दार्चुलामा पछिल्लो समय स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । जिल्ला अस्पताल दार्चुलामा मात्रै एक वर्षको अवधिमा ३०५ जनामा स्क्रबटाइफसको सङ्क्रमण फेला परेका छन् । जिल्ला अस्पताल दार्चुलामा कार्यरत मेडिकल अधिकृत राजेश भट्टका अनुसार पछिल्लो केही महिनायता अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक एक÷दुई जनामा स्क्रबटाइफस पोजेटिभ देखिने गरेको छ । दार्चुलामा स्क्रबटाइफसको जोखिम बढ्दै गएको भट्टको भनाइ छ ।
विद्युत्त प्राधिकरण धादिङले हरेक शनिबारका लागि सूचना प्रकाशित गर्दै विद्युत्त मर्मतका लागि भन्दै लोडसेडिङ गर्ने गरेको छ । प्राधिकरणको हरेक शनिबारको लोडसेडिङको मारमा धादिङबासी पर्ने गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेट्ने तयारी भएको जानकारी दिनुभएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)का राष्ट्रिय निर्देशक डा. रिचार्ड हवार्डसँग शुक्रबार मन्त्रालयमा भएको भेटमा श्रममन्त्री कुँवरले सोबारेमा जानकारी दिनुभएको हो ।
काठमाडौँमा हैजाका बिरामी बढ्न थालेका छन् । अघिल्लो दिन तीन जनामा पुष्टि भएको हैजा शुक्रबार थप चार जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या २७ पुगेको छ ।
प्रदेश नंं १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ ।
निरन्तर परेको बर्षासँगै शनिबार पनि देशभर मनसुनी सक्रिय हुने भएको छ । मनसुनी वायुको सामान्य प्रभाव रहेकाकारण देशका पुर्वी क्षेत्रमा सामान्य बर्षा हुने छ ।
ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि गएको छ । भारत, चीन र जापानसहित विभिन्न देशबाट सङ्ग्रहालय अवलोकन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको हो ।
थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या रुपन्देहीमा बढ्दै गएको छ । जिल्लामा खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीले सिकलसेल तथा थालसेमिया रोगसम्बन्धी कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जिल्लामा २७ रोगी रहेका छन् ।
मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रस्तुत गर्नुभएको विधेयक र अर्को संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएको हो ।
दुईवटा सर्किट नहुँदा चितवनको माडी लैजाने भूमिगत विद्युत् प्रसारण लाइनमा सधैँ समस्या आउने गरेको छ । पाँच वर्षअगाडिदेखि भरतपुरबाट चितवन राष्ट्रिय निकुञ्जको बाटो हुँदै माडीमा भूमिगत तार ओछ्याएर लगिएको थियो । निकुञ्जभित्रको स्थानमा आउने समस्याका कारण माडीमा हरेक महिना केही दिन अन्धकार हुँदै आएको छ । यस वर्ष असार लागेदेखि नै समस्या आउँदा उपभोक्ता हैरानीमा परेका छन् । पश्चिमचितवनको चनौली विद्युत् वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले भन्नुभयो, “यो प्रसारण क्षेत्रमा दुईवटा सर्किट नहुँदा धेरै समस्या आएको छ ।”
कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ ।
गाउँघरमा श्रमिकका रूपमा ज्याला मजदुरी गर्ने धनबहादुर मस्र्याङ्गीको अहिले परिचय बदलिएको छ । वराहताल गाउँपालिका–५, रचाका मस्र्याङ्गी अहिले व्यावसायिक कृषक बन्नुभएको छ । परम्परागत खेतीसँगै व्यावसायिक तरकारी खेतीमा जोडिएपछि उहाँको दैनिकी फेरिएको हो । मस्र्याङ्गीले अहिले छ रोपनी जग्गामा खेती गर्नुभएको छ ।
‘नयाँ माध्यम’ (न्यू मिडिया) शब्दावलीमा आएको ‘नयाँ’ शब्दको अर्थ सन्दर्भअनुसार लगाउनु पर्ने हुन्छ । कुनै जमानामा छपाइ मेसिन (मुद्रण यन्त्र) पनि नयाँ थियो । रेडियो तथा टेलिभिजन पनि जुन बेला सुरु भएका थिए, त्यतिबेला नयाँ नै थिए तर आजको सन्दर्भमा पुरानो प्रविधिबाट सञ्चालन हुने पत्रपत्रिका, रेडियो तथा टेलिभिजन माध्यमहरू पुराना माध्यम मानिन्छन् किनभने तीभन्दा झन् नयाँ माध्यम आइसकेको छ ।
सुदूरपश्चिमको गोदावरी नगरपालिका कैलाली जिल्लाको मध्यपश्चिम भागमा अवस्थित छ । २०७३ फागुन २८ गते राजपत्रका आधारमा कैलाली जिल्लाको अत्तरिया नगरपालिकामा गोदावरी गाउँ विकास समितिलाई समेत मिलाएर अत्तरिया नगरपालिका वडा नं. ९, १०, र ११ लाई छोडी गोदावरी नगरपालिका निर्माण गरियो । हिन्दु धर्मावलम्बीहरूले गोदावरी क्षेत्रलाई पवित्र धार्मिक महत्त्व क्षेत्र मान्दै आएका छन् ।
बलात्कार र अन्य अपराधमा के फरक छ भने बलात्कार जघन्य हुनुका अतिरिक्त जटिल पनि छ । स्वेच्छाको यौनाचारलाई समाजले मान्यता दिएको छ तर अरू प्रकारको हिंसा नभए तापनि सहमतिबिनाको करणी आफैँमा हिंसा हो र यो दण्डनीय हुन्छ । करणीका धेरै पीडित अपराधबारे कहिल्यै खुलेर कुरा गर्दैनन्, कतै उजुरी पनि दिँदैनन् । अथवा दिन, महिना, वर्ष वा दशकौँ यसबारे केही नबोली चुपचाप सहेर बस्छन् । खासगरेर त्यस्तो कुकर्मी चिनेजानेको वा समाजको प्रभुत्वशाली छ भने उसका विरुद्ध खुलेर आउन सक्दैनन् ।