काठमाडौँ उपत्यकाभित्र विद्युतीय तार भूमिगत गर्ने काम प्रभावकारी हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच समन्वय हुन नसक्दा सो काम प्रभावकारी हुन नसकेको हो ।
नाइजेरियाले २०२४ मा आर्थिक वृद्धिका लागि ३.७६ प्रतिशत लक्ष्य निर्धारण गरेको छ । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले नाइजेरियाको राजधानी अबुजामा रहेको राष्ट्रियसभाको संयुक्त सत्रमा २०२४ विनियोजन विधेयक पेश गर्दै यस्तो लक्ष्य राखेको बताउनु भयो ।
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेको प्रति सरकार गम्भीर रहेको बताउनुभएको छ ।
मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै हुनुहुन्थ्यो । उहाँले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रङ्ग्याउँदै हुनुहुन्थ्यो ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ मा रहेको देवहरिया वनस्पति उद्यानमा ५०० प्रजातिको वनस्पतिहरु संरक्षण गरिएको छ ।
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले व्यवस्था उल्ट्याउने कुरा सम्भव नभएको बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिँदा काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम बेवारिसे बनेको बताउनु भएको छ ।
म्याग्दीको बेनी नगरपालिकाभित्र अटोरिक्सालाई व्यवस्थितरूपमा सञ्चालन गर्न पहल थालिएको छ । नगरभित्र सर्वसाधारणको सुविधाका लागि नयाँ रुट कायम गरी अटोरिक्सालाई सञ्चालनमा ल्याइएको हो ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार, शिख हुँदै चित्रेसम्मको १८ किलोमिटर पाँच सय ४० मिटर दुरीको ग्रामीण सडक फराकिलो, स्तरोन्नति, ग्राभेल, ढलान र कालोपत्रे भएपछि घार र शिखका स्थानीयहरुले १५ वर्षसम्म भोगेको सास्ती हटेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनका चेयरपर्सन एवम् निवर्तमान अध्यक्ष ब्रायन इ सिहानसहित लायन्स इन्टरनेशनलका पदाधिकारीहरूले भेट गर्नुभएको छ ।
खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका- १ स्थित वराहपोखरीमा रहेको खरले छाएको एक घरमा परम्परागत शैलीमा राखिएको मकैको सुली ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का ५५ वर्षीय कृष्णदत्त पन्त तीन वर्षअघि बेरोजगार हुनुहुन्थ्यो । उहाँ फुर्सदिलो समयमा पशुचौपाया चराएर दिन बिताउनुहुन्थ्यो ।
इजरायल र हमासबीचको अस्थायी युद्धविरामको क्रममा केही गाजाका बासिन्दाहरू आफ्नो घर फर्केका छन् । तर उनीहरुले भग्नावशेष मात्र भेटिएका छन् ।
बाँकेको नरैनापुर गाउँपालिकाले जेष्ठ तथा अशक्त नागरिकलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।
भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ ।