• १५ असोज २०८१, मङ्गलबार

‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २६ गते । जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको सामाजिक हाँस्यकथामा आधारित चलचित्र ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी बीआर प्रोडक्सनले फस्टलुक सार्वजनिक गर्दै कात्तिक २५ गतेलाई रिलिज मिति घोषणा गरेको हो । वरिष्ठ चिकित्सक तथा गीतकार भोला रिजालका छोरा कपिल रिजालले चलचित्र निर्देशन गर्नुभएको हो । चलचित्रले नेपाली समाजको विवाह संस्कार र त्यसको सामाजिक पक्षलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाइएको छ ।