आफूलाई प्रधानाध्यापक नबनाएको भन्दै विद्यालयका शिक्षकहरूले पठनपाठन बन्द गरेका छन् । यहाँको महाबु गाउँपालिका–३, बासीमा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक हरिप्रसाद शर्मालगायतका आठ जना शिक्षकले गत वैशाख ३१ गतेदेखि विद्यालयको पठनपाठन बन्द गरेका छन् ।
पछिल्लो समस्या पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ ।
सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार बढ्दै गएको छ । मुहानमा पानीको स्रोत सुक्दै गएपछि घर घरमा जडान गरिएका धारामा पानी आउन छाडेको छ । सिमकोट बजारका आङ्टेन्डी शेर्पा धारामा पानी आउन छोडेपछि खानेपानीको समस्या दैनिक रूपमा बढ्दै गएको बताउनुहुन्छ । उपाभोक्ताहरू जुन धारामा पानी आउने गर्छ त्यस धारामा लाइनमा बसेर पानी भर्न बाध्य छन् ।
आइतबार साँझ आएको हावाहुरीले कालीकोट जिल्लाका धेरै विद्यालयमा क्षति पु¥याएको छ । हावाहुरीले विद्यालयका छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१, लुसाको अम्बिका आधारभूत विद्यालयको छाना उडाएपछि विद्यालय बन्द छ । चौरमा राखेर पठनपाठन सुचारु गर्न पनि कठिन भएकाले विद्यालय बन्द गर्नु परेको बताइन्छ ।
निरन्तर चार दिनसम्म सञ्चालन भएको भएको निःशुल्क आँखा शिविरमा पाँच हजार ७२ जनाको आँखा परीक्षण गरिएको छ । मोरङको रङ्गेली र सुनसरीको देवानगन्ज गाउँपालिकामा भएको निःशुल्क आँखा स्वास्थ्य शिविरमा पाँच हजार ७२ जनाको आँखा परीक्षण गरिएको हो ।
सिगास गाउँपालिका अध्यक्ष र सडक उपभोक्ता समितिका पदाधिकारीबिच २० लाख ४४ हजार रुपियाँको चेकका विषयमा विवाद हुँदा कुटाकुट भएको छ। कुटपिटबाट घाइते भएका सडक उपभोक्ता समितिका अध्यक्ष अस्पताल भर्ना भएका छन्। सडक उपभोक्ता समितिलाई गाउँपालिकाको लेखा शाखाले उक्त रकम भुक्तानीका लागि दिइएको चेक गाउँपालिका अध्यक्षले बैङ्कलाई रोक्का गर्न निर्देशन दिएपछि कुटाकुट भएको हो।
उर्वर विधा नियात्राको लहरमा एउटा अर्को रोचक र ज्ञानवद्र्धक नियात्रा र संस्मरणको सङ्ग्रह थपिएको छ– विजय चालिसेको ‘मरुभूमिको फूल’ । मूलतः कथाकारको रूपमा सुपरिचित चालिसेका यसअघि विविध विषयका छ दर्जन पुस्तक प्रकाशित छन् ।
कैलाली जिल्लाको तत्कालीन निगाली गाविसबाट छविलाल साउद २०५१ सालमा हालको चुरे गाउँपालिका–४ को बाजुरगडा बसाइँ सर्नुभयो। सहजताको खोजीमा सपरिवार बाजुरगडा सर्नुभएका साउदले यस गाँउमा झन जटिलता झेल्नु परेको दुखेसो पोख्नुभयो।
मकवानपुरमा जन्मिएर कलाकारिता क्षेत्रमा योगदान पु¥याएका व्यक्ति र पत्रकारलाई सम्मान गरिएको छ । चलचित्र पत्रकार सङ्घ नेपालको २४ औँ स्थापना एवं चलचित्र पत्रकार दिवसको अवसर शनिबार आयोजित कार्यक्रममा राष्ट्रिय चलचिच पत्रकारिता पुरस्कार २०८० बाट चलचित्र पत्रकार राजन घिमिरे र चलचित्र पत्रकारिता पुरस्कार २०८० मकवानपुरका पत्रकार पोष्टराज अधिकारी (कुमार) लाई सम्मान गरिएको हो । त्यस्तै चलचित्र कलाकर्मी सम्मान २०८० हास्य कलाकार सुलेमान शङ्करलाई प्रदान गरिएको छ ।
भारतीय नाटककार मोहन राकेशद्वारा लिखित ‘आधे अधुरे’ को नेपाली रूपान्तरण हो, नाटक ‘आधा–अपूरो’ । नाटककार राकेश (सन् १९२५–१९७२) प्रसिद्ध हिन्दी नाटककार हुन् । असारको एक दिन, आधे अधुरे, लहरों के राजहंश उहाँका हजारौँ पटक मञ्चन भएका नाटक हुन् । भारतीय रङ्ग जगत्मा उहाँको नाम अग्रपङ्क्तिमा आउँछ ।
कवि विमला तुम्खेवाका कवितामा जीवनको सूक्ष्म अनुभूति विधिवत्भन्दा अनायास प्रकट भएको पाइन्छ । उनका सतचालीस थान कविताहरूको सँगालो ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’भित्रका कविताले जीवन भोगाइका कैयौँ विशिष्ट अनुभूतिहरूलाई आकर्षक शैलीमा सामान्यीकरण गरिदिएका छन् । कविता लेख्नु भनेको जीवनका हरेक टुक्रालाई ऐनामा हेर्न लालायित हुनुजस्तै रहेछ । छर्लङ्ग हेर्ने चाहना र धमिलो मात्र देखिनुबीचको अनुभूति नै तुम्खेवाका कविताको प्रस्तुत र अप्रस्तुत भाव सौन्दर्य हो ।
औद्योगिक ट्रान्स फ्याट भएका खाना स्वास्थ्यका लागि हानिकारक रहेको र ती खानामा ट्रान्स फ्याटको मात्रा निर्धारित हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको औद्योगिक ट्रान्स फ्याटसम्बन्धी कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका हुन् । विभागका महानिर्देशक डा मतिना जोशी वैद्यको अध्यक्षतामा भएको कार्यव्रmममा विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा बालकुमारी शर्माले औद्योगिक ट्रान्स फ्याटसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पु¥याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ भन्नुभयो ।
नयाँ आर्थिक वर्ष २०८०/८१ का निम्ति सरकारको नीति तथा कार्यक्रम शुक्रबार संसद्मा प्रस्तुत भएको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभएको नीति तथा कार्यक्रमले विगतको अर्थराजनीतिमा निर्मम समीक्षा गर्दै मुलुकलाई समृद्धि उन्मुख गराउन मार्गचित्र कोर्ने यत्न गरेको छ । त्यस क्रममा नीति तथा कार्यव्रmमले संविधान र सङ्घीयताको कार्यान्वयनलाई आधार बनाउँदै अर्थतन्त्रको संरचनागत सुधारमा जोड
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्चीले आर्थिक वर्ष २०७८÷७९ को प्रारम्भिक नतिजामा ८९ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गर्दै जिल्ला प्रथम भएको हो ।