नेपालगञ्ज र सो वरपरका क्षेत्रमा केही समययता देखिएको विद्युत् सम्बन्धी समस्या एकसाताभित्र समाधान हुने विद्युत् वितरण केन्द्र नेपालगञ्जले जनाएको छ ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशका लागि विचारमा स्पष्ट जनमत बनाउन अपिल गर्नुभएको छ।
नेपाली कांग्रेसका नेता एवम् सांसद डा. शेखर कोइरालाले पार्टीभित्रको असन्तुष्टि सम्बोधन गर्न नवीन कार्यदिशाअनुसार समग्र रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
मन्त्रिपरिषद्को बैठकले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।
मधेश प्रदेशको समग्र जनसङ्ख्याको ९० प्रतिशत मानिसले अझैपनि जीवाणुयुक्त खानेपानी खाइरहेको एक तथ्याङ्कले देखाएको छ ।
जिल्लाको खुलालु पुल नजिकै रहेको डर लाग्दो खाल्डो दुर्घटना हुन नदिन अल्पकालीन पिसिसि गरी सडक निर्माण गरिएको छ । कर्णाली कोरिडोरको खुलालु पुलको बायाँ पट्टीको जोखिम सडकलाई पिसिसि गरेर जोखिम न्यूनीकरण गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका हरि बुढामगरलाई बधाई दिनुभएको छ।
गोरखाको साबिकको फुजेल, दर्बुङ, भूम्लिचोक, घ्याल्चोक, ताङ्लिचोक र मकैसिङ गरी छ गाउँ विकास समितिलाई एकीकृत गरी स्थापना भएको गण्डकी गाउँपालिका प्राकृतिक रुपमा विविधता पूर्ण रहेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मङ्गलबार) नेप्से परिसूचक ५१ दशमलव ३१ अङ्कले उकालो लागेर एक हजार नौ सय ४२ दशमलव ६३ मा पुगेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ऐन, कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभएको छ।
सरकारले सङ्घीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । मङ्गलबार राष्ट्रिय सभा बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित भएर आउनुभएका जनप्रतिनिधिले कार्यभार सम्हाल्नुभएको मंगलबार एक वर्ष पूरा भएको अवसरमा ४९ बुँदे प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्ने बताउनुभएको छ ।
नवलपरासीको हुप्सेकोट गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विद्युत सेवा पुगेको छ । वडामा पहिलो पटक विद्धुत सेवा पुगेपछि स्थानीय खुसी छन् ।