ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ–गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ । पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले काठको पुल निर्माण गरेको हो ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ । समितिले सयपत्री फूलको मालाको एक सय र फूलको प्रतिकिलो पाँच सय रुपियाँ तोकेको छ ।
सर्लाहीको गोडैता नगरपालिका–८, सिसौटियामा मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
अरिङ्गालको टोकाइबाट अछामको पायलमा एक महिलाको उपचारको क्रममा निधन भएको छ । चौर पाटी गाउँपालिका–४ पायलकी ३१ वर्षीया सरस्वती देउकरको उपचारको क्रममा मङ्गलवार निधन भएको हो ।
दोलखाको गौरीशङ्कर गाउँपालिका–७ मार्बुमा भेडा गोठालाले दर्जनौँ पोखरीहरू पत्ता लगाएका छन् । वडाको माथिल्लो भेगमा मात्र साना ठुला गरी दर्जनौँ पोखरीहरू पत्ता लागेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक आज पौने १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने पार्टी सचिवालयले जानकारी दिएको छ ।
कोशी राजमार्ग अन्तर्गत रानी–धरान सडकखण्ड निर्माण करिब अन्तिम चरणमा पुगेको छ । त्रिदेशीय लाइफलाइन (चीन–नेपाल–भारत) जोड्ने सडक आर्थिक वर्ष २०६९/७० देखि सुरु भएको थियो ।
जाजरकोटको रामीडाँडाको भूकम्पको धक्काबाट अवरुद्ध अर्जुन चौपारि १ सडक पाँच दिन खुल्ला यात्रुले सास्ती भोग्नु परेको छ । भूकम्पको धक्काबाट अवरुद्ध सडक गोल्डेन गुड बानियाँ जेभिको लापरबाहीका कारण पाँच दिन देखि खुल्न नसकेको हो ।
बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीमा आकर्षित भएका छन् ।
किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण गरेको छ । सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउन कोटा निर्धारण गरिएको हो।
दोलखाको गौरीशङ्कर गाउँपालिका–१ र २ मा निःशुल्क स्वास्थ्य शिविरबाट करिब एक हजार महिला तथा बालबालिका लाभान्वित भएका छन् । वडा नं. २ जुँगुस्थित नीलकण्ठेश्वर माध्यमिक
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटको भेरी र नलगाड नगरपालिका एवं बारेकोट गाउँपालिका बढी प्रभावित भएको छ । रुकुमपश्चिमको आठबिसकोट र सानीभेरी गाउँपालिकामा समेत जनधनको क्षति भएको छ । विसं २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७९ कात्तिकमा डोटी केन्द्रबिन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । २०८० असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्याङ्क अनुसार बाजुरामा १० माघ २०७९ मा ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । तथापि जाजरकोट भूकम्पले मानवीय क्षति बढी भएको छ ।
जनता समाजवादी पार्टी नेपालकी नेत्री सुशीला श्रेष्ठ लोकतन्त्रमा सरकार तथा सदनका कामकारबाही प्रक्रियामुखी नभई कार्यमुखी र परिणाममुखी हुनुपर्नेमा दृढ मान्यता राख्नुहुन्छ ।
यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको अतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरू पाँचौँ पटक पुगेका हुन् । बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन् ।
सरकारले मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको खम्बागाडेदेखि मायातालसम्मको क्षेत्रमा पर्ने रुख कटानको अनुमति दिएको छ । गत बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले आयोजनालाई २३ किलोमिटर सडकखण्ड अन्तर्गतका रुख कटानको अनुमति दिएको हो ।