प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् सांसद रघुजी पन्तले प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्ने कुरा उचित नभएको दाबी गर्नुभएको छ।
वसुन्धरा-मान प्रतिष्ठानले २०८० सालको वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई प्रदान गर्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको बताउनुभएको छ।
खुलातर्फ फिडे मास्टर रुपेश जैशवाल, पूर्व नेपाल च्याम्पियन सुरविर लामा र उदियमान खेलाडी पुरुषोत्तम सिलवालले संयुक्त अग्रता लिनुभएको छ ।
महिला राजनीतिकर्मी र उहाँहरुले उठाउँदै आएका सवालहरुलाई स्थान दिनेमा गोरखापत्र सबैभन्दा अगाडि रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली बन्द गर्न आग्रह गर्नुभएको छ ।
साविक विजेता मच्छिन्द्र क्लबलाई शहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबको नमिठो झट्का लागेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा थप उपचार सुरु भएको छ ।
प्रतिनिधि सभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक स्वीकृत भएको छ।
उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले संवैधानिक व्यवस्थाअनुरुप जेठ १५ गते बजेट ल्याउने गरी चालू संसद अधिवेशन अन्त्य र आह्वान हुने स्पष्ट गर्नुभएको छ ।
सरकारले कोरोना संक्रमितलाई सास फेर्न गाह्रो भएमा, छाती दुख्ने, भारी हुनेलगायतका लक्षण देखिएमा तुरुन्त अस्पताल जान आग्रह गरेको छ।
अर्थमन्त्री डा प्रकाशशरण महतले ऊर्जाक्षेत्र राष्ट्रको आम्दानी बढाउन महत्वपूर्ण स्रोत भएको बताउनुभएको छ।
अमेरिका लगायतका देशमा पठाइदिन्छु भनेर विभिन्न व्यक्तिसँग रकम ठगी गर्ने भक्तपुरका उज्ज्वल खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
आज पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो।
हरेक वर्षको पहिलो हप्ता नेपाली सेनाले सञ्चालन गर्ने सैनिक आचार संहिता कार्यक्रम बुधबार सम्पन्न भएको छ ।