुरु भएको १६० वर्षपछि इलाममा पहिलो पटक चिया प्रविधिको पढाइ सुरु गरिएको छ । प्रमुख निर्यातयोग्य वस्तु मानिएको नेपाली चियाको क्षेत्रमा यो विषयको अध्ययन अध्यापन निकै महत्त्वपूर्ण मानिएको छ । अहिलेसम्म भारत र अन्य मुलुकमा गएर सिकेको सिपका भरमा नेपालीले तयारी चिया बनाउने गरेका छन् ।
सिँजा गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार कर्णाली प्रदेशको जुम्ला जिल्लामा पर्छ । यस गाउँपालिका नेपालको राजधानी काठमाडौँबाट ८११.८ किमी पश्चिम र कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतबाट करिब २३०.५ किमी उत्तरतर्फ पर्छ । १५३.२९ वर्ग किमी कुल क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा चन्दननाथ नगरपालिका, पश्चिममा कालीकोट जिल्ला, उत्तरमा कनकासुन्दरी गाउँपालिका र दक्षिणमा हिमा र तातोपानी गाउँपालिका रहेका छन् । जुम्ला जिल्लाको आठ वटा स्थानीय तहमध्ये सिँजा गाउँपालिका पनि एक हो । यो गाउँपालिका साबिकको धापा, नराकोट र शनिगाउँ गाविस समावेश गरी बनाइएको हो । पछिल्लो जनगणना, २०७८ अनुसार यस गाउँपालिकाको कुल जनसङ्ख्या १२,५५६ रहेको छ ।
जिल्लाको धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित बिपी राजमार्गमा डिआईको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ ।
मकवानपुरको थाहा नगरपालिकाले कानुन निर्माण गरी कार्यान्वयन गर्दै आएको छ । संविधानको अनुसूचीमा रहेका एकल अधिकार र साझा अधिकारको सूचीमा रहेको ऐन कानुन नगरपालिकाले निर्माण सेवा प्रवाहलगायत कार्यसम्पादन गर्दै आएको हो । नगरपालिकाले स्थानीय तहको पहिलो निर्वाचित कार्यकाल पूरा भएर दोस्रो कार्यकालको डेढ वर्षको अवधिमा पालिकाको कार्यसम्पादनका लागि आवश्यक एक दर्जन ऐन निर्माण गरेको छ ।
वर्षा गएसँगै टप्पुवासी सन्तोषले सास फेर्न थाल्छन् । कोसीको सतह घट्दै जादा टप्पुवासीमा हिम्मत पनि बढ्छ तर फेरि अर्काे वर्षायाम आउँछ र कोशीको पानीको सतह बढ्दा बस्तीसँगै पानीमा विलीन हुने हो कि भन्ने त्रासबाट भने उनीहरू कहिल्यै मुक्त हुन सकेका छैनन् । यस वर्ष टप्पुवासीका लागि गएका वर्षहरूभन्दा कष्टकर रह्यो । कोशी नदीमा पानीको सतह गएका दशकभन्दा बढी भएपछि टप्पुवासीमा त्रासदी बढ्यो । नदीले गरैया टप्पु क्षेत्रमा तीव्र कटान गरेपछि नदी उकास क्षेत्रमा रहेका आधा दर्जन घर सार्नु परेको थियो । पछिल्ला केही वर्षदेखि त्यहाँ कटान हुन थालेपछि टप्पु क्षेत्र प्रत्येक वर्ष
लामो समय अलैँचीको मूल्य नपाएका दोलखाका किसानले यो पटक प्रतिकिलो नौ सयदेखि १३ सय रुपियाँसम्म मूल्य पाएका छन् ।