दोलखा समाचारदाता
दोलखा, कात्तिक २२ गते । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ र २ मा निःशुल्क स्वास्थ्य शिविरबाट करिब एक हजार महिला तथा बालबालिका लाभान्वित भएका छन् । वडा नं. २ जुँगुस्थित नीलकण्ठेश्वर माध्यमिक विद्यालयमा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्य तथा क्याम्पटिभेटिङ नेपालको प्राविधिक सहयोगमा भएको सो शिविरबाट महिला पाँच सय र बालबालिका ४५० लाभान्वित भएका वडाध्यक्ष प्रकाश खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य परीक्षणपश्चात् आवश्यक औषधी निःशुल्क वितरण गरिएको थियो । छ जना महिलाको पाठेघर र दुई जना बालबालिकाको आँखाको क्याम्पटिभेटिङ नेपालले बनेपा अस्पतालबाट निःशुल्क शल्यव्रिmया गरिदिन लागेको छ । उनीहरूलाई बनेपासम्म लैजाने र ल्याउनेसमेत जिम्मा लिएको छ । पालिकावासीले सहज तरिकाले गाउँमा नै स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भनी विभिन्न निकायको सहकार्यमा शिविर सञ्चालन गर्दै आएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो ।