अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको छ । एक महिनाको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २४ अमेरिकी डलरले घटेको छ । प्रशोधित तेलको मूल्य पनि घटेको छ । पेट्रोलमा प्रतिब्यारेल १० अमेरिकी डलरले घटेको छ भने डिजेलमा १५ डलरले घटेको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिनुभयो तर तत्कालको अवस्थाले नेपालमा प्रभाव पार्छ पर्दैन यसै भन्न नसकिने उहाँको भनाइ छ ।
रेडियो कान्तिपुरले बन्दाबन्दीको समयलाई सिर्जनासँग जोड्ने उद्देश्यले सुरु गरेको कार्यक्रम ‘आशा : समुन्नत सपना’ कार्यक्रममा २०७७ वैशाख ४ का दिन कार्यक्रम सञ्चालक गीतकार/कवि भूपेन्द्र खड्काले युवा पुस्ताका होनहार कवि भूपिन र मलाई कार्यक्रममा निम्त्याउनु भएको थियो । भूपेन्द्रजी मसँग टेलिफोनमा जोडिनुभन्दा अघि म रेडियोमा कवि भूपिनका दिनचर्या, विचार र कविता सुनिरहेको थिएँ । कार्यक्रममा म जोडिएसँगै भूपिन छुट्टिनु भयो । कार्यक्रम सकियो । भूपिन भाइसँग कुरा नभएको पनि धेरै भएको थियो । मैले मोबाइलमा सम्पर्क गर्ना साथै भाइले गुनासो गर्नुभयो– मैले दाइका कविता सुन्नै पाइनँ, भूपेन्द्रले लाइन काटी दिए । मैले भनेँ– त्यो प्राविधिक बाध्यता हुनुपर्छ । कुराकानी हुँदै जाँदा भूपिनले आफूसँग रेडियो नभएको कुरा मात्र भन्नुभएन, सँगसँगै आफ्नो त रेडियो कल्चर नै भएन भनेर रेडियोको प्रसङ्ग टुङ्ग्याउनु भयो । फोनवार्ता सकियो । आफूसँग रेडियो कल्चर नै नभएको भन्ने भूपिनको भनाइले रेडियोबिना सामान्य ढङ्गमा जीवन नै चल्दैन कि जस्तो लाग्ने मलाई भित्रैसम्म कतै छोयो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका सबै विद्यालयमा कम्प्युटरको पहुँच भएको छ । नगरपालिकाले मुख्यमन्त्री शिक्षा सुधार कार्यक्रमअन्तर्गत ३४ विद्यालयमा कम्प्युटर हस्तान्तरण गरेपछि सबै विद्यालय पहुँच भएको छ । विद्यालयको प्रशासनिक काम कम्प्युटरकृतका लागि कम्प्युटर प्रदान गरेको नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो । आगामी आर्थिक वर्षमा माध्यमिक तहका सबै शिक्षकलाई ल्यापटप वितरण गर्ने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
आदिकवि भानुभक्त आचार्यप्रति समर्पित गीत सार्वजनिक गरिएको छ । ‘भानुभक्त’ बोलको गीतमा सञ्चमान राईले शब्द र किरण गजमेरले आवाज दिनुभएको छ भने गीतमा विश्वास गुरुङले सङ्गीत भर्नुभएको छ ।
ब्रह्माण्डपुराणको नेपाली अनुवाद हालै प्रकाशनमा आएको छ । यसको अध्यायगत सारांशका रूपमा नेपाली अनुवाद गरिएको हो । जयतु संस्कृतम्का अध्यक्ष डा. बद्री पोखरेलद्वारा अनुदित प्रस्तुत पुराण ब्रह्मदेखि ब्रह्माण्डसम्मका १८ वटा महापुराणमध्ये अन्तिम पुराण हो । डा. पोखरेलले यसअघि नै विभिन्न महापुराणहरू अनुवाद गरी प्रकाशित गराउँदै आउनुभएको छ । प्रस्तुत पुराण यसैभित्र अर्को कडी हो । वैदिक ग्रन्थहरूमा उल्लेख भएअनुसार संसार परब्रह्मको खेल हो । जब ब्रह्ममा एकबाट अनेक हुने इच्छा जागृत हुन्छ तब आफ्नै शरीर विस्फोट गरेर नानारूप धारण गरी खेल्छन् र खेल्न पुगेपछि सारा सृष्टिलाई आफैँमा समेट्दै शून्यमा विचरण गर्न पुग्छन् ।
शुक्रबार रातीदेखिको निरन्तर परेको बर्षाले स–साना नदीहरुमा आएको बाढीले जोखिम बढाएको भन्दै उच्चसतर्कता अपनाउन आग्रह गरेको छ । विहान ६ बजेनै सूचना जारी बाढी पूर्वानुमान महाशाखाले बर्दियाको रम्वापुर, गोडना र आसपासको क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
समाजवादी नेता जयप्रकाश नारायणको जीवनीमा आधारित कृति ‘जयप्रकाश नारायण जीवनी र विचार’ सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसको इतिहासका लेखक प्रा.डा. राजेश गौतमले उक्त कृति तयार पार्नुभएको हो । समाजवादी आन्दोलनका अग्रज नेता जयप्रकाश भारतको सत्ता राजनीतिबाट सधैँ अलग भई अलग्गै खालको राजनीतिक पहिचान बनाउनुभएको लेखक गौतमले बताउनुभयो ।
उत्पादकत्व वृद्धिका लागि पशुपन्छीको नश्ल सुधारका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । सरकारले नै विदेशी प्रजातिको नश्ललाई भित्र्याउन सहयोग गरिरहेको छ । यसरी विदेशी नश्ल भित्र्याउँदा रैथाने पशुपन्छी सङ्कटमा परेको अवस्थालाई भने त्यति ध्यान दिन सकिएको छैन ।
भित्ताहरूमा जीवन हुन्छ त ? प्रकाश सिग्देलको एउटा प्रश्न हो यो । कालीगण्डकीको मुहानको खोजीमा उकाली चढ्दा आएको यस प्रश्नको उत्तर थियो वा थिएन, त्यो पनि अर्को प्रश्न नै हो । जीवन नभए राजा जिग्मे परवल विष्टको घरवरिपरि रहेको पर्खालको के अर्थ ? त्यसलाई दायाँ पार्दै उक्लिँदै गर्दा पारिपट्टि देखिएका भेडाका लस्कर र तिनका वरपर रहेका मानिसको जिजीविषा के हो त ? यतिखेर भने त्यो प्रश्नको उत्तर भेटिएजस्तो लाग्यो ।
न्याय परिषद्ले योग्यता ढाँटेर नियुक्ति लिएको भन्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेणुका शाहलाई सेवाबाट बर्खास्त गरेको छ । आन्तरिक छानबिनपछि परिषद्ले शाहलाई सेवाबाट हटाउने निर्णय गरेको हो ।
नेपाली सिनेमा निर्माण हुन थालेको ५५ वर्ष भइसक्यो । राजा महेन्द्रले सरकारी ढुकुटीबाट चलचित्र ‘आमा’ बनाउनुभन्दा अघि निजी क्षेत्रको सुमनाञ्जली प्रोडक्सनबाट ‘माइतीघर’ बनाउने सबै तयारी भइसकेको थियो तर राजा र जनताको एउटै क्षेत्रमा प्रतिस्पर्धा हुने भयो भनेर माइतीघरको निर्माण पछि धकेलिएको तर्क गर्ने धेरै छन् । ‘आमा’ पञ्चायत व्यवस्थाको प्रचारप्रसार गर्ने उद्देश्यले राज्यले बनाएको प्रथम सिनेमा हो भने ‘माइतीघर’ निजी क्षेत्रले बनाएको पूर्णतः व्यावसायिक सिनेमा हो ।
हिउँदभरि चुपचाप बसेका निर्माण व्यवसायी र सरकारी कर्मचारी असार लागेपछि निकै व्यस्त छन् । असार मसान्तसम्म काम सक्ने र भुक्तानी लिन÷दिन चटारो निर्माण व्यवसायी र सरकारी कार्यालयलाई छ । त्यसैले हतार–हतार काम सक्न निर्माण व्यवसायी र सम्बन्धित कार्यालयका कर्मचारी लागेका छन् ।
बाजुराको बूढीगङ्गामा प्रमुख तथा उपप्रमुखमा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।
लहानस्थित ‘रामकुमार–उमाप्रसाद स्मारक अस्पताल’को नाम परिवर्तन भई ‘प्रादेशिक अस्पताल लहान’मा रूपान्तरण भएपछि उक्त अस्पतालले चर्चिएको जग्गाको स्वामित्व विवाद उत्कर्षमा पुगेको छ । सगरमाथा अञ्चलका पुराना सरकारी अस्पतालमध्ये उक्त अस्पताललाई प्रमुख मानिएको हो । लहानका स्थायी बासिन्दासमेत रहेका मुलुकका अग्रणी व्यापारिक घराना मुरारका तथा शारडा परिवारका अग्रजले ४० वर्षअगाडि जग्गा खरिद र भवन निर्माण गरी उक्त अस्पताल सरकारलाई हस्तान्तरण गरेका थिए ।
अमेरिकास्थित सान्फ्रान्सिस्कोको पहिलो अवतरण र बसाइ निकै यादगार रह्यो । डाउनटाउनमा आन्टी (सानुमुवा)कै घरमा एक हप्ता बसियो । म गएपछि आन्टीले काममा बिदा माग्नुभएको रहेछ । हेर्दा उहाँ खुसी नै देखिनुहुन्थ्यो । सँगै रहँदाबस्दा भलाकुसारीको क्रममा आन्टीले भन्नुहुन्थ्यो– पकाउने ग्यास सकिएला भन्ने पीर छैन । बिजुलीको मिटरबक्समा युनिट धेरै चढ्ला र बिल धेरै आउला भन्ने पीर छैन । ग्यासको सिलिन्डर भर्न लैजानका लागि मान्छे खोज्नुपर्दैन । ग्यासको सिलिन्डर किन्नका लागि पैसाको जोहो गर्नुपर्ने चिन्ता पनि छैन । धारामा पानी नआउला भन्ने चिन्ता पनि छैन । पानीको धारा कहाँबाट आउँछ, त्यो त थाहा छैन तर कहिल्यै पनि धारामा पानी सकिँदैन । यति कुरा भएपछि घर चलाउन आनन्द हुने रहेछ । यहाँभन्दा बढी के चाहियो र !