• १४ पुस २०८१, आइतबार

अनौपचारिक क्षेत्रका श्रमिकलाई समेटिने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार २५ गते । श्रम, रोजगार तथा सामाजिक  सुरक्षामन्त्री शेरबहादुर कुँवरले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेट्ने तयारी भएको जानकारी दिनुभएको छ । 

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)का राष्ट्रिय निर्देशक डा. रिचार्ड हवार्डसँग शुक्रबार मन्त्रालयमा भएको भेटमा श्रममन्त्री कुँवरले सोबारेमा जानकारी दिनुभएको हो । 

भेटमा मन्त्री कुँवरले नेपालको श्रम क्षेत्रलाई व्यवस्थित बनाउन र सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा आईएलओले गरेको सहयोगका लागि लागि धन्यवाद दिँदै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिन आग्रहसमेत गर्नुभयो । 

साथै अवसरमा उहाँले श्रमिकको उचित न्याय र स्वदेशमै रोजगारी सिर्जनाका लागि मन्त्रालयबाट भइरहेका र हुने कार्यक्रमबारे जानकारी गराउनुभयो । 

भेटमा आईएलओका राष्ट्रिय निर्देशक डा. रिचाड हवार्डले औपचारिक क्षेत्रमा सामाजिक सुरक्षा योजना असाध्यै छिटो प्रभावकारी भएको र यसलाई छिट्टै अनौपचारिक श्रमिक समेटिने गरी कार्यक्रम लागू गर्नुपर्ने यसका लागि आईएललोको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।