मानव बेचबिखन तथा ओसार पसारविरुद्ध अभियान सञ्चालन गर्दै आएको शान्ति पुनर्स्थापना गृहले पछिल्लो वर्ष बेचिने जोखिममा परेका एक हजार चारसय ६३ महिला तथा बालबालिकालाई उद्धार गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले पहिलो पटक गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । मङ्गलबार पहिलो पटक रेसुङ्गा नगरपालिका–१ भीमचोकका भीष्म मरासिनीलाई प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सो नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
इजरायलको आन्तरिक मन्त्रालयले गाजा नजिकैको टि’कुमा (पुनर्जन्म) क्षेत्रमा नयाँ सामुदायिक बस्ती बनाउने योजना घोषणा गरेको छ । उक्त क्षेत्रमा अक्टोबर ७ मा हमासले आक्रमण गरेको थियो ।
तिहार नजिकिँदै जाँदा चितवन जिल्लामा चिनीको अभाव हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले गोदामहरूमा अनुगमन गरेको छ । गृह मन्त्रालयको परिपत्रअनुसार कार्यालयले बजारमा रहेका ठुला व्यवसायीको गोदाममा अनुगमन गरेको हो ।
नइ प्रकाशनले २०७९ सालको बाह्र कक्षाको परीक्षामा सम्मिलित भई हुम्ला जिल्लाको सर्वोत्कृष्ट छात्रा सविता महतारालाई ३० हजार रुपियाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ ।
इलाममा पहिलो पटक गैरआवासीयलाई नागरिकता प्रदान गरिएको छ । नेपाल नागरिकता ऐन, २०६३ पहिलो संशोधन र नेपाल नागरिकता नियमावली २०६३ तेस्रो संशोधनअनुसार हाल अमेरिकामा रहेका बिजेन्द्र गुरुङलाई गैर आवासीय नेपाली नागरिकता दिइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
बागमती प्रदेशमा ५५ दशमलव नौ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनअनुसार यस प्रदेशमा ५५ दशमलव नौ प्रतिशतलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने देखिएको हो ।
नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितका लागि ३२ लाख रुपियाँ बराबरको राहत सङ्कलन गरेको छ।
पाल्पामा टिपरले किच्दा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२, जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहनुभएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
कैलालीको टीकापुरस्थित गौशालाले दीपावलीलाई लक्षित गरेर गाईको गोबरबाट निर्माण गरिएका ‘दीपावली र रङ्गोली दियो’ बजारमा ल्याएको छ ।
चीनका उपराष्ट्रपति हान झेङले बुधबार अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार रहेको बताउनुभएको छ । आगामी साता सान फ्रान्सिस्कोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र उहाँका अमेरिकी समकक्षी जो बाइडेनबीच अपेक्षित शिखर सम्मेलन हुनुभन्दा अघि उहाँको यस्तो धारणा आएको हो ।
मुलुकको सबैभन्दा ठुलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी अष्ट्रेलियाली इन्टरनेट र फोन सेवाहरूबाट वञ्चित भएका छन् ।
म्याग्दीमा एआरटी सेबा सुरु भएपछि आठ जना नागरिकको एचआइभी तथा एड्स सङ्क्रमणबाट मृत्यु भएको छ । वि.सं २०७१ बाट एचआइभी तथा एड्स एन्टीरेट्रोभाइरल थेरापी(एआरटी) सेन्टर सुरु भएपछि हालसम्म आठ जनाको मृत्यु भएको हो ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय, हेटौँडाले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवेदन दिने म्याद पुनः थप गरेको छ ।
बिचौलियाका कारण आफूहरू मारमा परेको भन्दै नवलपुरका किसान आन्दोलित भएका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका–१ का काँक्रो किसानले आन्दोलन सुरु गरेका हुन् ।