नेपाल–भारत खुला सीमा क्षेत्रको व्यवस्थापन सम्बन्धमा प्रत्येक छ महिनामा बस्दै आएको दुवै देशका सुरक्षा अधिकारीको बैठक शनिबार जनकपुरधाममा सम्पन्न भएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।
ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गरेर फर्कंदै गर्नुभएकी पोखरा लेखनाथ चौककी पवित्रा अधिकारीको गाडी पाँचथरस्थित राँके बजार आइपुगेर टक्क रोकियो ।
नेपालमा देखा परेको केराको पानामा (टिआर–४) रोग अझै नियन्त्रण हुन सकेको छैन । कैलालीको टीकापुरमा देखिएको पानामा (टिआर–१४) नवलपरासीमा पनि देखिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित बस्तीमा समय र लक्ष्य किटान गरेर एक वर्षभित्रै स्थायी आवास निर्माण गर्ने बताउनुभएको छ । उहाँले स्थानीय तहको नेतृत्वमा छिटोछरितो अभियानका रूपमा भूकम्प प्रभावितको आवास निर्माण हुने जानकारी दिनुभयो ।
बैतडीमा शनिबार बाट सुरू भएको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै एनआरवाइसी र पञ्चकोटी क्रिकेट टीम । खेलमा एनआरवाइसी ६ विकेटले विजयी भएको छ ।
पोखरा महानगरपालिकाले बेगनासतालमा सञ्चालित मोटर बोट बन्द गरेको छ। जलारी समुदायले विरोध जनाएपछि शुक्रबार पोखरा महानगरले पत्र लखेर तत्कालै बोट बन्द गर्न निर्देशन दिएको हो।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले संघीयतालाई सवल बनाउन संघ सरकारले सातवटै प्रदेशलाई प्रहरी र कर्मचारी राख्ने अधिकार दिनुपर्ने बताउनुभएको छ ।
गाउँघरमा खेताला राख्दा खर्च बढी हुने र समय पनि बढी लाग्ने हुँदा बाँकेका किसान आधुनिक कृषि उपकरणतर्फ बढी आकर्षित हुन थालेका छन्।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास एमालेको सरकारले मात्र गर्न सक्ने भन्दै एमालेलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
गोरखामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छभने अन्य तीन जना घाइते भएका छन्।
कैलालीको धनगढीमा पहिलो पटक रानाथारु भाषा साहित्य सम्मेलन हुने भएको छ । रानाथारु समुदायको मौलिक कला, संस्कृति र भाषा जोगाउने उद्देश्यका साथ मङ्सिर २३ गते रानाथारु भाषा साहित्य सम्मेलन आयोजना गर्न लागिएको हो ।
प्रतिस्पर्धी मितेरी फुटबल क्लब तेह्रथुमलाई हराउँदै आयोजक पाँचथर फुटबल क्लब किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।