पञ्चपुरी नगरपालिका–२ का युवराज कँडेल दृष्टिविहीन हुनुहुन्छ । प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएका कँडेल अपाङ्गता भएकै कारण रोजगारीको अवसरबाट वञ्चित हुनु परेको छ । सरकारी सेवामा आरक्षणको व्यवस्थाबाहेक अन्य क्षेत्रबाट प्रदान हुने रोजगारीको अवसर लिन निकै समस्या हुने गरेको तितो अनुभव कँडेलको छ । उहाँले विभिन्न क्षेत्रमा रोजगारीका लागि पहल गरे पनि अपाङ्गता भएकै कारण वञ्चित हुनुपर्ने गरेको जानकारी दिनुभयो । कँडेलले भन्नुभयो, “क्षमता हुँदाहुँदै पनि अवसरबाट वञ्चित हुनु परिरहेको छ । काम गर्ने क्षमता भए पनि ओझेलमा पर्न‘ परिरहेको छ ।”
पालिकाले दिवा खाजाको व्यवस्था गरेपछि विद्यालय छाड्ने दर घटेको छ । रम्भा गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेसँगै विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीका लागि खाजाको व्यवस्था गरिएको हो । सङ्घीय सरकारले बालकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दैनिक १५ रुपियाँ अनुदान दिएको छ । रम्भा गाउँपालिकाले ६ देखि ९ कक्षासम्मका विद्यार्थीका लागि दैनिक २० रुपियाँको खाजा खुवाउने गरेको रकमादेवी आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक विष्णुप्रसाद बस्यालले बताउनुभयो । गाउँपालिकाले माथिल्लो कक्षाका विद्यार्थीलाई समेत दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थी खुसी हुँदै नियमित विद्यालयमा आउने गरेको बस्यालले बताउनुभयो । दिवा खाजाले माथिल्लो कक्षामा विद्यालय छाड्ने दर कम हुँदै गएको उहाँले बताउनुभयो ।
नेपाली सेनाका सेनापति महारथी प्रभुराम शर्माले राष्ट्रिय विकासमा टेवा पुर्याउन सक्ने दक्ष जनशक्ति आजको आवश्यकता भएको बताउनुभएको छ । सैनिक आवासीय महाविद्यालय फूलबारी पोखराको १९ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
नेपालमा राजतन्त्रको लामो इतिहास छ । विभिन्न कालखण्डमा अनेकौँ राजाले शासन गरे । त्यतिबेला ससाना जनपदीय राजाहरूले शासन गरेका इतिहास छ । मध्यकालमा आएर पश्चिमका बाइसी–चौबिसी, पूर्वमा पाल्पा, मकवानपुर, विजयपुर, भक्तपुर, ललितपुर, कान्तिपुर राज्यहरूका साथै तिरहुतका शक्तिशाली राज्य सिमरौनगढ थिए । गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले ती सबै राज्यलाई अठारौँ शताब्दीमा जिती विशाल नेपाल अधिराज्य स्थापना गरे । त्यसपश्चात् शाहवंशीय राजाहरूको एकछत्र राज्य सुुरु भयो ।
कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको एक बिघा छ कट्ठा ऐलानी जग्गा करिब ६० वर्षदेखि भोगचलन गर्दै आएको छ । जग्गा भएर पनि सुकुम्वासीको जस्तो जीवन बिताउन बाध्य हुनुभएका निसाद यतिबेला भने खुसी हुनुहुन्छ ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइन्छ । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको विभिन्न अभियान सुरु भएको हो भने नेपालमा पनि विसं २०७५ देखि निरन्तर रूपमा मनाउँदै आइएको छ । लैङ्गिकताको आधारमा हुने हिंसाको न्यूनीकरण गर्न र हिंसा मानव विरोधी कार्य हो भन्ने जनचेतना जागृत गर्नु यो अभियानको उद्देश्य हो । महिला या पुरुष दुवैलाई हिंसा स्वीका
नेपालको प्रजातान्त्रिक इतिहास र प्राज्ञिक जगत्ले समेत सम्मानका साथ सम्झिनुपर्ने नाम हो – यज्ञ अधिकारी । नेपालको लोकतान्त्रिक आन्दोलन र रूपान्तरणमा अधिकारीले पु¥याएको योगदान स्मरणीय छ । उनी जननेता बिपीका सच्चा अनुयायी तथा उनीद्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवादका व्याख्याता, प्रशिक्षक एवं बौद्धिक चिन्तक हुन् । उनी विश्व राजनीतिलाई बुझेका राजनीतिशास्त्रका गुरु पनि हुन् । प्रजातान्त्रिक समाजवाद स्थापनाको लक्ष्य लिएको प्रजातान्त्रि
नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्ष बितेको छ । दोस्रो संविधान सभाबाट २०७२ असोज ३ मा जारी संविधानले गणतन्त्र संस्थागत गर्दै लगिरहेको छ । सङ्घीयता कार्यान्वयनको चरणमा छ । सङ्घीयताको प्रारूप अनुसार तीन तहका निर्वाचनमार्फत तीनै तहका सरकार सञ्चालनमा छन् । सङ्घीयता स्थापना भएको यो दशक सबै तहमा कानुन निर्माण चलिरहेको छ । २०७४ वा पहिलो निर्वाचनअघि नै बन्नुपर्ने कतिपय कानुन अझै बनिसकेका छैनन् भने अन्य महìवपूर्ण कानुन निर्माणमा क्रमशः ढिलाइ भइरहेको छ । सङ्घीयता कार्यान्वयनका लागि अति आवश्यक कतिपय कानुन निर्माणमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण मान्नु पर्छ ।
सिरहाको लहानमा घरेलु हिंसाबाट प्रभावित भएका चारजना महिला मिलेर ‘जागरूक दालमोठ भुजिया उद्योग’ सञ्चालन गरी आत्मनिर्भरतातर्फ अग्रसर भएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी शनिबारदखि ‘विश्व माटो दिवस २०२३’ मनाउने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले यस पटक मङ्सिर १६ गतेदेखि १९ गतेसम्म विभिन्न कार्यक्रम मनाउने बताउनुभयो । माटोको गुणस्तरका बारेमा प्रचारप्रसार, मोटोको परीक्षणका बारेमा जानकारी गराउनेलगायतका विषयमा कार्यक्रम गरी मनाउने उहाँले बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिँदा काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली (तार) भूमिगत बनाउने काम बेवारिसे बनेको बताउनुभएको छ । ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा जडान गरिएका स्मार्ट सडक बत्ती उद्घाटन गर्न बिहीबार ललितपुरमा गरिएको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले तार भूमिगत गर्ने कार्यमा संलग्न निर्माण व्यवसायीहरू निर्माणस्थल छोडी हिँडिसकेको बताउनुुभएको हो । सरकारी निकायबिचको समन्वय अभावमा ठुलो र महत्वपूर्ण आयोजना बेवारिस अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ छ ।
जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम शुक्रबार एकै दिन झण्डै चौबिस करोड निकासा गरिएको छ ।
अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा बनेको नेपाली चलचित्र ‘पानीफोटो’ ओटिटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा रिलिज भएको छ । गत वर्ष प्रदर्शन भएको चलचित्रमा कथा लेखन खगेन्द्र स्वयंको रहेको छ । खगेन्द्रसँगै चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मालगायतको अभिनय रहेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँतिहारमा उपत्यकावासीका लागि ल्याइएका च्याङ्ग्रा नबिकेपछि लिलामीको सूचना सार्वजनिक गरेको छ। खाद्य कम्पनीले दसैँतिहारमा बिक्रीका लागि ल्याइएका च्याङ्ग्रा नबिकेपछि शुक्रबार लिलामी बिक्री खुला गरेको हो। उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्न भनेर सरकारी स्वामित्वको खाद्य कम्पनीले दुई हजार खसीबोका र च्याङ्ग्रा किनेको थियो। खसीबोका बिक्री भए पनि च्याङ्ग्रा नबिकेपछि एकमुष्ट लिलामीको सूचना सार्वजनिक गरेको छ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा