• १० मंसिर २०८१, सोमबार

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

blog

१. नेपालमा राष्ट्रिय धान दिवस कहिले मनाउने गरिन्छ ?

असार १५ 

धानको बहुआयामिक महìवलाई थप उजागर गरी यसको उत्पादन तथा उत्पादकत्व वृद्धि एवं व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यसाथ आ.व. २०६१÷६२ मा अन्तर्राष्ट्रिय धान वर्ष मनाउने सन्दर्भमा असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने घोषणा भई तत्पश्चात् राष्ट्रिय धान दिवस मनाउन थालिएको ।

नेपाल सरकारले कृषि जैविक विविधताको संरक्षण, संवद्र्धन र उपयोगलाई प्रवद्र्धन गर्न यस वर्षलाई ‘कृषि जैविक विविधता वर्ष’ मनाउने घोषणासमेत गरेको ।

असार १५ गतेको दिनलाई मानो रोपेर मुरी फलाउने पर्वका रूपमा समेत लिने गरिन्छ । सरकाद्वारा कृषि जैविक विविधता वर्षको समेत सन्दर्भ पारेर ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ ‘१९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको ।

२. सात औद्योगिक राष्ट्रको समूह जी–७ को सम्मेलन सन् २०२२ मा कहाँ आयोजना गरियो ?

जर्मनी

सात औद्योगिक राष्ट्रको समूह जी–७ को सम्मेलन सन् २०२२ जुनमा जर्मनीमा सम्पन्न भएको ।

सम्मेलनमा जी–७ का नेताहरूले विकासशील देशहरूमा पूर्वाधार विकासमा पाँच वर्षमा खर्च गर्ने गरी छ खर्ब डलरको कोष खडा गरेका । 

विश्वव्यापी अर्थतन्त्रलाई नयाँ आकार दिने लक्ष्यसहित बसेको जी–७ का नेतृत्वको सम्मेलनले विश्वव्यापी पूर्वाधार लगानीमा साझेदारीको नारासहित लगानी प्रस्ताव चीनको बीआरआई परियोजनाको विकल्पका रूपमा ल्याइएको जनाइएको ।

जी–सातमा संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, क्यानडा, इटाली, जापान र बेलायत सदस्य रहेका ।

(स्मरण रहोस् : चीनले सयभन्दा बढी देशमा लगानी गर्ने गरी सन् २०१३ देखि बीआरआई योजना कार्यान्वयनमा ल्याएको ।)

३. बूढीगण्डकी जलासययुक्त विद्युत् आयोजना कम्पनी मोडेलमार्फत निर्माण गर्ने निर्णय कहिले भएको हो ?

वि.सं. २०७९ असार १४

२०७९ असार १४ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशययुक्त आयोजनालाई कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेको ।

यसअघि सो आयोजना चीनको गेजुवा कम्पनीलाई दिइएकोमा उक्त कम्पनीले काम नगरेपछि फिर्ता गरिएको थियो ।

हालसम्म आयोजना प्रभावितका लागि मात्रै ४० अर्ब रुपियाँ बराबरको मुआब्जा वितरण गरिसकिएको छ ।

अब भने अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र स्थानीयवासीको लगानीको कम्पनी स्थापना भई त्यसैमार्फत आयोजना अगाडि बढाइनेछ ।

कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपियाँ, अधिकृत पुँजी ६० अर्ब रुपियाँ तथा तत्काल जारी पुँजी २० अर्ब रुपियाँ बराबर हुनेछ ।

कम्पनीको सञ्चालक समिति सात सदस्यीय हुनेछ; जसमा सरकारको तर्फबाट तीन जना, ऊर्जा मन्त्रालय र अर्थ मन्त्रालयका एक÷एक जना राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक र स्वतन्त्र सञ्चालक रहने व्यवस्था गरिएको छ ।

 – संस्थापक सञ्चालकबाहेक अन्य सञ्चालकको कार्यकाल पाँच वर्षको हुनेछ ।

सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्वेलले सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको थियो ।

आयोजनाका लागि भनेर नै पूर्वाधार कर लगाएर नेपाल आयल निगममार्फत ७० अर्ब रुपियाँभन्दा बढी सङ्कलन गरिएको थियो ।

४. राष्ट्रिय एकता अभियान पार्टीको स्थापना कहिले भएको हो ?

वि.सं. २०७९ असार १४

नेकपा पार्टी विभाजन भएसँगै तटस्थ भूमिकामा रहेका ७३ वर्षीय वामदेव गौतमले २०७९ असार १४ गते आफ्नो संयोजकत्वमा राष्ट्रिय एकता अभियान पार्टी घोषणा गरेका ।

यसअघि अभियानका रूपमा रहेको राष्ट्रिय एकता अभियानलाई नै पार्टीमा रूपान्तरण गरिएको घोषणा गरेको बताइएको ।

आफ्नो पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहने र पार्टी बहुपदीय प्रणालीमा जाने बताएका ।

नयाँ पार्टीमा एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी वहन गर्ने गरी सात उपाध्यक्ष, सङ्गठनात्मक कामको मुख्य जिम्मवारी पूरा गर्ने गरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिएको ।

५. वि.सं. २०७९ मा प्रदान गरिने अदिकवि भानुभक्त पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?

चित्तरञ्जन नेपाली (अदिकवि भानुभक्त पुरस्कार २०५२ सालदेखि प्रदान गरिँदै आएको ।)  

६. नेपालमा कुपोषणलाई सन् २०२५ सम्म कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ?

२४ प्रतिशत (सन् २०३० सम्म १४ प्रतिशतमा झार्ने लक्ष्य लिइएको ।) 

७. नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ‘प्रत्यक्ष पहँुच एकाइ’का रूपमा मान्यता दिने संस्था कुन हो ?

हरित जलवायु कोष (जीसीएफ)

८. कुन स्थानीय तहमा कृषि ज्ञान केन्द्र स्थापना गरिने भएको छ ?

फक्ताङलुङ गाउँपालिका (ताप्लेजुङ)

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि ज्ञान केन्द्र स्थापना गर्ने भएको । 

प्राङ्गारिक तथा जैविक मल उत्पादनसँगै कृषिलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित कृषि ज्ञान केन्द्र स्थापना गर्ने गरी गाउँपालिकाले ‘अलमोस्ट हेवन फाम्र्स’सँग सम्झौता गरेको । 

परियोजनाको अवधि २०७९ भदौदेखि २०८२ साउनसम्म कायम रहने गरी गाउँपालिका र फाम्र्सबीच सम्झौता भएको । 

 ९. नेपालको पहिलो खोप सुनिश्चित प्रदेश कुन हो ? 

 गण्डकी प्रदेश 

– (यो प्रदेश २०७५ भदौ १३ मा खोप सुनिश्चित प्रदेश घोषित भएको हो ।) 

१०. अर्थमन्त्री जनार्दन शर्माद्वारा २०७९ जेठ १५ मा प्रस्तुत आ.व. २०७९/८० को बजेटको राशि कति रहेको छ ?

रु. १७ खर्ब ९३ अर्ब ८३ करोड 

आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रको निर्माणमार्फत समृद्धि हासिल गर्ने लक्ष्यसहित सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सो बजेट प्रस्तुत गरिएको । 

यो बजेट आ.व. २०७८÷७९ को बजेटको तुलनामा एक खर्ब ४६ अर्ब २६ करोड रुपियाँले बढी रहेको । आ.व. २०७८÷७९ मा सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट सार्वजनिक गरेको थियो ।

आ.व. २०७९÷८० मा कुल बजेटमध्ये चालूतर्फ सात खर्ब ५३ अर्ब ४० करोड रुपियाँ (४२ प्रतिशत) विनियोजन गरिएको । 

पुँजीगततर्फ कुल विनियोजनको तीन खर्ब ८० अर्ब ३८ करोड (२१.२ प्रतिशत) बजेट छुट्याइएको । 

वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड (१२.८ प्रतिशत विनियोजन गरिएको । 

बजेटले सङ्घीयताको मर्मअनुरूप प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको ठोस कार्यान्वयनको पहल लिएको यसका लागि प्रदेश र स्थानीय तहमा गरेर कुल बजेटको २४ प्रतिशत अर्थात् चार खर्ब २९ अर्ब ८३ करोड रुपियाँ विनियोजन गरिएको । यसमध्ये वित्तीय समानकीरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई एक खर्ब २३ करोड रुपियाँ हस्तान्तरण गरिने ।

त्यस्तै ससर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई एब खर्ब ८३ अर्ब ७२ करोड रुपियाँ बजेट विनियोजन गरिएको ।

समपूरक अनुदानतर्फ प्रदेशलाई छ अर्ब ३० करोड तथा स्थानीय तहलाई सात अर्ब २७ करोड र विशेष अनुदानतर्फ प्रदेशलाई चार अर्ब ५६ करोड तथा स्थानीय तहलाई नौ अर्ब १४ करोड रुपियाँ बजेट विनियोजन गरिएको ।

राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा गरी एक खर्ब ६३ अर्ब तीन करोड रुपियाँ बजेट हस्तान्तरण हुने अनुमान रहेको ।

विनियोजित बजेटका लागि सरकारले १२ खर्ब ४० अर्ब ११ करोड रुपियाँ राजस्वमार्फत खर्च बेहोर्ने अनुमान गरेको ।

यसबाहेक नपुग बजेटका लागि आन्तरिक ऋणमार्फत दुई खर्ब ५६ अर्ब र वैदेशिक ऋणबाट दुई खर्ब ४२ अर्ब रुपियाँबाट पूर्ति गरिने । त्यस्तै ५५ अर्ब ४६ करोड रुपियाँ वैदेशिक अनुदानस्वरूप प्राप्त हुने सरकारी अनुमान रहेको ।

नेपाली उत्पादनको प्रवद्र्धन र कृषि उत्पादकत्व बढाउँदै आधारभूत कृषि उत्पादनको आयात कम्तीमा ३० प्रतिशतले घटाउने सरकारी लक्ष्य रहेको । 

बढ्दो व्यापार घाटा कम गर्दै आगामी पाँच वर्षभित्र व्यापार सन्तुलनमा ल्याउने पनि बजेटमार्फत सार्वजनिक गरिएको । 

आगामी आ.व.मा ८ प्रतिशतको आर्थिक वृद्धि हुने सरकारको अनुमान रहेको ।

मुद्रास्फीति ७ प्रतिशतमा सीमित राखिने ।

ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्षबाट दुई वर्ष घटाई ६८ वर्ष कायम गरिएको ।

आयकरको यसअघिको सीमामा बढाइएको; जसअनुसार व्यक्तिगत तर्फ पाँच लाख (यसअघि चार लाख) रुपियाँसम्म आयकर नलाग्ने । त्यस्तै दम्पतीको हकमा छ लाख (यसअघि चार लाख ५० हजार) रुपियाँसम्मको वार्षिक आम्दानीमा आयकर नलाग्ने भएको । 

बजेटले कोभिड प्रभावित व्यवसायीलाई आ.व. २०७८/७९ को आयमा ३० लाख रुपियाँसम्मको कारोबारमा ७५ प्रतिशत र ३० लाख देखि एक करोड रुपियाँसम्मको कारोबारमा ५० प्रतिशत आयकर छुटको व्यवस्था गरेको ।

पर्यटन र चलचित्रसँग सम्बन्धित व्यवसायका लागि चालू आवको व्यावसायिक करयोग्य आयमा ५० प्रतिशत छुटको व्यवस्था बजेटले गरेको ।

कृषि औजार कारखाना नेपालमै खोल्न प्रोत्साहन गर्ने उद्देश्यसहित उद्योग स्थापना भएमा कारोबार भएको मितिले पाँच वर्षसम्म आयकर पूर्ण रूपमा छुट हुने ।

साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले बढाइएको ।

११. नेपालमा पहिलो पटक फरक फरक रक्त समूह भएका व्यक्तिबीच मिर्गाैला प्रत्यारोपण कहिले भएको हो ?

वि.सं. २०७३ चैत २१ (त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज)

१२. नेपालमा पहिलो पटक डीएनए परीक्षण गरिएको वनस्पति कुन हो ?

चिराइतो

१३. कुन ठाउँलाई कछुवा संरक्षण क्षेत्र घोषणा गरिएको छ ?

सुखानी सीमसार क्षेत्र (झापा)


१४. यस वर्ष (२०७९ मा) प्रदान गरिने गोपाल पाँडे असीम पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?

रामप्रसाद पन्त (यो पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको ।)


१५. गीत–सङ्गीत क्षेत्रका व्यक्तित्वलाई प्रदान गरिने छिन्नलता गीत पुरस्कार–२०७८ कसलाई प्रदान गर्ने निर्णय भएको छ ?

छिन्नलता गीत पुरस्कार : वसन्त चौधरी, सङ्गीत रचनातर्फ ः आनन्द राई, गायनतर्फ ः पवित्रा सुब्बा र लोकप्रिय युवा प्रतिभातर्फ :गायिका एलिना चौहान 

छिन्नलता पुरस्कार : २०७७

गीत रचनातर्फ : आनन्द अधिकारी

सङ्गीत रचनातर्फ :शान्तिराम राई

गायनतर्फ : शम्भु राई

लोकप्रिय युवा प्रतिभा पुरस्कार :मिलन नेवार 

छिन्नलता पुरस्कार : २०७६

गीत रचनातर्फ : जसयोञ्जन प्यासी

सङ्गीत रचनातर्फ : हरि लम्साल

लोकप्रिय युवा प्रतिभा पुरस्कार : गायिका अस्मिता अधिकारी 

कोरोना कहरका कारण कार्यक्रम गर्ने अवस्था नभएकाले यो वर्ष एक साथ तीन वर्षका लागि पुरस्कार प्रदान गर्ने निर्णय गरिएको ।

प्रस्तुतकर्ता : टंक के.सी.