चितवन क्षेत्र नंम्बर २ मा आइतबार बिहानदेखि दिउँसोसम्म उपनिर्वाचनमा ४७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार दिउँसो २ बजेसम्म ४७ प्रतिशत मत खसेको जानकारी दिनुभयो ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य थममाया थापाले पार्टी सङ्गठनलाई बलियो बनाउन सकेमा संस्थापकहरूको सपना पूरा हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा आयोजित एमाले म्याग्दीले आयोजना गरेको कार्यक्रममा स्थायी कमिटी सदस्य थापाले सो कुरा बताउनुभएको हो ।
बारा क्षेत्र नं. २ मा आइतबार दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र नं. २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र १ बजेसम्ममा २२ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।
बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रूपमा मनाउने गरिन्छ ।
चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो ।
सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ –५, जोरधारा नजिकै भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्ला देवदह –३, का ३५ वर्षीया राधिका पौडेल रहनुभएको छ । पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषको ३७औँ वार्षिकोत्सवका अवसरमा पशुपतिनाथ, गुह्येश्वरी र वासुकीनाथको मन्दिरमा विशेष पूजा आराधना गरिएको छ ।
गणतन्त्र मालीमा फेरि हिंसा चर्किएको छ । शनिबार देशका विभिन्न भागमा भएका झडपमा १० जना सर्वसाधारण र तीन जना सैनिक जवानको मृत्यु भएको छ । सुरक्षा फौजले ८८ जना जिहादीलाई नियन्त्रणमा लिएको छ ।
राजस्व विभागको पछिल्लो विवरणअनुसार राजस्व सङ्कलनमा ६१ प्रतिशतले वृद्धि भएको छ । गत माघमा मासिक लक्ष्यको ५३ प्रतिशतले मात्रै राजस्व सङ्कलन भएकामा फागुनमा ५४ प्रतिशत र चैतमा ६१ प्रतिशतले वृद्धि भएको छ ।
काठमाडौंको बाफलस्थित एक गार्मेन्टमा आगलागी हुँदा एक व्यक्तिको दाहिने खुट्टाको पैतलाको भाग जलेको अवस्थामा फेला फेला परेको छ ।
व्यास गाउँपालिका -२ तल्लो दुम्लिङस्थित घुमले भन्ने स्थानमा बस्ने ४५ वर्षीय सिन्दलसिंह भण्डारीको महाकाली नदीमा रहेको तुइन तर्ने क्रममा खसेर शनिबार दिउँसो मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिनुभएको छ ।
चालू आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्याङ्क अनुसार नेपालले यस अवधिमा रु ४२ करोड ३२ लाख ८९ हजार बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो ।
स्पेनका ८३ वर्षीय कार्लोस सोरिया संसारको सातौँ अग्लो धौलागिरि हिमाल आरोहणका लागि यतिखेर बेसक्याम्पमा पुग्नुभएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका -४ मुदीमा अवस्थित ८ हजार एक सय ६७ मिटर अग्लो हिमाल आरोहण कार्लोसको यो १३ औँ पटकको प्रयास हो ।
खालिस्तान समर्थक नेता अमृतपाल सिंहलाई पक्राउ गरिएको छ । उहाँलाई पञ्जाबको मोगाबाट आज (आइतबार) बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।