मुलुकको अर्थतन्त्र सुधारका लागि सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । सरकार र निजी क्षेत्रबिच सहकार्य हुँदा मात्र देशको अर्थतन्त्र सुधार्न सकिने विश्वास लिइएको छ ।
जातीय भेदभाव तथा छुवाछूत र लैङ्गिक हिंसाका घटनामा सबैभन्दा बढी दलित महिला परेको एक अध्ययनले देखाएको छ । दलित महिला सङ्घले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सो तथ्याङ्क देखाएको हो ।
जाजरकोट र रुकुमपश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परेकाहरूको राहतका लागि हिमाल खबर मिडियाले १ लाख ३३ हजार ९७३ रुपियाँ सहयोग गरेको छ । सङ्कलित सो रकम नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलसहितको टोलीलाई हिमालयखबरका सल्लाहकार सम्पादक तारा बराल र साहित्यकार तथा कवि बिटु केसीले हस्तान्तरण गर्नुभयो ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ । नेपाल, नेदरल्यान्ड र नामिबियाबिच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार सर्बिया जान प्रतिव्यक्ति आठ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक एक लाख रुपियाँ हुन्छ भनी प्रलोभनमा पारी बारा जितपुरसिमरा उपमहानगरपालिका–१ का २५ वर्षीय दिपेश बास्कोटाले बल बहादुर थापासँग पटकपटक गरी सो रकम लिई सम्पर्कविहीन रहेका थिए ।
“पुनर्निर्माणका लागि श्रमदान” भन्ने अभियान लिएर भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएको नेकपा (एमाले) ले रुकुमपश्चिममा २१५ वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको छ ।
बाँकेका महिलाहरू समूह बनाएर पञ्चेबाजाको संरक्षण गर्दै व्यावसायिक रूपमा आयआर्जनमा जुटेका छन् । राप्तीसोनारी गाउँपालिका–८ की दीपा बस्नेतले गाउँका दिदीबहिनीहरूको समूह बनाएर पञ्चेबाजालाई व्यावसायिक रूपमा सञ्चालन गरी आयआर्जन गर्दै संरक्षण समेत गर्दै आएको बताउनुभयो ।
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स सङ्घले रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–७ का भूकम्प प्रभावित बालबालिकालाई न्यानो कपडा (स्विटर) वितरण गरेको छ । वडाका ६७५ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो ।
हेटौँडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगिता–२०८० मा हालसम्म विदेशी खेलाडीले वर्चस्व बनाउन सफल भएको छ । प्रतियोगिताको पाँचौँ राउण्ड समाप्त हुँदा २३९३ रेटिङ भएका भारतीय खेलाडी सुभयान कुण्डुले बङ्गलादेशी अन्तर्राष्ट्रिय मास्टर मोहमद मिनहाज उद्दिनसँग बराबरीमा रोकिनुभएको छ ।
पश्चिम नेपालको केन्द्र रहेको नेपालगन्जबाट कार्यालय सार्न खोजेपछि स्थानीय सङ्घ संस्थाले विरोध गर्दै बैङ्कको कार्यालयमा तालाबन्दी गरेका छन् ।
उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार आदेश सुनाएको छ । उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश सुनाएको हो ।
नेपालमा चिया व्यवसाय सुरु भएको एक सय ६० वर्षपछि इलाममा पहिलो पटक चिया प्रविधिको पढाइ सुरु गरिएको छ । निर्यात वस्तुमध्ये विदेशी मुद्रा आर्जनका लागि पनि एक हिस्सा बन्न थालेको नेपाली चियाको क्षेत्रमा यो पढाइ निकै महत्त्वपूर्ण मानिएको छ ।
कैलालीको घोडाघोडी नगरपालिकाले प्रथम मुख्यमन्त्री पालिका स्तरीय फुटबल प्रतियोगितामा खेलाडी छनौट गरी पठाएको छ । नगरपालिकाले शुक्रबार खेलाडी समूहलाई विजयको शुभकामना सहित प्रतियोगिताका लागि बिदाइ गरेको हो ।
चिसोका कारण पानी जमेपछि देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल । समुद्री सतहदेखि चार हजार १९५ मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल अन्नपूर्ण हिमालको फेदीमा छ । तस्बिरः सन्तोष गौतम/रासस