स्थानीयले बजारबाट सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्थे भने गोरेटो बाटोमै यात्रा गर्थे । जब स्थानीय सरकार गठन भयो, त्यसपछि गाउँ–गाउँमा सडक पुग्न थाले । अहिले सडक नपुगेको यहाँका कुनै पनि गाउँ छैनन् ।
काठमाडौँ–मकवानपुर– निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) सरकारले उच्च प्राथमिकता दिएर सञ्चालन गरेका राष्ट्रिय गौरवका आयोजनामध्ये एक हो । आर्थिक वर्ष २०६४/६५ मा सुरु भएको यो योजना २०७४ वैशाख २१ मा चार वर्षभित्र काम सक्ने गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । सोअनुसार २०७८ भित्र निर्माण सकिनु पर्ने हो । २०७८/७९ मा आइपुग्दा ७२.५ किमि कायम भएको यो सडक निर्माणको भौतिक प्रगति २१.१८ प्र
काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।
तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ ।
देशभित्र र बाहिर बसोबास गर्ने सबैमा एकै पटक निर्वाचन आयोगको पहुँच पु-याउन र सन्देश प्रवाह गर्न इन्टरनेट र सामाजिक सञ्जाल प्रभावशाली माध्यमका रूपमा स्थापित भएको छ । निर्वाचन व्यवस्थापनका सबै प्रक्रिया, चरण एवं निर्वाचनको समयमा हुने समग्र क्रियाकलापलाई सरोकारवालासमक्ष सहज ढङ्गले पु¥याउन आयोगले सामाजिक सञ्जालको उपयोगलाई वृद्धि गर्दै लगेको छ । सामाजिक सञ्जालको प्रभावकारी एवं व्यवस्थित प्रयोग गर्नका लागि ‘निर्वाचन व्यवस्थापनमा सामा
विश्वको सबैभन्दा ठूलो मुलुक रुस हो । यो एसिया र युरोप दुवै महादेशमा फैलिएको छ । सोभियत सङ्घको विघटनसँगै १५ टुक्रामा विभाजित हुँदा कमजोर बनेको यो मुलुक अहिले फेरि शक्तिशाली बनेको छ । मुलुकलाई शक्तिशाली बनाउन मुख्य हात वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनको रहेको छ । सन् २००० देखि सत्तामा रहनुभएका उहाँले रुसलाई शक्तिशाली त बनाउनुभयो तर छिमेकीसँगको सम्बन्धलाई भने घनीभूत बनाउन सक्नु भएन । छिमेकी मुलुकविरुद्ध अनावश्यक हस्तक्षेप र प्रभाव बढाउन खोज्दा अहिले ती मुलुक टाढिन थालेका छन् । यसले गर्दा रुसमाथि सुरक्षा चुनौती थपिएको छ ।
सदाचार, इमानदारिता, नैतिकता, कर्तव्यपरायणता र शालीनता मानवीय गुणहरू हुन् । असल मानिसमा यी गुण अनिवार्य हुन्छन् । अज्ञानी बालक र अशक्त वृद्धलाई छोडेर जुनसुकै अवस्थाको मानिसका लागि यी गुण अपरिहार्य मानिन्छन् । समाजका युवाका निमित्त त यी गुणको कठोर अनुसरणबिना जीवनको सफलता सम्भव छैन । हाम्रो समाज मानवीय गुणको अनुसरणका दृष्टिले दिनानुदिन ह्रासोन्मुख देखिएको छ ।
बेलायत सरकारले भर्ती गर्ने गोर्खा सैनिकहरूको मागका बारेमा संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा तेस्रो पटक बैठक सम्पन्न भएको छ । बुधवार संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा मिनिस्टर फर डिफेन्स पिपुल भेटेरन्स एण्ड सर्भिस फेमिलिस माननीय एन्ड्रअ मुरिसोन एमडी एमपी र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यबिच भूपू गोर्खाहरूको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको बैठक सम्पन्न भएको हो ।
कुनै पनि देशको आर्थिक समृद्धि त्यहाँ उपलब्ध प्राकृतिक तथा मानवीय स्रोतको उचित सदुपयोगबाट मात्रै सम्भव छ । हाम्रो देशमा उपलब्ध प्राकृतिक स्रोतमध्येको सबैभन्दा ठूलो र आर्थिक, प्राविधिक तथा व्यावसायिक रूपले तत्कालै उपभोग गर्न सकिने सम्भाव्य जलस्रोत नै हो । जलस्रोतको उपभोगका लागि विद्युत् आयोजना निर्माण गर्न आवश्यक मानवीय स्रोतको उपलब्धताका हिसाबले हेर्दा अहिले देश स्वर्णिम अवस्थामा छ ।
ललितपुर महानगरभित्र उत्पादित हस्तकला सामग्रीको उत्पादन, प्रवद्र्धन र बजारीकरण गर्न यल कोसेली घर सुरु भएको छ । ललितपुर महानगरपालिकाले ललितपुर हस्तकला सङ्घसँग सहकार्य गरेर यल कोसेली घर सुरु गरेको हो । पाटन ढोकासँगै रहेको उक्त घरको मङ्गलबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो । कोसेली घरमा ढाकाका लुगा, झोला, मूर्तिलगायतका सामग्री सुपथ मूल्यमा पाइन्छ ।
यही वैशाख १० गते चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जितलाई निरन्तरता दिनेमा तथा नेपाली कांग्रेस र नेकपा (एमाले) पुरानो विरासत फिर्ता गराउने प्रयत्नमा छन्। यस पटक रास्वपा अध्यक्ष लामिछाने, कांग्रेसका युवा नेता जितनारायण श्रेष्ठ र एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका बीचमै चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यी तीन र १० स्वतन्त्रसहितका २२ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ।
‘पासाङ: इन द स्याडो अफ एभरेस्ट’ फिल्म वैशाख १५ गते देखि हलमा प्रदर्शन हुने भएको छ । बुधवार प्रिमियर सो सँगै आयोजित पत्रकार सम्मेलनमा देशभरका क्युएफएक्स हलहरूमा फिल्म प्रदर्शन हुने पासाङ ल्हामु फाउन्डेसनले जानकारी दिएको छ ।
प्रतिनिधि सभा सदस्य पदका लागि वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारहरूबाट व्यापक रूपमा आचारसंहिता उल्लङ्घन भइरहेको छ । आयोगले तोकेको मापदण्डविपरीत प्रचारप्रसारलगायतमा आचारसंहिता व्यापक मात्रामा उल्लङ्घन भएको निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताउनुभयो । बाराको निर्वाचन क्षेत्र नं. २ मा हुने उपचुनावमा विभिन्न दल तथा उम्मेदवारबाट आचारसंहिता उल्लङ्घन भएको उहाँले बताउनुभयो ।
लालबन्दी नगरपालिकामा कृषि क्याम्पस स्थापनाका लागि सहयोग गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आग्रह गरिएको छ । लालबन्दीका नगरप्रमुख वासुदेव अधिकारीको नेतृत्वमा सङ्घीय राजधानी काठमाडौँ पुगेको जनप्रतिनिधिसहितको टोलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष कृषि क्याम्पस स्थापनाका लागि आग्रह गरेको हो । काभे्रको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरी लालबन्दीमा कृषि क्याम्पस स्थापनाका लागि पहल जारी छ ।
हिमाली क्षेत्रबाट चरनका लागि पहाड झरेका भेडीगोठ हिमाली भेगतिरै फर्किन थालेका छन् । पूर्वी नेपालको भित्री मधेश र महाभारत शृङ्खलामा अवस्थित उदयपुर जिल्लामा हिउँदको मौसम सुरु भएसँगै बढेको जाडो छल्न यता झरेका भेडीगोठ तराईमा गर्मी बढ्न थालेपछि हिमाली भेगतिरै फर्कन थालेका हुन् ।