गोरखाको उत्तरी भेगमा रहेको चुम उपत्यकामा कुनै पनि जीवजन्तु काटमार गरिँदैन । यस्तो प्रचलनलाई त्यहाँका स्थानीय चुम जातिले बोल्ने चुम्पा भाषामा ‘श्याग्या’ भनिन्छ । चुम्पा भाषामा श्याग्याको अर्थ अहिंसा भन्ने हुन्छ । बौद्धमार्गी चुम जातिले वि.सं. १९७७ देखि चुम उपत्यकामा कुनै जीवजन्तुको हत्या नगर्ने भनी लागु गरेको नियमले अहिलेसम्म निरन्तरता पाएको छ । तिब्बती बौद्ध धर्मशास्त्रअनुसार चुम उपत्यकालाई किमोलुङ बेयुल भन्ने गरिन्छ ।
सूचना र प्रविधिको विकासले अहिले संसार नै एउटा गाउँजस्तो भएको छ । यही विकासले संसारका कुनै पनि कुनामा बसेको मानिससँग निमेषभरमै सम्पर्क गर्न सकिन्छ । संसारमा भएका घटना तुरुन्तै थाहा पाउन सकिन्छ तर सूचना र प्रविधिको विकास हुनुअघि संसारको त कुरै छाडौँ, आफ्नै परिवार तथा नाता–कुटुम्बको हालखबर के छ ? सञ्चो छ कि बिसञ्चो भन्ने खबर पाउन पनि महिनौँ दिन लाग्न सक्थ्यो ।
नेपाली सिने क्षेत्रमा विदेशी चलचित्रको प्रभुत्व कति छ भनेर अनुमान लगाउन नेपाली बक्स अफिसमा दुई चलचित्रको कमाइ हेरे पुग्छ । हलिउडको ‘अवतार : द वे अफ वाटर’ र बलिउडको ‘पठान’ले २०७९ सालमा १० करोड रुपियाँ हाराहारी कमाइ गरेका छन् तर नेपाली चलचित्रले विदेशमा यस्तो कमाइ कहिले गर्ने ? अन्तर्राष्ट्रिय बजारमा मात्र होइन, नेपाली डायस्पोरामा पनि नेपाली चलचित्रको उपस्थिति गर्व गर्न लायक छैन । यद्यपि त्यहाँ नेपाली चलचित्रको उपस्थिति बिस्तारै बढ्दै छ । निर्माताहरू त्यतातिर लालायित पनि देखिन्छन् ।
संसारको सृष्टि गर्ने सृष्टिकान्त हुन् । सहकाल ल्याउने बुंगमतीका लोकेश्वर र सुख प्रदान गर्ने कनकमुनि लोकेश्वर हुन् भनी विश्वास गरिएको छ । यसमध्ये पद्मपाणि वा आर्यावलोकितेश्वरलाई नेपालभाषामा ‘बुंगद्यः’ भनिएको छ । बुंगमती ‘बंग’ शब्दको अपभ्रंश हो । माछाको मुखबाट निस्किएको भनी उनलाई मत्स्येन्द्रनाथ नामकरण गरिएको मानिन्छ । महायानी बौद्ध परम्पराअनुसार मत्स्येन्द्रनाथलाई अमिताभ बुद्धका रूपमा मानिन्छ । बौद्ध पुराणअनुसार आर्यावलोकितेश्वरलाई पद्मपाणिको रूपमा सम्बोधन गरिएको पाइन्छ भने हिन्दु कथनअनुसार बुंगद्यः, रातो मत्स्येन्द्रनाथ भनिन्छ र उनी सृष्टिकर्ता र सम्भारकर्ता हुन् । रातो मत्स्येन्द्रना
योहानेस विल्हेम जेन्सेन– योेहानेस विल्हेम जेन्सेनको जन्म डेनमार्कको फोर्साेमा २० जनवरी १८७३ मा एउटा कृषक परिवारमा भएको हो । उनी सर्जक मात्र नभएर कुशल अनुवादक पनि थिए । हेमिङग्वे र
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले मेलौली नगरपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरको शुक्रबार उद्घाटन गर्नुभएको छ । बैतडी धनगढी समाज, धनगढी नेत्रालय, मेलौली नगरपालिका र च्यारिटी फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजित शिविर तीन दिनसम्म सञ्चालन हुनेछ ।
रास्कोट नगरपालिकाले सार्वजनिक जग्गा कब्जा गरी बनाइएका घर भत्काउन सुरु गरेको छ । नगरपालिकाले भौतिक संरचना भत्काउन सूचना जारी गरे पनि स्थानीयले अटेर गर्दै आएका थिए । नगरपालिका केन्द्र रहेको आरसीपी बजारमा सार्वजनिक जग्गा कब्जा गरी बनाइएका घर नगरपालिकाले शुक्रबारदेखि भत्काउन थालेको हो ।
विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा बारे लेखिएको पुस्तक सगरमाथा आधार शिविरमा सार्वजनिक भएको छ ।
लुम्बिनी प्रदेश सरकार गठन भएको शुक्रबार सय दिन पुगेको छ। नेकपा (एमाले)को तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरी गत पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो भने अर्को दिन पुस २८ गते शपथ लिनुभएको थियो। प्रदेश सरकारले सय दिन पूरा गरे पनि सरकारको सुरुको एक महिना भने मन्त्रीपरिषद्ले पूर्णता नपाउँदा सुरुवाती दिनमै सरकारको काम कारबाही प्रभावकारी हुन सकेको थिएन। सरकारलाई समर्थन दिएका आठ दललाई सरकारमा सहभागी गराएर भागबन्डा मिलाउन मुख्यमन्त्रीलाई चुनौती बनेको थियो। मुख्यमन्त्रीले शपथ लिएको करिब एक महिनापछि मात्र मन्त्रीपरिषद्ले पूर्णता पाएको र त्यसपछि भने प्रदेश सरकारले महत्वपूर्ण काम अघि बढाएको मुख्यमन्त्रीको सचिवालयले दाबी गरेको छ।
कोभिड भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालनका लागि छुट्टै खाता सञ्चालन गरेको पाइएको छ। सामाजिक विकास मन्त्रालयको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि प्रदेश लेखा नियन्त्रक कार्यालयमार्फत राष्ट्रिय वाणिज्य बैङ्कमा एक विविध खाता सञ्चालन गरेकोमा सोही बैङ्कमा कोभिड चल्ती कोष भनी छुट्टै खाता सञ्चालन गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले देखाएको छ।
गरिबी निवारणका लागि विश्वव्यापी प्रयासलाई संयुक्त राष्ट्रसङ्घले पनि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । हरेक देशले गरिबी निवारणका लागि आफ्नो भौगोलिक विकटता र सामाजिक विषमता अनुरूपका योजना, कार्यक्रम र रणनीति बनाएका छन् । त्यसबाहेक राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय कार्यक्रम दिगो विकास लक्ष्यअन्तर्गत एक एजेन्डाका रूपमा रहेको छ–गरिबी निवारण । यसै क्रममा नेपाल सरकारले १५औँ योजनामा गरिबी निवारणको विषय तीन तहका सरकारको जिम्मेवारी भित्र रहेको हुँदा तीन तहका सरकारबाट गरिबी निवारणका कार्यक्रम कार्यान्वयन हुने बलियो आधार बनेका छन् ।
एक महिनाको व्रतपछि आज इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्र हुने भएको छ । एक महिना व्रत रोजा आज समाप्त हुने भएको हो ।
संयुक्त राष्ट्रसङ्घको विपत् न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय रणनीतिअनुसार सामाजिक तथा पर्यावरणीय उद्देश्य तथा आवश्यकता पूर्ति गर्नसक्ने वातावरणको क्षमतामा ह्रास आउनु नै वातावरणीय क्षयीकरण हो । यो पर्यावरणको भौतिक, जैविक तथा रासायनिक गुणवत्ता तथा उपयोगितामा आउने गिरावट हो । वनजङ्गल, हावापानी तथा माटोजस्ता पर्यावरणीय तìवहरू ह्रासोन्मुख हुँदा वातावरण विनाश हुन जान्छ । यसले पर्यावरण चक्रलाई ध्वस्त बनाउनुका साथै जीव र वनस्पतिको विलुप्तीकरणलाई तीव्र बनाउँछ । वातावरणीय विनाश तथा क्षयीकरण पछिल्लो समयमा विश्व समुदायको साझा चासो तथा चिन्ताको विषय बनिरहेको छ । तथा
ज्येष्ठ नागरिक सीप, ज्ञान र अनुभवका खानी हुन् । सामान्यतया सेवाबाट निवृत्त हुने उमेरको आधारमा ज्येष्ठ नागरिक तोक्ने गरिन्छ । नेपालमा निवृत्त हुने उमेर ५८ देखि ६५ वर्षसम्म तोकिए पनि ज्येष्ठ नागरिक ऐन, २०६३ ले ६० वर्ष उमेर नाघेका व्यक्तिलाई ज्येष्ठ नागरिक भनिन्छ । धेरै विकसित देशमा आर्थिक र स्वास्थ्य स्थिति राम्रो रहेकाले प्रायः निवृत्त उमेर ६५ तोकिएको हुन्छ ।
अप्रिल २२; विश्व पृथ्वी दिवसको ५३औँ वार्षिक उत्सव । विगत ५१ वर्षदेखि विश्वका लाखौँ मानिसले पृथ्वीको वातावरण र जैविक विविधता संरक्षण गर्न विभिन्न चेतनामूलक नाराका साथ विभिन्न कार्यक्रम तथा प्रदर्शन गरी उत्सव मनाउँदै आएको सन्दर्भमा यस वर्षको पृथ्वी दिवस ‘पृथ्वी र प्रकृतिसँंगको सामीप्यता बढाऔँ, हाम्रो विश्वलाई पुनस्र्थापना गर्ने गतिविधिमा जुटौँ’ भन्ने नाराका साथ पृथ्वी दिवस मनाउन संयुक्त राष्ट्रसङ्घले पनि आह्वान गरेको छ । पृथ्वीको संरक्षणमा सबै