काठमाडौँ, कात्तिक २२ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक आज पौने १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने पार्टी सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । साथै बैठकमा जाजरकोटमा भूकम्पबाट भएको जनधनको क्षति र राहत एवम् मध्य पहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने जनाएको छ ।