राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । केहीबेर अघि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट त्रिभुवन विमानस्थलतर्फ लगिएको जानकारी राष्ट्रपतिका प्रेस सचिव किरण पोखरेलले दिनुभयो ।
निर्माण सम्पन्न भएको पाँच वर्षपछि यहाँको एक झोलुङ्गे पुलको औपचारिक रूपमा उद्घाटन गरिएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–१, बेग र बाँदुक गाउँ जोड्ने ३६५ दशमलव ८ मिटर लामो झोलुङ्गे पुल शुक्रबार उद्घाटन गरिएको हो। पुल उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य खमवीर गर्बुजाले विकट बस्तीहरूलाई आपसमा जोड्न लामो झोलुङ्गे पुल उपयोगी हुने र पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। जिल्लाका अन्य स्थानमा पनि अध्ययन गरी आगामी दिनमा लामा र अग्ला झोलुङ्गे पुल निर्माणका लागि आफूले पहल गर्ने उहाँले बताउनुभयो। पुलबाट बेग र बाँदुकतर्फ जाने बाटोमा गाउँपालिका र अन्य निकायबाट पदमार्ग, पर्यटन पार्क र समुदायस्तरबाट चौतारी, विश्रामस्थल निर्माण भएपछि पुल उद्घाटन गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो।
संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बुधबार बिहान सिंहदरबारमा बैठक सुरु भएको हो ।
खानेपानी अभाव भोग्दै आएको काठेखोला गाउँपालिका–३, धम्जा देउरालीका स्थानीय दुई वर्षअघि हर्षित थिए। देउरालीका स्थानीयको घरघरमा खानेपानी सुविधा पु-याउने लक्ष्यका साथ सोलार लिफ्ट आयोजना सुरु भएपछि खानेपानी सुविधा पाउने आशामा स्थानीय खुसीले गदगद भए। आयोजना निर्माणमा जनश्रमदान, स्थानीय रूपमा गर्न सक्ने अन्य व्यवस्थापकीय काममा उनीहरूले निर्माण पक्षलाई सहयोग गरे।
पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका –६ र पूर्वखोला गाउँपालिका –१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ ।
तानसेन –४, मख्खनटोल, शित्तलपाटीका ५७ वटा घरटहरा डोजर लगाएर हटाउन सुरु गरिएको छ । नगरपालिकासहित विभिन्न सङ्घसंस्थाको नाममा रहेका ५७ वटा घरटहरा नगरपालिकाले बुधबार बिहान ७ बजेदेखि हटाउन सुरु गरेको हो ।
नेपाली सेनाको टोली व्यास गाउँपालिका–१ मा पर्ने चीनसँगको सिमाना टिङ्कर भन्ज्याङको निरीक्षण गरी फर्किएको छ। गत चैत २१ गते गुरु गोरख गुल्म खलङ्गा ब्यारेकबाट हिँडेको सेनाको टोली ११ दिनपछि टिङ्करमा रहेको पिलर नम्बर–१ को स्थलगत अनुगमन तथा निरीक्षण गरी फर्किएको हो।
धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडीमा धर्मशाला निर्माण हुँदै छ। राष्ट्रिय योजना आयोगको सहयोग, घोडाघोडी नगरपालिकाको समन्वय र राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको पहलमा धर्मशाला निर्माण हुन थालेको हो। तीन वर्षमा सम्पन्न हुने गरी योजना आयोगले घोडाघोडीमा धर्मशाला निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा छ करोड ६३ लाख रुपियाँ बजेट छुट्याएको छ। राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव लक्ष्मीप्रसाद भट्टराईले पहिलो चरणमा एक करोड ५० लाख बजेट धर्मशाला निर्माणका लागि नगरपालिकामार्फत आइसकेको जानकारी दिनुभयो।
नेपाल नेत्र ज्योति सङ्घ महोत्तरीको अध्यक्षमा विजयकुमार गुप्ता निर्विरोध निर्वाचित हुनु भएको छ । सङ्घको जिल्ला कार्य समिति चयनका लागि भएको निर्वाचनबाट गुप्ताको नेतृत्वमा १३ सदस्य समितिका सबै सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो ।
जुम्लाको चन्दननाथ नगरपालिकाको अद्यावधिक बेरुजु २४ करोड ४३ लाख २५ हजार रहेको छ। गत वर्षको १७ करोड ६९ लाख ६१ हजार बेरुजुसहित जनप्रतिनिधि र कर्मचारीको नाममा बेरुजु रहेको छ। महालेखा परीक्षक वार्षिक प्रतिवेदन २०७९ अनुसार लेखापरीक्षणबाट सात करोड नौ लाख ४६ हजार बेरुजु उल्लेख गरिएको छ। असुली बेरुजु ५४ लाख १५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने तीन करोड ८६ लाख २० हजार, नियमित गर्नुपर्ने एक करोड ४६ लाख २० हजार र पेस्की एक करोड २२ लाख ९१ हजार रहेको छ।
कर्णालीका ७८ प्रतिशत नागरिकको स्वास्थ्य बिमा अझै हुन सकेको छैन स्वास्थ्य बिमा बोर्डका अनुसार बिमा कार्यक्रम लागू भएयताको पाँच वर्षको अवधिमा २२ प्रतिशत नागरिक मात्रै बिमामा आबद्ध भएका छन्। सरकारले पाँच जना परिवारका लागि वार्षिक एक लाख रुपियाँसम्मको स्वास्थ्य उपचार बिमा कार्यक्रम आठ वर्षअघि ल्याएको थियो। पाँच जनासम्मको परिवारका लागि तीन हजार पाँच सय रुपियाँ बिमा शुल्क बुझाउनुपर्छ।
रत्न राजमार्गको नेपालगञ्जदेखि सुर्खेतको वीरेन्द्रनगर उपत्यका जोड्ने खण्डलाई व्यवस्थित बनाइने भएको छ। सञ्चालनमा आएको लामो समय भइसक्दा पनि यो सडकको स्तरोन्नति भएको थिएन । कोहलपुर–वीरेन्द्रनगर ११५ किलोमिटर र कोहलपुर–नेपालगञ्ज २५ किलोमिटर रहेको यो सडकका विभिन्न भाग जीर्ण छन्। सुर्खेततर्फ हर्रे–बाङ्गेसिमलसम्मको सडकमा भने स्तरोन्नति र खाल्टाखुल्टी पुर्ने काम धमाधम भइरहेको छ। केही समयअघिसम्म वीरेन्द्रनगर बजार क्षेत्रमै सडकको अवस्था निकै कुरूप थियो। खाल्टाखुल्टी, धुलोधुवाँले सवारीसाधन मात्र होइन, पैदल यात्रुलाई समेत यात्रा गर्न सकस हुन्थ्यो।
सांस्कृतिक एवं ऐतिहासिक महìवको बिस्काः (बिस्केट) जात्रा नेपालकै एक प्रमुख जात्राका रूपमा लिने गरिन्छ । काठमाडौँको इन्द्रजात्रा, ललितपुरको रातो मच्छिन्द्रनाथ रथयात्रा र
पछिल्लो एक सातामा जिल्लाको ५० भन्दा बढी स्थानमा आगलागीका घटना भएका छन्। तिनाउ गाउँपालिकाका सामुदायिक वनमा सबैभन्दा बढी आगलागी भएको छ। तिनाउपछि रैनादेवी छहरा, रिब्दीकोटको विभिन्न स्थानमा डढेलो लागेको छ। यस्तै माथागढी, पूर्वखोला, रामपुर, रम्भा, तानसेनमा गरी ५२ स्थानमा आगलागीका घटना भएका छन्। गत वर्ष आगलागी हुने अवधिमा पाँच स्थानमा मात्र डढेलो लागेको थियो।
गाउँ तीनतर्फ खोलाले घेरिएको छ। खोलामा पानी पनि प्रशस्त छ तर त्यही खोलाको बीचमा रहेको गाउँ सुक्खा छ। दाङको गढवा गाउँपालिका–७, चन्दनपुरको गाउँको पूर्वमा मानपुर खोला, पश्चिममा गुरुङ खोला र उत्तरमा राप्ती नदी बगेको छ। यी तीनवटै खोलाको बीचमा रहेको गाउँ पानीविहीन छ भने जग्गाजमिन सिँचाइ नहुँदा सुक्खा छ।