एक दशक अगाडिसम्म बागलुङ नगरपालिका-४ कुँडुले फेदी सुनसान थियो । बागलुङबजार नजिकै रहेर पनि विकासका हिसाबले पछाडि परेको थियो । तर अहिले पूर्वाधार विकासँगै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ।
चालु आर्थिक वर्ष बितेको ६ महिना भइसक्यो। अब आर्थिक वर्ष सकिन आधा समय मात्र बाँकी रहेको छ। सप्तरीका १६ वटा पालिकामा प्रथम त्रैमासिक बजेट निकासा भएको छ।
बाँकेको दुर्गम र पिछडिएको मानिने नरैनापुर क्षेत्रमा सालको काठको अवैध तस्करी बढेको छ । अन्य क्षेत्रको तुलनामा सुरक्षा निकायको उपस्थिति र सक्रियता कम रहेको यस क्षेत्रमा तस्करी बढेको देखिएको हो ।
अर्घाखाँचीको सुपादेउराली मन्दिरको भेटीबाट विद्यालय सञ्चालन भएका छन् । मन्दिर व्यवस्थापन समितिले मन्दिरमा चढाएको भेटी (रुपियाँ) सङ्कलन गरेर जिल्लाका चारवटा विद्यालयका आठ जना शिक्षक शिक्षिकालाई तलब उपलब्ध गराउँदै आएको छ ।
कवि भूपिनको कविता कृति ‘भूपिनका कविता’ शनिबार विमोचन गरिएको छ । अक्षर समूह चितवनको आयोजनामा भएको कृति सार्वजनिकीकरण कार्यक्रममा चितवनका अग्रज स्रष्टाहरूले पुस्तकको संयुक्तरुपमा विमोचन गर्नुभएको हो ।
लोक संस्कृतिको जगेर्ना हुन नसक्दा मौलिक परम्पराको रूपमा मगर समुदायको कौरा नाच लोप हुँदै जान थालेपछि पछिल्ला दिनमा यसको जगेर्ना गर्न पूर्वी नवलपरासीका मगर युवाहरू लागिपरेका छन् ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारबाट विनियोजन भएको बजेट र योजना कार्यान्वयनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताउनुभएको छ ।
पैसा कमाउन विदेश जानुपर्छ भन्ने मान्यतालाई निरुत्साहित गर्न यहाँका तीनजना युवाले सामूहिक माछापालन गरेर उदाहरणीय काम गर्नुभएको छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले टुक्रे योजनामा नअल्झिन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतका कार्यालयहरूलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताउनुभएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा अवसरमा आज उहाँले हिमालका मुद्दा सम्बन्धमा आयोजना गर्नुभएको उच्चस्तरीय कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभरिका सबै वडा कार्यालयसम्म इन्टरनेट पुर्याउने योजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
बाँकेको वैजनाथ गाउँपालिकास्थित वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अटोक्लेभ (औषधिजन्य फोहर विसर्जन गर्ने मेसिन) सञ्चालन नहुँदा औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या भएको छ ।
दाङको लमहीमा हाइस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । शुक्रबार बेलुका पश्चिमबाट पूर्व जाँदै गरेको रा १ ख २१७३ नम्बरको हाइसले लमही नगरपालिका-७ पदमिनीखोलामा साइकल यात्रीलाई ठक्कर दिएको थियो ।