यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्नाका लागि मिलाइएको व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगमा आज (शुक्रबार) देखि उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको छ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्तमान सत्ता गठबन्धन नेतृत्वको सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । शुक्रबार वीरेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिता वैशाख २८ देखि ३० गतेसम्म पाल्पाको रानीमहलमा हुने भएको छ ।
नापी कार्यालयका चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
लामो समयको खडेरीले जिल्लाभरि डढेलो लाग्नेक्रम बढेको छ । पछिल्लो समय सुख्खा खडेरीका कारण डढेलोको घटना बढेको हो । खडेरीले जिल्लाभरिका सामुदायिक, सरकारी तथा निजी वनमा डढेलो लागेको छ ।
भारत सरकारले द्वन्द्वग्रस्त सुडानमा रहेका भारतीयहरूको सुरक्षा र उनीहरूलाई बाहिर निकाल्ने वातावरण सुनिश्चित गर्न विभिन्न राष्ट्रहरू र संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूसँग सम्पर्कमा रहेको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार उल्लेख गर्नु भएको छ ।
बाजुराको बडिमालिका नगरपालिका ८ र ९ को राप्का बाउँली बस्ती बाढीपहिरोको जोखिममा परेका छन् । खोलाले बस्तीको दायाँतर्फको जमिन बर्सेनि कटान गर्दै गएपछि राप्का र बाउँली बस्ती बाढीपहिरोको जोखिममा परेका हुन् ।
साग स्वर्णधारी विकास थापाले १९औँ एसियाली खेलकुदका लागि भएको भारोत्तोलन खेलाडी छनोट प्रतियोगितामा राष्ट्रिय कीर्तिमान रच्नुभएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक पनि राखिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा जारी रहेको छ ।
आजकल, कतिपय अध्येताले देशका जातजातिको जीवनशैलीलाई समेटेर अध्ययन गर्ने तथा कृति प्रकाशन गर्ने क्रममा मन्दी आएको विचार राख्दै आएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधन आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए ।
जिल्लाको कालीमाटी गाउँपालिका भित्र बसोबास गर्ने विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको छ । कालीमाटी गाउँपालिकाले पालिका भित्र बसोबास गर्ने अति विपन्न २८० परिवारलाई जस्तापाता वितरण गरेको हो ।
सुक्खायामसँगै यहाँका वनहरूमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन कार्यालयसँग छ ।