कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले डेरी उद्योगीसँग मौज्दात रहेको दुग्ध पदार्थका आधारमा सहुलियत ऋण उपलब्ध गराउन पहल गर्ने बताउनुभएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डमा सोमबार दुधसँग सम्बन्धित सरोकारवालासँग छलफल गर्दै सो कुरा बताउनुभएको हो । डेरी उद्योगीले दुग्ध पदार्थ अत्यधिक मौज्दात रहेका कारण किसानलाई भुक्तानी दिन नसकेकाले सहुलियतपूर्ण ऋण उपलब्ध गराउन माग गर्दै आएका थिए ।
१. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस नेपालको चार दिने भ्रमणका क्रममा कहिले काठमाडौँ आएका हुन् ? विसं २०८० कात्तिक १२ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसद्वारा विसं २०८० कात्तिक १४ (सन् २०२३ अक्टोबर ३१) मा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन भएको । – संसद्मा गुटेर्रेसले जलवायु परिवर्तनविरुद्ध नेपालको सङ्घर्ष र यहाँको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका । – त्यस्तै नेपालको शान्ति प्रक्रिया अन्तर्गत बाँकी रहेको सङ्व्रmम
अन्तर्राष्ट्रिय विकास सहायता परिचालन ढाँचा १. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन सम्बन्धमा नेपालका राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रहरू उल्लेख गर्दै नेपालले तय गरेको सहायता परिचालन ढाँचा प्रस्तुत गर्नुहोस् । अल्पविकसित मुलुकको आर्थिक सामाजिक रूपान्तरणका लागि विकसित मुलुकले उपलब्ध गराउने वित्तीय, वस्तुगत तथा प्राविधिक सहायतालाई अन्तर्राष्ट्रिय विकास सहायता भनिन्छ । यस्तो सहायता दक्षिण–दक्षिण
सहरी विकास मन्त्रालयले सङ्घीय संसद्को हिउँदे अधिवेशनको प्रारम्भसँगै निर्माणाधीनमध्ये पाँच वटा भवन निर्माण सम्पन्न गर्ने दाबी गरेको छ । हिउँदे अधिवेशनमा मुख्य पाँच भवन निर्माण सक्ने दाबी मन्त्रालयले गरेको हो । मन्त्रालयले भवन निर्माणको प्रगति र आन्तरिक साजसज्जा (इन्टेरियर) को कामबारे मङ्गलबार सभामुख देवराज घिमिरेसहितका पदाधिकारीलाई जानकारी गराएको हो । हिउँदे अधिवेशनका बैठक नयाँ भवनबाट राख्ने गरी काम सम्पन्न गर्न यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख घिमिरे तथा सहरी विकासमन्त्री सीता गुरुङले ठेकेदारलाई पटक पटक निर्देशन दिनुभएको थियो ।
विशेष अदालतले बिध म्यानेजमेन्ट प्रालिका सञ्चालक एवं नेपाल सरकारका पूर्वनायब सुब्बा भीमकान्त भण्डारीलाई अकुत सम्पत्ति आर्जन मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले अकुत सम्पत्ति अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो ।
जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको राहत, उद्धार र पुनस्र्थापनाका लागि विभिन्न राजनीतिक दलले आर्थिक सहयोग गरेका छन् । उद्धार कार्यमा पार्टी सङ्गठन परिचालन गरेका दलहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग पनि गरेका छन् ।
जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितले राज्यबाट आवासको मात्र अपेक्षा गरेको बताएका छन् । सरकारले घर बनाइदिए अन्य जोहो स्वयं गर्ने पनि बताएका छन् । उनीहरूले आफ्ना घर भूकम्पका कारण भत्किएका वा बस्नै नहुने गरी चर्किएकाले सरकारले घर बनाइदिए अरू व्यवस्था आफैँ गर्ने जनाएका छन् ।
दोस्रो दक्षिण एसियाली साम्बो च्याम्पियनसिपमा पदक जित्ने नेपाली टोली आज स्वदेश फर्किएका छन् ।
भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले जाजरकोट र रूकुम पश्चिममा आएको भूकम्पका कारण मानवीय र भौतिक क्षति भोगेका त्यस क्षेत्रका पीडितका लागि १० लाख रुपियाँ राशि प्रदान गरेको छ ।
बाह्रौ संस्करणको सहिद स्मृति कप फुटबल प्रतियोगिता धनकुटामा सुरु भएको छ । मितेरी युवा क्लबको आयोजनामा धनकुटाको सहिदभुमी गाँउपालिका –१, सफाइटारमा प्रतियोगिता सुरु भएको हो ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित बनेकाहरूलाई लुम्बिनी विकास कोषले २५ लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले क्रिकेट रङ्गशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रङ्गशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणागरी काम गरिने बताउनुभएको छ।
गत शुक्रबार राति आएको भूकम्पमा परेर घाइतेहरूको उपचारका लागि नेपालगन्जमा २५७ पिन्ट रगत सङ्कलन भएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले ठुलो सङ्ख्यामा नेपाली श्रमिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति आभार प्रकट गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकाले कात्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएको छ ।