काठमाडौँको चोभार सुुक्खा बन्दरगाहमा मालवाहक सवारीसाधन पार्किङमा आउन थालेका छन् । पछिल्लो समय बन्दरगाहमा रहेको पार्किङ र गोदाम सुविधाका बारेमा जानकारी हुुन थालेपछि यसको प्रयोग बढ्न थालेको हो । बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन हुुन सकेपछि इन्टरमोडल यातायात विकास समितिले बन्दरगाहमा रहेको ८५ रोपनी जग्गामा पार्किङ र गोदामघरका रूपमा निर्माण गरेको थियो ।
बेलायत (संयुक्त अधिराज्य)को लन्डनमा ‘नेपाल रिमेम्बर : हिस्टोरिकल इमेजेज’ नामक पुस्तक सार्वजनिक गरिनुका साथै त्यसभित्र रहेका तस्बिरहरूको प्रदर्शनी गरिएको छ ।
श्रीमती तथा ससुरालाई फकाउन सरकारी जागिर खानैपर्ने बाध्यताबीच युवाले गर्ने सङ्घर्ष र प्रयत्नको विषयलाई निकै मिठासका साथ प्रस्तुत गरिएको चलचित्र हो, ‘बिहे पास’ । चलचित्रले आमनेपाली युवाको पीडा बोलेको छ ।
देशकै ठूलो कालीमाटी तरकारी बजारको थोक बजार दिउँसो ३ बजेदेखि बन्द गर्न थालिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले थोक बजारमा दिउँसो ३ बजेपछि खुद्रा कारोबार गर्ने गरेको गुनासो आएपछि परीक्षणका रूपमा बन्द गर्न थालिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दूध तथा दुग्धजन्य पदार्थ आयात गर्ने कि नगर्ने विषयमा डेरी उद्योगी तथा सरोकारवालासँग छलफल गरेको छ । बोर्डले बुधबार नेपाली डेरी एसोसिएसन नेपाल, नेपाल डेरी उद्योग सङ्घ, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडलगायत अन्य सरोकारवालासँग छलफल गरेको छ । छलफलमा डेरी उद्योगीहरू भारतबाट झोल तथा धुलो दूधका साथै बटर पनि पनि आयात गर्नुपर्ने धारणा राखेका छन् ।
लामो समयदेखि बहसमा आएर पनि कार्यान्वयनमा जान नसकेको साइबर सुरक्षा बिमा अब अगाडि बढ्ने भएको छ । सरकारले साइबर जोखिम वहन गर्नका लागि बिमाको व्यवस्था गर्न लागेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० को मस्यौदामा साइबर आक्रमण तथा अपराधबाट सिर्जना हुने जोखिम वहन गर्न साइबर सुरक्षा बिमाको व्यवस्था गरिने उल्लेख छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तरी गोरखाका केही स्थानलाई उडान निषेधित भनिएकोमा के कारणले त्यस्तो घोषणा गरिएको भन्ने अध्ययन गरी उडान सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको छेकम्पारमा आयोजित चुम साग्या महोत्सवको बुधबार उद्घाटन गर्दै उहाँले सरकार सो क्षेत्रका स्थानीयको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
बाह्र दिनदेखि उठ्न नसकेको सिंहदरबार सहित अति विशिष्ट कार्यालय र निवासहरूको फोहोर व्यवस्थापन गर्ने सम्बन्धमा सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच प्रारम्भिक छलफल भएको छ ।
सुक्खा खडेरी बढ्दै जाँदा अहिले मुलुकका विभिन्न भागका वनमा डढेलो लागेको छ। वनमा लागेको डढेलोबाट निस्किएको धुवाँका कारण आकाश खुल्न सकेको छैन । यसले गर्दा जहाज उडान अवरुद्ध हुन थालेको छ भने जनस्वास्थ्यमा पनि समस्या देखिन थालेको छ।
नवलपरासी [बर्दघाट सुस्तापूर्व] नवलपुरको नमुना सदरमुकाम निर्माण गर्ने भन्दै वि.सं २०७६ वैशाख ७ गते शिलान्यास भयो ।
अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन्।
चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा रू १० खर्ब ८३ अर्ब नाँघेको छ।
सूूर्याेदय नगरपालिकाको अनुगमन टोलीले नगरपालिका वडा ४ को एक उद्योगमा रहेको ५० हजार किलो तयारी चिया नष्ट गरेको छ । उद्योगले ‘गुणस्तरहीन’ चिया बेच्न लागेको भन्दै नगर टोलीले नष्ट गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत् उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रले सहयोग गर्ने बताउनुभएको छ।
बढ्दो तापक्रम र प्रतिकुल मौसमका कारण स्याङ्जामा पछिल्लो समय डढेलोका घट्नाहरु बढ्न थालेका छन् । सुख्खा समय शुरु भएसँगैे डढेलोका घट्नाहरु बढेका हुन् । डिभिजन वन कार्यालय स्याङ्जाले दिएको जानकारीअनुसार अहिलेसम्म १८ सय हेक्टर जंगलमा डढेलोले क्षति पुर्याएको जनाइएको छ ।