२५ असार २०७९, शनिबार
                                            
                                        
                                        
                                    
                                    
                                        
                                            
                                            ३ वर्ष पहिले 
                                    
                                
                                        शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                
                                        शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        
                                            
                                            २५ असार २०७९, शनिबार 
                                    
                                    
                                        
                                            
                                            ३ वर्ष पहिले 
                                    
                                बाजुरा, असार २५ गते । बाजुराको बूढीगङ्गामा प्रमुख तथा उपप्रमुखमा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । बूढीगङ्गा नगरपालिकाको वडा नम्बर १, २, ९ र १० को मतगणना हुँदा दुई पदमा एमालेको अग्रता रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा एमालेका रामबहादुर बानियाँको एक हजार ७३२ र कांग्रेसका रङ्गबहादुर खातीको एक हजार ६७ मत छ । त्यसैगरी उपप्रमुखमा पनि एमालेकी माया कुँवरको एक हजार ६८७ र कांग्रेसकी रीता शाहीको एक हजार ३० मत रहेको छ ।
बूढीगङ्गाको १, २, ९ र १० नं वडाको मत गणना सकिएको छ । यी चारवटै वडाको वडा अध्यक्ष पदमा एमाले विजयी भएको छ । वडा नं १ रणबहादुर थापा वडा नं १० मा दलबहादुर साउँद वडा नं २ मा पदम भण्डारी र वडा नं ९ को वडा अध्यक्षमा मीनबहादुर सिह एमालेबाट विजयी भएका छन् ।
                                        शेरबहादुर सार्की