• १२ साउन २०८१, शनिबार

‘राष्ट्रको सुरक्षा सेनाको प्रमुख जिम्मेवारी’

blog

पोखरा समाचारदाता             

पोखरा, मङ्सिर १६ गते । नेपाली सेनाका सेनापति महारथी प्रभुराम शर्माले राष्ट्रिय विकासमा टेवा पुर्‍याउन सक्ने दक्ष जनशक्ति आजको आवश्यकता भएको बताउनुभएको छ । सैनिक आवासीय महाविद्यालय फूलबारी पोखराको १९ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । 

प्रधान सेनापति शर्माले कार्यक्रममा उपस्थित विद्यार्थी, अभिभावक तथा विशिष्ट पाहुनालाई सम्बोधन गर्दै भन्नुभयो, “राष्ट्र र राष्ट्रियताप्रति समर्पित सेवाभाव भएका सक्षम नागरिक शिक्षाका माध्यमबाट तयार पार्न सकिने हुँदा नेपाल आमाका सुन्दर सन्तान अर्थात् देशका कर्णधारलाई युगानुकूल शिक्षा दिनुपर्छ । यसका लागि विद्यार्थीलाई खोज तथा अनुसन्धानमूलक शिक्षातर्फ पे्ररित गर्नु पर्छ ।” उहाँले कुशल शिक्षक र सक्षम नेतृत्वबिना शिक्षाको उद्देश्य पूरा नहुने पनि बताउनुभयो । 

नेपाली सेनाको प्रमुख जिम्मेवारी राष्ट्रको सुरक्षा गर्नु हो भन्दै सेनापति शर्माले साथमा राष्ट्रिय विकासमा टेवा पुर्‍याउनका लागि नेपाली सेनाको कल्याणकारी योजनाले शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा लगानी गरी सकल दर्जा, हिताधिकारी तथा आमनागरिकको सेवा गर्दै आएको पनि उल्लेख गर्नुभयो । नेपाली सेनाले देशको शिक्षा क्षेत्रमा योगदान दिने हेतुले कल्याणकारी योजनाका माध्यमबाट देशका विभिन्न ठाउँमा महाविद्यालय स्थापना गरेको उहाँले बताउनुभयो । सोही सन्दर्भमा सेनापति शर्माले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई प्रधान सेनापति प्रशंसा निसानले सुशोभन गर्नुभएको थियो ।