पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरुमा खुसी छाएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिनका लागि शुक्रबारसम्मको समयसीमा तोकेको छ ।
रिबन इन्भेस्टमेन्ट द्वारा बुधवार काठमाडौँमा आयोजित मिसेस् नेपाल वर्ल्ड २०२३ को उपाधि पृथिभिया थापाले पाउनु भयेको छ। कार्यक्रममा मिसेस् नेपाल इन्टर्नेस्नल को उपाधि भने सीता सुवेदीले र सृजना केसीले पाउन सफल हुनु भयेको छ ।
नभने पनि भनेजस्तै हुन्छ जीवनका कुरा । अनुभव गर्न सकिने सुखदुःखका कुरा । काम र कीर्तिका कुरा । जीवन र जगत्का कुरा । समयका खुट्किला उक्लेर उचाइमा पुगेका कुरा । वर्षौं लगाएर बना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कठायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।
चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा पहिलो पटक आँखा शिविर सन्चालन भएको छ । एक दिन सञ्चालन भएको उक्त शिविरबाट दश जना ७० वर्ष माथिका ज्येष्ठ नागरिकको मोतिया बिन्दुको शल्यक्रिया सफल भएको छ भने अन्य आँखा र सामान्य बिरामीको समेत उपचार गाउँमै चिकित्कसले गर्नु भएको हो ।
कुनै समयका क्रिकेट खेलाडी र अहिले लामो समयदेखि मूलधारको नेपाली पत्रकारितामा खेलकुद स्तम्भ चलाइरहेका पत्रकार नवीन अर्यालले ‘नेपाली खेलकुुदको वृत्तान्त’ शीर्षकको एक ग्रन्थ तयार गरेर नेपाली वाङ्मय भण्डारलाई थप समृद्ध बनाएका छन् ।
मधेश प्रदेश सरकारले प्रहरी तथा कर्मचारी समायोजनका लागि ३० दिने अल्टिमेटमसहित बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय ज
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत डुम्रे–दमौली खण्डमा कालोपत्रे सुरु गरिएको छ । आयोजनाको पूर्वीखण्डमा ‘अस्फाल्ट प्रविधि’ मा कालोपत्रे गरिएको हो । डुम्रे–दमौली क्षेत्र अन्तर्गत बन्दीपुर गाउँपालिका–१, रिमाल्नीमा काम धमाधम भइरहेको छ । यसअघि आँबुखैरेनी गाउँपालिका–१, बरादीमा डेढ किलोमिटर सडक कालोपत्रे भइसकेको आयोजनाले जनाइएको छ ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको भौतिक देहले चीर विश्राम लिएको झन्डै १ वर्ष हुन लागेको छ । १०३ वर्षको चिरायु जीवन बाँचेर २०७९ असोज ३० गते उनले चिरविश्राम लिए । सत्यमोहन जो
एकातिर धुवाँको मुस्लोसँगै आगो दनदनी बलिरहेको थियो भने अर्कातिर मानिस हारगुहार गरिरहेका थिए । पोखरा महानगरपालिका–२६, विजयपुरका घरबस्तीमा लागेको आगो निभाउने स्थानीयको प्रयास सार्थक हुन सकेको थिएन । दिनको समय जताततै मानिस थिए । कहाँ के भयो भन्ने खुल्दुली भएको थियो ।
कोशी प्रदेश सभा गठन भएको ११ महिनापछि संसदीय समिति चयन भएको छ । बुधबार बसेको प्रदेश सभा बैठकले सात वटा विषयगत समितिमा सदस्यहरू चयन गरेको हो । सभामुखको हैसियतमा उपसभामुख सिर्जना दनुवारले सातवटै संसदीय समिति गठन गरिएको जानकारी बैठकमा गराउनुभएको थियो ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारनजिक रहेको सिद्धिडाँडा नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र प्रसिद्ध तीर्थस्थल पाथीभराको जिल्ला
बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो ।