जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आज (शुक्रबार) देखि सुरु गरेको छ ।
मङ्सिर महिना सुरु हुने बित्तिकै बाजुराको जताततै गाउँगाउँमा गुञ्जिने दमाहा बाजा लोप हुँदै आएको छ । पहिला एक गाउँबाट अर्को गाउँमा जाने जन्तीलाई सज्जाएर बाटो सेताम्य हुने गरी जामा लगाएर बजाउँने दमाहा बाजालाई पछिल्लो पुस्ताले खासै चासो नदेखाएपछि लोप हुँदै गएको हो ।
उच्च अदालत पाटनले एनसेलमा रहेको सेयर बेच्ने आजियाटा ग्रुपको निर्णयविरुद्ध परेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय कोटातुल्सीपुरमा कार्यरत बालविकासका कर्मचारी निरञ्जना मल्लविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ ।
अस्ट्रेलियाले अमेरिकी स्मिथसोनियन राष्ट्रिय प्राकृतिक इतिहास सङ्ग्रहालयबाट स्वदेशी अवशेषहरू फिर्ता ल्याउने कामलाई स्वागत गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कमजोर हुँदा प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेकाले सचेत हुन सबैमा आग्रह गर्नुभएको छ ।
लुम्बिनी बौद्ध विश्व विद्यालय १९ औँ वर्षमा प्रवेश गरेको छ। स्थापनाको १९ औँ वर्ष प्रवेशका अवसरमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बौद्ध शिक्षाको महत्त्व नेपालमा मात्रै नभएर विश्वभर भएको बताउनुभएको छ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जनजीवन नराम्ररी प्रभावित भयो । रुकुमपश्चिमसमेत उत्तिकै समस्यामा पर्यो । काठमाडौंमा आममानिस नउठ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभयो । राहत उद्धार तथा उपचारको काम प्रभावकारीरुपमा भूकम्प आएको २४ घण्टामा नै सम्पन्न भयो ।
वार्ताकारहरूले शुक्रबार जलवायु कार्यमा संयुक्त राष्ट्रसङ्घीय सम्झौताको पहिलो मस्यौदा जारी गरेका छन् । मस्यौदामा जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न आह्वान गरिएको छ । यसबाट तेल समृद्ध मुलुक संयुक्त अरब इमिरेट्स (युएई) मा कोप२८ वार्तामा एउटा ठुलो सङ्घर्ष सुरु भएको छ ।
नवलपुरमा एक सय २० जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । सन् २०३० सम्म एचआइभीको सङ्क्रमणलाई अन्त्य गर्ने सरकारको नीति भएपनि जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या भने बढ्दै गएको छ ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१२ का कृषकहरू अहिले समूह नै बनाएर व्यावसायिक घाँस खेती गर्न थालेपछि उनीहरूको जीवनस्तर उकासिन थालेको छ ।
औषधि व्यवस्था विभागले प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्री गर्न आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्री गर्न सरोकारवालालाई आग्रह गरेको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइ राख्नु आजको आवश्यकता भएको बताउनुभएको छ । पार्टीको महाकाली—मेची अभियानका क्रममा डडेलधुराको अमरगढीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
इजरायली सेनाले गाजामा आफूले पुनः हमला सुरु गरेको शुक्रबार बताएको छ । इजरायल र हमासबिच युद्धविराम समाप्त भएको र त्यसलाई बढाउनका लागि कुनै सम्झौता नभएपछि गाजा सहरमा हवाई हमला र तोप प्रहार गरिएको सूचना प्राप्त भएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–१० का एक स्थानीय पालेको बङ्गुरमा रेबिज पुष्टि भएको हो ।