कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश नामकरण कसैको विरुद्धमा नभएको बताउनुभएको छ। शुक्रबार आयोजित नेपाल बार एसोसिएसन उच्च अदालत विराटनगर बार एकाइको वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको नाम कसैले आफ्नो विपक्षमा भएको सम्झन नहुने धारणा व्यक्त गर्नुभएको हो।
शैक्षिक सत्र सुरुभएसँगै पाठ्यपुस्तक हरेक विद्यालयमा पु-याउन थालिएको छ। समयमा पाठयपुस्तक पुग्दा शैक्षिक अवस्थामा सुधार हुने विश्वास व्यक्त भइरहेको छ। गत वर्ष पाठ्यपुस्तकको अभाव शैक्षिक सत्र सुरु भएको सात/आठ महिनासम्म भइरहँदा सामुदायिक विद्यालयका शैक्षिक गतिविधि नै प्रभावित भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम समुदायको इद (इदुल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ ।
सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा.डा. आरपी बिछा र प्रभु बुढाथोकीलाई आयोग सदस्यमा नियुक्त गरेको हो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभाग र नेपाल ललितकला पत्रकार समाज (सोफाज) नेपालद्वारा संयुक्त रूपमा आयोजित ‘कला पत्रकार र कला लेखन अभिमुखीकरण कार्यक्रम’ शुक्रबार सम्पन्न भएको छ ।
एसियाली विकास बैङ्क (एडीबी)को सहायताअन्तर्गत परिचालित परियोजनाहरूको समयमै प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । शुक्रबार आयोजित एडीबीको सहायतामा सञ्चालित परियोजनाहरूको समीक्षा कार्यक्रमका सहभागीले परियोजना सुरुवात, खरिद प्रक्रिया, भुक्तानीलगायत विभिन्न चरणमा समस्या कायमै रहेकाले यसको समाधान जरुरी रहेको बताएका छन् ।
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले भारतीय राजदूतावासमा ७३औँ भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर)को स्थापना दिवस मनाएको छ । आईसीसीआरका एल्मुनाइबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
वर्तमान नेपाली राजनीतिसँग सान्दर्भिक परिस्थितिलाई चित्रण गरेको नाटक हो ‘मार्क्स फर्किए’ । आरोहण गुरुकुल नाटकघरमा नाटक अहिले दोस्रो पटक मञ्चन भइरहेको छ । समाजमा धनी र गरिबबीचको खाडल कसरी बढ्दै गएको छ भन्ने सन्दर्भलाई नाटकमा देखाइएको छ । अमेरिकी साहित्यकार हवार्ड जिनद्वारा लिखित नाटकलाई नेपाली परिवेशमा प्रस्तुत गरिएको छ । नाटकमा कार्ल माक्र्सको जीवनदर्शन चित्रण गरिएको छ ।
कृषिमा आधुनिक औजारको प्रयोगसँगै खेतीपाती गर्दा कृषकले प्रयोग गर्ने हँसिया, खुकुरी, फाली, कुटो, कोदालीलगायतका फलामे औजारको किनबेच घटेको छ । पहिलेजस्तो घरेलु उद्योगमा तयार पारिएका औजार बिक्री हुन छाडेको छ । विगत तीन दशकदेखि घरेलु आरन उद्योग व्यवसाय सञ्चालन गरिरहेका सिस्ने गाउँपालिका–२, बल्दजुर्नाका हर्कवीर कामी निराश हुनुहुन्छ । “दिनभर दुःख गर्दा एक/दुईवटा औजार बन्छ,” कामीले भन्नुभयो, “बाहिरबाट ल्याइएका बजारमा उस्तै औजार केही कम मूल्यमा पाइने भएपछि हाम्रो दुःख छाडेर फलामको पैसा पनि उठ्दैन ।”
सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो ।
आव २०७९/८० को सङ्घीय सरकारको बजेटमा सुरुङ मार्ग निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइएको थियो। मुलुकका विभिन्न स्थानमा सुरुङ मार्ग निर्माण गर्नेलगायत सरकारले काठमाडौँ उपत्यकाका लागि ‘चार भन्ज्याङ चार सुरुङ मार्ग’ कार्यक्रम ल्याएको थियो।
बागमती प्रदेशको सुरक्षा अवस्था सुधार गर्न सुरक्षा निकायलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइएको छ। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा शुक्रबार हेटौँडामा भएको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीका सहभागीहरूले पुरानै प्रविधि र संरचनामा बढ्दो सुरक्षा चुनौती सामना गर्न कठिन हुने भन्दै प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउनु भएको हो।
चौधौँ शताब्दीमा बनेको सिन्धुलीको ऐतिहासिक स्थल हरिहरपुरगढी अवलोकन गर्न आउनेको चहलपहल अहिले बढ्दै गएको छ। बागमती प्रदेश सरकारको सहयोगमा हरिहरपुरगढीमा खानेपानी, ट्रस्ट, गेस्टहाउस, वनभोज स्थल, प्रतीक्षालय, प्रवेशद्वार, सिँढीलगायतका भौतिक संरचना निर्माण भएपछि पर्यटकको चहलपहल बढेको हो।
पश्चिम सेती चार सय केभी विद्युत् प्रसारण आयोजनाको काम सुरु भएको छ । बझाङ जिल्लाबाट डोटी, डडेलधुरा हुँदै कञ्चनपुरसम्म प्रसारण लाइन निर्माणका लागि काम सुरु भएको हो ।
कतारमा रहेको नेपाली दूतावासले आउँदो मङ्गलबार अर्थात् वैशाख १२ देखि श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ । सरकारले विदेशमा रहेका नेपाली दूतावासबाट पनि श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै सो सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । दूतावासले दैनिक ५० वटासम्म श्रम स्वीकृतिको टोकन खुलाउने विज्ञप्तिमार्फत जानकारी गराएको छ । कतार दूतावासको यो तयारीसँगै करार अवधि सकिएपछि पुनः श्रम स्वीकृतिका लागि स्वदेश आउनुपर्ने बाध्यता हटेको छ । सरकारले केही महिनाअगाडि मन्त्रीस्तरीय निर्णय गर्दै श्रम गन्तव्य देशबाट श्रम स्वीकृतिको व्यवस्था गर्ने घोषणा गरेको थियो । दूतावासबाट श्रम स्वीकृति बढीमा दुई पटकसम्म लिन पाइने व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ ।