दोलखाको गौरीशङ्कर गाउँपालिकाका विभिन्न स्थानमा गरिएको निःशुल्क मोतीबिन्दु छनोट शिविरबाट झण्डै डेढ सय मोतियाविन्दुका रोगी भेटिएका छन् ।
गुल्मीको एक सामुदायिक विद्यालयमा प्लस टु कक्षा सञ्चालनका लागि चन्दा सङ्कलन अभियान थालिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–२, पीपलधारास्थित गणेश माध्यमिक विद्यालयले प्लस टु अर्थात् कक्षा ११ र १२ सञ्चालनका लागि चन्दा सङ्कलन अभियान सुरु गरेको हो ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार पोलियो उन्मूलन टोलीमाथि भएको आक्रमणमा एकजना प्रहरी सहित एकजना आतङ्ककारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
सिकलसेल एनिमिया वंशाणुगत रोग हो । नेपालमा विशेष गरी थारु समुदायमा यो रोग देखिएको छ । गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ । यसै कारणले सिकलसेल पीडितलाई सधैँ सताउने गरेको पीडितको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको हिमालय : जसले हामीलाई जलवायु प्रकोपबाट बचाउँछ विषयक उच्च स्तरीय गोलमेच बैठकमा सम्बोधन गर्नुभएको छ ।
भुरुङ चौकी माविले पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । बिरुवा गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा भुरुङ चौकीले ११ स्वर्ण, छ रजत र चार कांस्य पदका साथ रनिङ शिल्ड र ३० हजार जितेको हो ।
वनभोज हिँडेको बस धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलवोटेमा दुर्घटना भएको छ । इलामबाट विद्यार्थी लिएर वनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदैगरेको मे १ ख ३३८० नम्बरको बस दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीहरूको भुक्तानी गर्ने बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नेपालगन्ज उपमहानगरपालिकालाई २०८३ सालको असार मसान्तसम्म बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता उपमहानगरपालिकाले गरेको छ ।
जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न शनिबार पर्यटकको भिड लागेको छ ।
झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रूपमा परिचित उक्त धामले ४१ औँ वार्षिक अनुष्ठानको आयोजना गरी चार लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो ।
जलवायु परिवर्तनको ठुलो असर भोगिरहेका देशहरूलाई सहयोग गर्न जलवायु क्षति कोष स्थापना भएको छ ।
नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई गर्ने भएको छ ।