चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकोरी हुनसक्ने जनाउँदै सुरक्षा व्यवस्थामा कडा गरेको छ ।
नेकपा (एमाले) ले मंसिर १४ गतेदेखि तीन हप्ता पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्री विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख सङ्क्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले १६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भइसकेको बताउनुभएको छ ।
नेपाल–सुआहारा २ “गुड न्युट्रिसन” परियोजनामार्फत पोषणमा युएसएआईडीले गरेको लगानीको परिणामस्वरूप नेपालमा आमा र बालबालिकाको पोषणको अवस्थामा सुधार आएको छ ।
केही वर्ष अगाडिसम्म ठूला मिलमा कुटानी पिसानीका लागि आउनेको भीडभाड देखिन्थ्यो । अहिले भोजपुरमा सञ्चालन गरिएका ठूला मिल केही मात्रै बाँकी छन् । गाउँ-गाउँमा विद्युतको पहुँच पुगेसँगै ठूला मिल विस्थापित भएका हुन् ।
नेपाल च्याम्पियन फिडेमास्टर (एफएम) रुपेश जैसवाल र श्रीलङ्काकी महिला इन्टरनेसनल मास्टर्स (डब्लुआइएम) सचिनि रनासिंघेले दोस्रो नेपालभाषा मंकाःखलःराष्ट्रिय र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जित्नुभएको छ ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट प्रभावित सञ्चार संस्था तथा पत्रकारलाई नेपाल पत्रकार महासङ्घले राहत उपलब्ध गराउने भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुने मुख्य सिजन भनेको चाडपर्वको समय हो । यस्तो बेला पर्यटकीयस्थलको प्रचार प्रसार र व्यवस्थापन पनि महत्त्वपूर्ण हुन्छ ।
इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन ।
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम दिनुहुने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ६३ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।
उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको छ । बुधबार उच्च अदालत पोखराका न्यायाधीश राजन प्रसाद भट्टराईको एकल इजलासले सो आदेश दिएको हो ।
वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषण गर्ने एक उद्योगलाई तीस हजार जरिवाना गरेको छ । प्रदूषित पानी सिर्सिया नदीमा फालेर फोहोरसमेत गरेको भन्दै परवानीपुरस्थित सिद्धि टेक्साइल प्रालिलाई सो जरिवाना गरिएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँले जानकारी दिनुभयो ।
जटिल प्रकृतिका बिरामीको उपचार गर्न आवश्यक पर्ने भ्यान्टीलेटरसहितको आइसियु सेवा झण्डै तीन वर्षदेखि बन्द हुँदा बिरामी मर्कामा परेका छन् ।