हालसम्म विद्युत् सेवा नपुगेको उत्तरी नाम्खा गाउँपालिका–५ को यारीमा सोलार मिनी ग्रिडबाट विद्युत् उत्पादन सुरु भएको छ । मिनी ग्रिड स्थापना भएको स्थानमा सोलार प्यानल जडानपछि विद्युत् उत्पादन भएको हो । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरणका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले सो मिनी ग्रिडबाट ५० किलोवाट विद्युत् उत्पादन भएको बताउनुभयो । उहाँले विद्युत् उत्पादन भएर १७ भन्दा बढी घरधुरीलाई विद्युत् वितरण गरिएको र बाँकीलाई वितरण जारी राखिएको जनाउनुभयो । यसका लागि
हेटौँडा उपमहानगरपालिका क्षेत्रको खेतीयोग्य जग्गाको बढ्दो खण्डीकरणलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले कित्ता काटमा रोक लगाएको छ । रोक्का रहेको जग्गाको कित्ताकाटलगायत कार्यलाई कायमै राख्ने सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले निर्णय गरेको हो ।
सप्तरीमा खाँडो नदीको बाढीले विभिन्न स्थानमा तटबन्ध कटान गर्दा जोखिम बढ्न थालेको छ । सात वर्षअघि सुरु भएको सप्तरीको खाँडो नदी नियन्त्रणको काम अहिलेसम्म पनि पूरा हुन सकेको छैन । नदीमा निर्माण गरिएको तटबन्ध पनि कटान हुन थालेको छ भने तटबन्ध निर्माण अधुरो रहेको अधिकांश ठाउँमा सामान्य वर्षामै कटान हुन थालेको छ ।
काठमाडौं महानगरको राजस्व ऐन २०७५ का केही प्रावधान सशोधन भएको छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मंगलबार बसेको कार्यपालिकाको पाँचौं बैठकले निजी घर हुने र अपार्टमेन्टमा बस्नेको घरजग्गा तथा सम्पत्ति करमा समानता ल्याउने व्यवस्थासहित चार बुँदे संशोधन गरिएको हो ।
चिरपरिचित प्रतिद्वन्द्वी टाइम्सको चुनौतिलाई पन्छ्याउँदै रोयलले यू–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा रोयलले टाइम्सलाई ६६–५७ अंकले हरायो ।
नेपालगञ्ज बजारक्षेत्रलगायत आसपास कतिवटा ई–रिक्सा सञ्चालनमा छन्, स्पष्ट तथ्याङ्क कुनै पनि निकायसँग छैन । सो क्षेत्रमा करिब १५ हजारको हाराहारीमा ई–रिक्सा सञ्चालनमा रहेको अनुमान गरिए पनि स्पष्ट तथ्याङ्क नहुँदा व्यवस्थापनमा समस्या देखिएको छ ।
कर्णाली प्रदेशका कारागारको भौतिक अवस्था कमजोर रहेको पाइएको छ । प्रदेश राजधानीसमेत रहेको सुर्खेत, दैलेख, रुकुम, सल्यान र जाजरकोट जिल्लाका अधिकांश जीर्ण र साँघुरा भवनमा कैदीबन्दीलाई सास्ती भएको अनुगमनका क्रममा पाइएको छ । कारागारहरूको भौतिक अवस्था कमजोर हुँदा कैदीबन्दीलाई सकस भएको हो ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मतका आधारमा स्थानीय तह निर्वाचनबाट एमाले नै ३४ प्रतिशत मत ल्याएर सबैभन्दा ठूलो पार्टी बनेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय तह निर्वाचनमा चुनावी सत्तारूढ दलको गठबन्धनबाट नेपाली कांग्रेसले मात्रै फाइदा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसले ३३ प्रतिशत मत पायो, अघिल्लो चुनावमा १७ प्रतिशत मत पाएको माओवादीले १३ प्रतिशत मात्रै पायो, नेकपा (एकीकृत समाजवादी)ले चार प्रतिशत मत पाएको छ ।
मानविकी तथा सामाजिकशास्त्र सङ्कायको डिन कार्यालयमा विद्यार्थीले लगाएको तालाका कारण त्रिभुवन विश्वविद्यालयले यसअघि निर्धारण गरेको ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बीसीए)को परीक्षा तीन दिन पछि सरेको छ । उक्त कार्यालयमा अनेरास्ववियु (क्रान्तिकारी) ले गत जेठ १९ गते ताला लगाएको थियो ।
सानिमा बैङ्कका ग्राहकहरूले अन्नपूर्ण केबलकारको टिकट किन्दा छुट पाउने भएका छन् । छुटसम्बन्धी सानिमा बैङ्क र अन्नपूर्ण केबलकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।समझदारीअन्तरर्गत बैङ्कका ग्राहकहरूले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैङ्कको मोबाइल बैङ्किङबाट रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको बैङ्कले जनाएको छ ।
रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ श-याको अस्पताल निर्माणको काम अहिले बन्द छ । यो अस्पतालको आगामी मङ्सिर ३० गते निर्माण सम्पन्न गर्ने म्यादसहित गत वर्ष भदौ १० गते शिलान्यास गरिएको थियो । तर, शिलान्यास भएको १० महिना कटिसक्दा पनि अस्पताल निर्माणको २० प्रतिशत पनि काम सम्पन्न भएको छैन । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (भवन) रामेछापमार्फत नौ करोड, ३२ लाख, ५० हजार ९८६ रुपियाँको लागतमा निर्माण गर्ने गरी गत वर्ष जेठ ३० गते गाल्वा-लालशुभ मेन्द्रो जेभी काठमाडौँसँग निर्माण सम्झौता भएको थियो ।
व्यास नगरपालिका–११, सेरास्थित वसन्त आधारभूत विद्यालयमा अध्ययनरत चार वर्षीया छात्रा युविना थापा खोलामा बगेर घाइते भइन् । विद्यालय नजिकैैको बुल्दी खोलाले असार २ गते बगाएपछि सख्त घाइते युविनाको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन १. विपत् व्यवस्थापन चक्रमा के के पर्दछन् ? उल्लेख गर्नुहोस् । साथै नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न के गर्नुपर्ला ? सुझाव प्रस्तुत गर्नुहोस् । कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जनधनको क्षति हुनु, मानव जीवनयापन तथा वातावरणमा प्रतिकूल असर पर्नु विपत् हो । यो प्राकृतिक र गैरप्राकृतिक दुवै हुने गर्दछ । यस्ता विपत्को पहिचान गरी जोखिम न्यूनीकरण गर्ने, विपत्को घटना घट्नासाथ तत्कालै खोजी गर्ने, उद्धार गर्ने, राहत दिने, पुनर्निर्माण एवं पुनस्र्थापनाको कार्य गर्नेलगायतका सबै कार्य विपत् व्यवस्थापन हो । विपत् व्यवस्थापन चक्रमा पनि यिनै विषय पर्दछन्, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः क. विपत् जोखिम न्यूनीकरण
१. नेपालमा राष्ट्रिय धान दिवस कहिले मनाउने गरिन्छ ? असार १५ धानको बहुआयामिक महìवलाई थप उजागर गरी यसको उत्पादन तथा उत्पादकत्व वृद्धि एवं व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यसाथ आ.व. २०६१÷६२ मा अन्तर्राष्ट्रिय धान वर्ष मनाउने सन्दर्भमा असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने घोषणा भई तत्पश्चात् राष्ट्रिय धान दिवस मनाउन थालिएको । – नेपाल सरकारले कृषि जैविक विविधताको संरक्षण, संवद्र्धन र उपयोग
केही समय यतादेखि कोरोना (कोभिड १९) सङ्क्रमणमा क्रमिक रूपमा बढ्दै गएको पाइएको छ । यो स्थिति नेपाललगायत छिमेकी मुलुक भारतमा समेत वृद्धि हुँदै गएको पछिल्ला आँकडाहरूले पुष्टि गरिरहेका छन् । विश्वका अन्य क्षेत्रमा पनि कोरोनाको सङ्क्रमण वृद्धिका समाचार दिनहुँजसो सुनिनमा आएका छन् । यसबाहेक कोरोनाको नयाँ सब भेरियन्टको विकास भइसकेको सम्बन्धमा विभिन्न समाचार प्रकाशमा आए पनि सरकारले मुलुकमा यस किसिमको सब भेरियन्ट नपाइएको सार्वजनिक गरेको छ । कोरोना फेरि फैलन सक्ने भय यथावत भइरहँदा त्यसप्रति सजग हुने पर्ने आवश्यकता भने देखिएकै छ ।