• २३ वैशाख २०८२, मङ्गलबार

भूकम्पपीडितलाई भूपाल प्रज्ञापरिषद्को दश लाख सहयोग

blog

काठमाडौं, कात्तिक २१ गते । भूकम्पपीडितलाई भूपाल प्रज्ञापरिषद्ले दश लाख सहयोग गरेको छ । प्रज्ञापरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रज्ञापरिषद्ले जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पका कारण मानवीय र भौतिक क्षति भोगेका भूकम्पपीडितलाई दश लाख सहयोग दिने निर्णय गरेको प्रज्ञापरिषद्का सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो । प्रज्ञापरिषद्को कोषाध्यक्ष प्रा.डा.बालमानसिंह कार्कीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आजै दश लाखको चेक हस्तान्तरण गर्नुभयो ।